Skip to content

Buddhi Moktan

खुशी कै छ गीत गजल

खुशी कै छ गीत गजल, खुशी कै छ कथा पनि
मेरो जस्तै खबर होस् है, साथी तिम्रो त्यता पनि

हाँसेकै छु बाँचेकै छु, खुशीभरि नाचे कै छु
त्यै खुशीमा भुली दिएँ, पीर मर्का ब्यथा पनि
मेरो जस्तै खबर होस् है, साथी तिम्रो त्यता पनि

बहानामा के छ कुन्नि

बैश छदै तर्किने को, चाहनामा के छ कुन्नि
आज हैन भोलि भन्ने, बहानामा के छ कुन्नि

थालीभरि फूल बोकी, मन्दिरमा देख्छु सधै
मुर्ती ढोगी मिल्ने त्यस्तो, प्रार्थनामा के छ कुन्नि

किन आयौ सपनीमा

किन आयौ सपनीमा प्यासी बनेर
उष्ण ओठ न्यानो माया देऊ न भनेर

काम सकी घर आएँ साँझ ढल्दै थियो
थकित ज्यान सुस्ताउदा दिल गल्दै थियो
एकैछिनको नीदमा आयौ प्यासी बनेर
उष्ण ओठ न्यानो माया देऊ न भनेर

नजर रोकी हेर्छु ।

निस्चल बस एकै छिन, नजर रोकी हेर्छु ।
बेगवान पल को पनि, प्रहर रोकी हेर्छु ।

हेर्दा हेर्दै मनै तान्ने, कस्तो रुप पनि
शुवास पुग्यो सयौ कोस, मिठो धुप बनी
छाल सरी उर्ल तिमी, लहर रोकी हेर्छु ।
बगे पनि पिरतीको, नहर रोकी हेर्छु ।

फूल हुन सहिद!!

माटोका लागि,पसिना दाता,मुल हुन् सहिद!
अजर दसी,राष्ट्रिय थुँगा,फूल हुन् सहिद!

दु:खको खाडल् देशको पुर्न आफू चै मरेर
सागर माथी,जनता तार्ने,पुल हुन् सहिद !

यो मुटुमा के चै बस्यो

माया छैन भनुँ भने, यो मुटु मा के चै बस्यो
सम्झे मात्रै खस्छ आँसु, बुझ्दिन म किन खस्यो

बैश चढ्यो लाली गढ्यो, या त कुनै टुना मुना
झस्किन्छ यो देब्रे कुना, फूल हो कि काँडा पस्यो

सपुतकी आमा

पर्ख है आमा ! क्रान्तिमा छोरा, गाडेको आउँछ कि ?
सिस्नुले हानी, ढुकढुकी हुँदै, छाडेको आउँछ कि ?

बिठ्याँई गर्‍यो, यो देशमा कस्ले?, लत्रियो शीर यो
सागबारी संम्झी, ध्रुबेले जस्तै, माडेको आउँछ कि ?

म को हुँ दुनियाँ, सारालाई सोधेँ

म को हुँ दुनियाँ, सारालाई सोधेँ
धर्तीले बोलेन, तारालाई सोधेँ

बगेथ्यो रगत, काँ पुग्यो क्रान्ति
रोल्पा र रुकुम खारालाई सोधेँ

नेपाली कै भार्लाङ्भुर्लुङ !

एकताको लहरा मै, फलेका छौ तार्लाङ्तुर्लुङ ।
जातिजाति द्धन्द भइ, खस्नु हुन्न खार्लाम्खुर्लुम।

कोही बाहुन कोही लिम्बू, राई भित्र थुलुङ कुलुङ
जता हामी जे भए नि, नेपाली कै भार्लाङ्भुर्लुङ ।

झर्के जस्तो गर्नु !

साथीसंगी हुल छुट्न, तर्के जस्तो गर्नु
केही बिर्सी सम्झी लिन, फर्के जस्तो गर्नु

फर्की तिमी आएपछि, अधर चुम्छु मैले
सर्माउदै त्यती बेला, झर्के जस्तो गर्नु

तिहार कस्तो हुन्छ

बुझेको छु मैले पनि, तिहार कस्तो हुन्छ
दिदी-बैनी सामु हुँदा, निधार कस्तो हुन्छ

सप्तरङ्गी टीका लिन, स्वदेश फिर्ने बेला
गर्दै जाउँ तिहारको, विहार कस्तो हुन्छ

के हुन्छ र ?

मन्दिरमा धुप बत्ती डढाई के हुन्छ र ?
जन्तु मारी रगत वलि चढाई के हुन्छ र ?

सुद्ध छैन भित्री मन मन्दिर सिगार्नेको
ध्वजा पत्ता देव लिङ्गो ठड्याई के हुन्छ र ?

डराउँछौ पानीमा के गर्छौ कुन्नि !

डराउँछौ पानीमा के गर्छौ कुन्नि !
नसमाई हात यी के तर्छौ कुन्नि !

गहिरो छ बीचमा डुब्न नि सक्छौ
माझधार नबुझी के चर्छौ कुन्नि !

रहर त रहरै हो

सुखले बाँच्ने रहर मेरो, रहर त रहरै हो
कठिन छ यात्रा भित्रनु फेरि, शहर त शहरै हो

सुखान्त खोजेँ नगरी दु:ख जिन्दगी बिलासको
जोतेको छैन एक फोक्टै खेत, बहर त बहरै हो