Skip to content


जवानीको लालु पाते, फूल्ने बेला कहाँ थियौ ?
सुवास चुम्न भमरा ती, डुल्ने बेला कहाँ थियौ ?

सजाएँ थेँ तिम्रै लागि, यो मनको डाली डाली
फुली फली झर्यो बाली, झुल्ने बेला कहाँ थियौ ?

रंङ्गिन् रात कल्पी कल्पी, कुरेँको थेँ साइतलाई
सिंदुर हाली आफ्नो घर, हुल्ने बेला कहाँ थियौ ?

प्रेममय कहानीको, मञ्चन् थियो जिन्दगी यो
ढिला भयो पर्दा लागे, खुल्ने बेला कहाँ थियौ ?

उजाडियो मनको बस्ती, बसन्त थ्यो हिजो अस्ति
मैले सम्झेँ तिम्ले चाँही, भुल्ने बेला कहाँ थियौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *