बेजोड थ्यो बुद्धि त, बलै पो पुगेन
ढल्यो यो जिन्दगी, मलै पो पुगेन
राहत बाड्दै थ्यो, ढुकुटी रित्याई
माथिलाई ठीकै भो, तलै पो पुगेन
भासियो भासमा, ईज्जत प्रीतिको
उकास्थेँ थोरै त, गलै पो पुगेन
बोलाएँ बागमा, अधर चुम्नु थ्यो
बेकार भो प्रबिधि, कलै पो पुगेन
फकाए केही बेर, मान्थी ऊ शायद
मिलिक्कै बित्यो रात, पलै पो पुगेन
बुद्धि मोक्तान
