Skip to content

देश छोडे पछि जे फेरियो

म फेरीए
मेरा आफन्त फेरीए
म सङगैका मेरा दौतरी फेरीए
अनि यो समय फेरीयो
यो बदलाव घनिभुत बाध्यताको स्पर्शले
मेरा निरर्थक आवाजहरु फेरिए
जिन्दगिमा गाला चड्किने झापट खादै थिए म
येता मलाइ हेर्ने दृस्टि फेरिए
सजायको भागिदार म
सबको नजरमा अपराधी भए
सबै तपाइकै मर्जिबाट चल्छ भने हे भगवान
कसरी म अपराधी भए ?
म अनि मेरा प्रश्न अनुत्तरित
अब त मैले बोल्ने शब्दै फेरिए
सुन्दर एउटा महल बन्यो म महलको राजा बने
झट्ट आँखा के खोलेथे मैले बस्ने महल फेरियो
कर्मठ्शिल जीवन उजाडताले रङ्गायो
हेर्दा हेर्दै मैले पाइला टेक्ने जमिन फेरियो
बाच्ने अनि जिउने रहर निमोठिन्छ्न तेसै
सुन्छु मैले जिउने भुगोल फेरीेयो
परिवर्तित क्षितिजको चित्र बिचित्र
कोरियो कता कता रङग बिरङग
खोजेर पैगम्बर बुद्ध कृष्णको लिला यहा
यो मन्दिर मस्जिद चैत्य अनि गुम्बा फेरियो
आशुले खेल्ने होलिका कबड्डी कबड्डी
म मृत्यु र सपना
दिशाबिनाको उडान सङ्गै
तैरिएका अर्धचेत प्राणी हरु बोल्छ्न
यहाको पानी फेरियो
श्वास फेर्ने हावा फेरियो
अनि अधैर्य भै
सुन्छ्न कतै भनी पुकारे भगवान को नाम पनि
तर भन्छ्न यहाँ त भगवानको नामै फेरियो
खोजेर पैगम्बर बुद्ध कृष्णको लिला यहाँ
यो मन्दिर मस्जिद चैत्य अनि गुम्बा फेरियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *