तिमीलाई म/भनेर जान्छु
फर्केर फेरि/आउँदिन होला,
लाग्न त लाग्ला/ गगनमा चाँद
फेरि म तिमीमा/छाउँदिन होला
तिमीलाई म भनेर जान्छु…..
सम्झना रहला प्यासको धेरै
खडेरी परे, तिर्तिरेहरू
उदाए रबी बिलाई जाला
बिहानी पख मिर्मिरेहरू,
म पनि जान्छु बिलाई आज
फर्केर फेरि आउदिन होला
खोज्न त खोज्छु तिमीलाई सधैं
जहाँ खोज्छु त्यहाँ, पाउँदिन होला
तिमीलाई म भनेर जान्छु …….
पोखेर जादा मायाका सगुन
नसोस्ने प्रीतिका बालुवाहरू,
सुवास छर्न,रहर गर्थे
नहुर्की सुकेका पालुवाहरू,
म पनि जान्छु, सुकेर आज
पलाई फेरि आउँदिन होला
गाउन त गाउछु तिमीलाई सधै
जहाँ गाउछु त्यहाँ, पाउँदिन होला
तिमीलाई म भनेर जान्छु …..
तिमीलाई म भनेर जान्छु …..
बुद्धि मोक्तान

निकै सुन्दर गीत मोक्तान जी
निकै सुन्दर गीत मोक्तान जी