मेरो मन मुटु भित्र चोखो माया हुन्छ सधै
यै मुटुमा काँडा बिझी च्वास किन छुन्छ सधैं
न आए भो आँधी हुरी मडारिदै मेरोतिर
बेदनाको लहर उर्ली आफ्नै सासले थुन्छ सधैं
झर्ने आँसु सम्हालेर बयेलीमा खेले पनि
अरु सामु हाँस्ने मन एकान्तमा रुन्छ सधैं
दिल सुम्पी गल्ती गरे, पराई आज कता गए
सोधी गर्छ यी कानले, बेखबर सुन्छ सधैं
चाहिदैन निष्ठुरीको, कुनै माया भन्छु तर
यो मन किन उस्कै फेरि, अंगालो नै चुन्छ सधैं
बुद्धि मोक्तान
