Skip to content

बिना माया तुर्दा खेरी


लाखौ कुरा मनमा खेल्यो बैगुनीलाई कुर्दा खेरी
वियोग को गजल बन्यो त्यति बेलै फुर्दा खेरी

रंग फेर्ने दुनियाँमा सत्य बोलेँभन्दा भन्दै
चट्ट भुल्न गाह्रो हुन्न अन्य प्रिय जुर्दा खेरी

शीतको चिसो छलुँ भन्थेँ उनकै न्यानो अंगालोमा
बाँच्नु व्यर्थै ठानी मरेँ काखमा पराई घुर्दा खेरी

सोधी खोजी थिएन खै रुदै रुदै बाँच्ने बेला
सबले छुन खोजे जीवन खरानी भै पुर्दा खेरी

निधार देखी सबले भन्थे’भाग्यमानी छौ है तिमी’
कसले देख्यो खोटी जीवन बिना माया तुर्दा खेरी

1 thought on “बिना माया तुर्दा खेरी”

  1. gagal
    सदै दु:खि हुनी मन
    आज बसन्त को फूलबारी भो

    जे भन्यौँ जे गर्यौँ सबै कहानी भो
    जिन्दगानी बग्ने पानी भो

    हात छ खाली के दीन सक्छु मैले
    आँशु नै लानुहोस् निशानी भो

    दु:ख लाग्यो कि क्या हजूर लाई
    जिस्कने मेरो बानी भो

    भूल त गरेँ अन्जानमा निकै मैले
    आज चाहिँ जानी जानी भो

    भन्नु बाँकी अझै थियो तिमीलाई
    झस्कीयछु उठ्दा बिहानी भो …
    ::::::::::::::::::::::::::::::::::::::::::
    डिल्ली प्रसाद खराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *