Skip to content

हरि मोहन

साहित्यमा रुचि राख्ने साधारण मान्छे

20200921_161920

यथार्थका मुना मदन

रुदो हो वृक्ष फक्रेका फुल ओइलाइ जादा मा
हरिको जीवन कसरी बित्छ? मन ती छ राधा मा
बुझिदेउ राधा पर्खेर बसे म छिट्टै आउला
कमाइ धेरै खुसिका पोका घर अनि सजाउला

ए मेरा हरि जिन्दगी भरी यो प्राण हजुर को
बिना ती मन्दिर के अर्थ भो र सुन कै गजुर को
एक गाँस आधा बाडेर खाउला सङ्ग सङ्गै बसेर
कटाउला जीवन दुख र सुख सङ सङै हासेर

खोला को ढुङ्गा पुजिन्न राधा मन्दिर न आइ
फर्केर छिट्टै आउनेछु प्यारि आफ्नो केहि बनाइ
बुवालाई लाठी आमालाइ ढुङ्गरि तिमी लाई फरिया
कसेर ल्याउछु खुसी लाई बोकि बनाइ भरिया

चाहिन्न मलाइ ढुङ्री र सारि भैदिए छेवैमा
पौरख गरौ खियाइ नङ्ग्रा सुन फल्छ मेवैमा

अनि पो बन्छ समृद्ध देश

तराईका फाटमा क्याक्टस लगाऊ
हरिया पहाडमा अफिम लगाऊ
हिमालका जडिबुटिमा आगो लगाऊ
चारकोशे झाडीमा गार्डन बनाऊ

खोला र नालामा बल्छी डुबाऊ
बोलाई पारि गढवाल कुमाउँ
इतिहासका पाना च्यात्न सघाऊ
घरका खम्बा काट्न पठाऊ

म खोज्दै छु

यी रक्तिम क्रान्तिहरुमा
के हरायो के भेट्टियो अन्योल भै खोजिरहेछु
न बुझे आफू ले न बुझाउनै सक्छु
म कराउदै छु फेरि महेन्द्रको माला बोकेर

सबैका घरमा निराशाका चित्र कोरिदा
काइलादाइको सारङ्गी पनि मौन छ्न
झिसमिसेमा उड्ने परेवाका जोडिहरु
सङ्गिन रोपिदा घाइते भै छ्टपटाइरहेछ्न
चारो न दिनै सक्छु न दिलाउनै सक्छु
म खोज्छु बुद्ध कतै छ्न कि भनेर ?

पलासलाइ मलजल गरि गुलाब बनाउने इच्छाहरु
काकाकुलको अत्यास सङ्गै आकाशमा मडारिदा
घनिभुत कुहिरोले पथ बिर्सिएकाहरुलाई
न पथ देख्छु न देखाउनै सक्छु
म खोज्छु तुलसि मेहर कतै छ्न कि भनेर ?

श्रीजनामा लहरिने चर्म चक्षुहरुलाइ

यात्री

उनको सामीप्यताले उब्जाएका
मनका अनेकौ अन्तर सङ्घर्षहरुलाई
थुञ्चेभरि भारी बोकाएर
घनघस्याको उकालो चढाए पनि
कहिल्यै नथाक्ने ऊ एउटा बटुवा

न थाक्ने छन् उसका आशा अनि अभिलाषाहरू

हितोपदेश – सत्कर्म

रोएर झगडा भएर तगडा, पाइन्छ के जगतमा ?
पाइने सारा भरिइ दुखले, स्वार्थ जो फगतमा
रुवाइ आदि हो र अन्त्य पनि हो, के रैछ यो जीवन ?
नपुग्दै मनका इच्छा र चाहाना, चुडिन्छ यो रिवन ।

मलाइ बिथोल्ने सपना

………………………….
सम्बन्ध अनि रहर हरुले
चिच्याउदै एक्कासी हाम फालेछन
त्यो कठोर गङ्गा कति पबित्र
कठैबरा !!!
ममताको आशिर्वादले कति धानोस
मनका बेग अनि आबेग
बस तीनलाई सलाइ मात्र कोर्नु पर्छ
बस कुनै ऋतु पर्खिनु पर्दैन
लौ आज पनि तेइ सपनाले बिथोलेछ क्यार
हजार चोटि बिर्सदा पनि चिर निन्द्रमा
सपना बनी फर्की आउने के त्यो सत्य होला त ?
लोभी मन न हो ? अलिकता आशा लुक्दो रहेछ
प्रश्न अनि उत्तर कता कता भौतारिन्छ्न कुन्नी ?
अन्ततः थकानले नि सुस्केरा हालेर चिच्याउछ्न
भविस्य पनि वर्तमान देखेर हास्दो हो
नत्र हातका रेखा हरु किन मेटिदै जादैछ्न

मेरा निराशाहरु

…..र त त्यो त्यसै आकाशमा मडारिंदै थियो
घनिभुत अन्धकारमय
अनि त्यो अत्याश लाग्दो
उचालेका पाइलाहरू त्यसै रोकिदैथिए
किन ? अनुत्तरित मौन विचार
मछौटेको जाल झै फनफनी घुमिरहेका
हारजीत अनि उत्सवका चित्कारहरू

मृत्युलाई जितेको रात

मृत्युलाई जितेको त्यो कालो रात
मेरो भयानक सपना …….

…..यो शब्द को मिठास लाग्ला
तर मेरा लागि यो त आलो घाउ हो
निको हुन लाग्दा फेरि चोकेले घोचेर बल्झिएको जस्तै
चहर्याउथ्यो पोल्थ्यो दुख्थ्यो कटकटी
सजिव हुने मेरा हरेक प्रयास शुन्यतामा विलिन हुन्थे
अनिदोमा छ्ट्पटिएका ती बिकराल रातहरुलाइ
पहरा अध्याराले दिन्थे
मृत्युन्जय मन्त्र दिवारले गर्थे
बस मेरो हाल खबर सोध्न ती आउथे
जस्लाइ म हुनुको कुनै पर्वाह थिएन
म लाचार थिए
भिख माग्थे
दयाको हैन मृत्युको
त्यो पनि आफ्नै सास सङ्ग
निस्केर जा भन्ने अनुमती पटक्कै नसुन्ने

दशैको गिफ्ट

यो ठुलो महल यी रङ्गिन भित्ता
यो अन्धकारदेखि डर लाग्न थाल्यो छोरा
आफ्ना छाला र आकृतिदेखि म आफै तर्सिन थाले
आज हात खुट्टा कर कर खादै थर थर काँप्दैछ्न
जसरी त सानामा थिगिरी थिगिरी गर्दा काँप्थिस
त्यसैले यो दशैंमा म बुढोलाई केही चाहिदैन
बस अलिकति तेरो समय किन्दे
मेरो वृद्ध भत्ता लिएर भए पनि छोरा
तेरो थोरै फुर्सद किनिदे ।

म केही गर्न सक्ने भए

फुकेर बेलुन जस्तै पृथ्वीको आकार बढाउन सक्ने भए
तिम्रो र मेरो सानो टापु हुनेथियो
जम्बु दिप कुश दिप सबै तेसमै हुने थियो
कन्दराको झरनाबाट झर्ने पानीलाई
अङ्कमाल गरेर म तिम्रै नाम लिइ चिच्याउने थिए
शान्ति …..शा…..न् …….ती…….
मेरा आवाजले गुन्जयमान अनेकौ नागबेलीहरु
रातो टीका र कपालमा रिबन गासेर छ्मछ्म नाच्ने थिए
रङ्गी बिरङ्गी पुतलिहरुले तिमिलाइ जिस्काउदै
हामी हुनुको आभास दिलाउने थिए
फक्रीदै गरेका पुस्पगुच्छाहरु
तिम्रो मुस्कानको व्यग्र प्रतीक्षामा हुने थिए
अनि तिम्रो एक उन्माद हासोमा
प्रत्येक निर्जीव प्राणि पनि खुशीले ताली पिट्ने थिए

नया युग कोरियोस

हाम्रा दृष्टान्त अनि  बृतान्त
फरक घोषित  अघोषित
युद्धमा होमिएको लडाकु जस्तै
पल पल द्रब्यदान ले बाचिरहेछ
दधिचि ऋषि गुमनाम छन तेसै
यहाँ भुगोल दान दिनेको चर्चा परिचर्चा छ
स्वार्थले कलङ्कित मात्तिएको त्यो रुखोपन
अनि मेरो देशले फेर्न नपाएको नभेटेको अक्सिजन
कपुत ब्वासोले स्वशाशित मेरो राज्यमा
बलात्कारि भ्रष्टाचारी आदमखोरी हैन
सम्पन्नता समुन्नत अमनचयन फासिमा झुन्डिरहेछ्न
यमराजको कोर्‍रा को आवाज अनि तातो तेल
मेरि आमाको दन्ते कथा
कथा हुन या वास्तविकता
सपना हुन या बिपना कुनै फरक छैन
पल पल भय र त्रासले स्वास फेर्न बिर्सिरहेछ्न
राम राज्य भनी फुइ लगाउनु कत्रो लाजमर्दो

म केवल हेरिरहे

२०५७/५/२१
फटा फट अगाडी बढिरहेका पाइला हरु
भुमि पहिरो जना लागे झैँ धर्खराउछ्न
अनि एक सुस्केरा ..हालेर
सखुवाको पात मा बिडी बेर्छु
अनि पोल्टाको सलाई निकाली झ्वारर बाल्छु
हात हरु किन किन थर्थराए झैँ गर्छन
पुन मेरा विक्षिप्त पाइलाहरु
बिरालोको चालमा अगाडी बढ्छन
       तर
तर मेरा यी निरिह आँखा हरु टक्क हुन्छन
ती रगत को आहालमा सुतेका
चिर निन्द्रामा त कोहि
छटपटाइ रहेका
अनि कोहि जीवन र मृत्यु को दोसाधमा
संघर्स गरिरहेकाहरु
मेरो मुटु एका एक
अनियन्त्रित रुपमा धड्किन थाल्छ
जिउ सिरिङ्ग हुन्छ
शरीर ढक्क फुल्छ

HariThapaUAE

आइदेऊ तिमी गीत बनेर

आइदेऊ तिमी मेरो गीत बनेर
आँखाको गाजल जस्तै प्रीत बनेर

कोमल तिम्रो लजालु अधरमा
बैशालु यौवन मदहोसी नजरमा
राखेर सपना लहरै लहरमा
म भुले माया रहरै रहरमा

देश छोडे पछि जे फेरियो

म फेरीए
मेरा आफन्त फेरीए
म सङगैका मेरा दौतरी फेरीए
अनि यो समय फेरीयो
यो बदलाव घनिभुत बाध्यताको स्पर्शले
मेरा निरर्थक आवाजहरु फेरिए
जिन्दगिमा गाला चड्किने झापट खादै थिए म
येता मलाइ हेर्ने दृस्टि फेरिए
सजायको भागिदार म
सबको नजरमा अपराधी भए
सबै तपाइकै मर्जिबाट चल्छ भने हे भगवान
कसरी म अपराधी भए ?
म अनि मेरा प्रश्न अनुत्तरित
अब त मैले बोल्ने शब्दै फेरिए
सुन्दर एउटा महल बन्यो म महलको राजा बने
झट्ट आँखा के खोलेथे मैले बस्ने महल फेरियो
कर्मठ्शिल जीवन उजाडताले रङ्गायो
हेर्दा हेर्दै मैले पाइला टेक्ने जमिन फेरियो
बाच्ने अनि जिउने रहर निमोठिन्छ्न तेसै
सुन्छु मैले जिउने भुगोल फेरीेयो

तिमी पाए हुन्थ्यो

झुक्किएर तिम्रा हात छुन पाए हुन्थ्यो 2
मृगनयन तिम्रा आँसु पुछ्न पाए हुन्थ्यो

यो भाग्य को के भर भो र !!!नक्षत्रले फेरिदिने 2
मिल्ने भए यी नक्षत्रलाई फेर्न पाए हुन्थ्यो

कति विधि व्यग्र छु म तिम्लाइ भेट्ने प्रतीक्षाको 2
तिम्लाइ भेटी सारा जीवन बाच्न पाए हुन्थ्यो

कस्तो होला त्यो दिन जब लजाउदै तिम्लाइ भेट्ने 2
तिम्रो रुपमा मात्तिएर लड्न पाए हुन्थ्यो

अन्जान फुल गुथिएर एउटै माला बने पछि 2
अङ्गालोले च्याप्प कसि सेल्फी हान्न पाए हुन्थ्यो

कालो बादल घना जङ्गल आवोस बरु जिन्दगिमा 2
कस्सिएर तिम्रो साथ बस्न पाए हुन्थ्यो

सार्थक हुन्थ्यो जीवन मेरो जिन्दगीभर तिमी हुदा 2

जीवनको अमृत पिउन देउ

यो सहर को धिप धिपे आगो म
खरानि उडेको बर्सौ भैसक्यो
आकाश गर्जेको युगौ भैसक्यो
देख्या थिन बादल बर्सेको
बिना बादल असिना पानी पर्दा
कयौ दिन येसै टोलाएछु
मेरो अज्ञानको प्रादुर्भाव भनौ या
रुवाइ र सुन्यताको प्रभुत्व
पुष माघको चिसो सिरेटोले
तारे भिरमा हुत्याएका मौलाकाजिका सपनाहरु
त्रासदिले प्रातडित भएर देहत्याग गर्न बाध्य छ्न
वर्सात पछिको खुलेको आकाश हेर्न
लालायित जीवनका हरेक तरंगहरु
मडारिदै भौतारिदौ आइ पुग्छ्न मेरा नगिच
तर अफसोच यो शहरको आगो म
स्थाइत्व कुनै येस्तो चिज छैन
जल्छ बल्छ सकिन्छ अनि बिलाउछ्न एकान्तमा
डुङ्गाको पैतालाको आकार जस्तै
नदिका छाल हरु सङग पौठेजोरी खेल्दै

स्त्री

एउटा पुरानो सबैजनाले सुन्नु भएको कथा आज पुन: म हजुरहरुलाइ दोहोर्याउन गहिरहेको छु ।
एउटा शहरमा एकजना बूढो मान्छेको मृत्यु भएर सबैजना लाशलाइ लिएर सतगतका हेतु घाट तर्फ लादै थिए विच बाटैमा एकजना अपरिचित मान्छे अगि अगि हिड्न थाल्यो र एक्कासि मृत्युवरण गरेको मानिसको खुट्टा समातेर भन्नलाग्यो कि मर्ने मान्छे सङ्ग मैले दशलाख रुपैया लिनु थियो जब सम्म मैले पाउने पैसा म फिर्ता पाउदिन म लाशलाइ एक कदम अगाडि लान दिन्न।

नयाँ नेपाल

भतिजा हेर्दा
नतिजा नहेर्ने
पुर्जालाइ हेर्दा
उर्जा नहेर्ने
झुलमान लाई हेर्दा
कुलमान नहेर्ने
हे राम गोपाल
हामिले पाएको नया नेपाल
हत्या र हिंसा थपिएको चाङ
सरकार छ सिथिल खाएर भाङ
फुलमान लाई कुर्सी कुलमानलाई गालि
भ्रष्ट को शासन कहि छैन खाली
देशलाइ केही गर्ने मान्छे जन्मिन्छ
भ्रष्टको मन्डपमा नेता अन्मिन्छ
कसले सिकायो यो तन्त्र मन्त्र
लूटेर खाने यो गणतन्त्र
हे राम गोपाल
भोक भोकै मार्ने नया नेपाल
औंसिलाई फाली पुर्णिमा पायो
कुलमान जो आए उज्यालो आयो
पचेन उसलाइ देश अघि बढेको
बुझ्दैछौ हाम्ले कसको बुइ चढेको
समृद्ध नेपाल धेरै छ टाढा
फोहोरी राजनीति नाङ्गो र छाडा

दन्ते किरा महापुराण

खुईया SSSs आइया आमै … तीन भुवन चौध लोक सबै देखिसके …..रातको आधा प्रहर देखि पिटिक्कै आखामा निन्द्रा छैन । तर यो दुखाइ नया र नौलो भन्ने चै पटक्कै हैन । मेरा जिजुहरु ले नि भोग्नु भयो अरे हजुरबुबा ले बुवाले अनि मैले पनि भोग्दै छु सायद आफ्नो दुख अरुको दुख भन्दा हजारौ गुणा ठूलो लाग्दो हो र त म एउटा खुट्टा काटिएको केशरकान्त कट्वालको अगाडि आफ्नो दात दुखाइलाइ बढावा दिदै छु ।