Skip to content

किन गढ्यो ? भित्र भित्रै,


किन गढ्यो ? भित्र भित्रै, यो मुटुमा सियो ।।
यै मुटुको कुना कानी, चोखो माया थियो ।।

बिरहमा कल्पि कल्पि, आँसु झरेँ धेरै
शायद आँसु मेरो होला, खुशी कस्ले पियो ?

जस्का लागि समर्पण थ्यो, सारा तन मन
उसैले नै प्रज्ज्वल् दीप, फुकी निभाई दियो ।।

जून सँग सोधेँको छु, बताउँछ कि हेरुँ
कस्ले खेल्यो? पिरतीमा, झेली डण्डी बियो ।।

मधुर पवन नआए भो, बतासिदैं यता
बिना बतास मेरो मुटु, यसै पनि खियो ।।

बुद्धि मोक्तान

मझेरीमा पहिलोपटक प्रकाशित मिति – 2013-08-16 20:41:43 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *