Skip to content

दैब कतै देखिएन


दैव कतै देखिएन, यती उमेर टाढा हुँदा पनि
कस्ले सुन्यो मेरो कुरा, मन्दिरमा रुदा पनि

यो मनको पीडा छल्न, मठ मन्दिर् पुगेको थेँ
ब्यथा झनै बढ्यो बरु, सुनकै मूर्ति छुदा पनि

कर्मै उस्तो हो कि भनी, फेर्न खोजेँ सैंयौ पल्ट
गएन खै आफ्नो भाग्य, आँसु झारी धुदा पनि

मान्छे बन्नु दु:ख भित्र, यस्तै भयो मेरो जीवन
चोट लाग्यो बह पोखे, ऐजन् अरु बुँदा पनि

सार सिद्ध मान्छु जीवन, रोइ रोइ मरेँ म त
कोही हुन्न अजम्बरी, हाँसी हाँसी ज्यूँदा पनि

बुद्धि मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *