Skip to content

एउटा पुरानो सबैजनाले सुन्नु भएको कथा आज पुन: म हजुरहरुलाइ दोहोर्याउन गहिरहेको छु ।
एउटा शहरमा एकजना बूढो मान्छेको मृत्यु भएर सबैजना लाशलाइ लिएर सतगतका हेतु घाट तर्फ लादै थिए विच बाटैमा एकजना अपरिचित मान्छे अगि अगि हिड्न थाल्यो र एक्कासि मृत्युवरण गरेको मानिसको खुट्टा समातेर भन्नलाग्यो कि मर्ने मान्छे सङ्ग मैले दशलाख रुपैया लिनु थियो जब सम्म मैले पाउने पैसा म फिर्ता पाउदिन म लाशलाइ एक कदम अगाडि लान दिन्न।
तमाम मलामिहरु एक अर्कालाइ हेराहेर गर्दै नतमस्तक भै बिच बाटोमा यो तमासा अक्क न बक्क हेरिरहे । अनि छोराले भन्यो बुवा जिउदो हुन्जेल कहिल्यै यो पैसा दिने विषयमा कुरा गर्नु भएको थिएन त्यसैले म कुनै हालतमा पनि यो पैसा दिनेवाला छैन । त्यस पछि मृतकका भाइहरुले पनि आखिर छोरा नि जिम्मेवार नभैसके पछि हामी किन दिने ? त्यसमाथी हामी त भाइ हौ । उत्तर र प्रती उत्तरका खात ठडिए ।
निकै बेर सम्म तमाम मलामिहरुको बिचमा उक्त मान्छे मृतकको खुट्टा समाएर पैसा नलिइ नछोड्ने अठोट गरि बसिरहेको थियो । एक कान दुई कान मैदान हुँदै त्यो खबर घरका महिला सदस्य हरु सम्म पुग्यो । मर्ने मान्छेकि एउटि मात्र छोरी थिइन त्यो खबर जब उनले सुनिन तुरुन्तै आफू सङ्ग भएको गर गहना नगद लिएर गइन र उक्त मानिसको अगाडि घुडा टेकेर भन्न लागिन .. मैले म सङ्ग भएको जे जति छ लिएर आएकी छु कृपा गरेर भगवानको लागि मेरो बुबाको अन्तिम यात्रालाइ नरोकिदिनुस । यो बेचेर जे जति हुन्छ बाकी पैसा म नमरुन्जेलसम्म तिर्ने वाचा गर्दछु नसके म आफैलाइ बन्धक राख्न तयार छु । अझ बिश्वास नलागे कागज गर्नुस म जहाँ भने पनि सहि छाप गर्न तयार छु तर बिन्ती बुवाको अन्तिम सस्कारको यो अवस्थामा अवरोध नगरिदिनुस ।
अलाप बिलापका साथ कारुणिक स्वरमा महिलाको यस्तो वचन सुने पछि एक छिन सबैमा सन्नाटा छायो । तेत्रो पैसा दिनुको सट्टा बरु एउटा लास नै उक्त मान्छेको जिम्मा लगाउनु नै बुद्दिमानी ठानेर बैनिलाइ सम्झाउन खोजे तर उनले मानिनन अन्ततः सम्पुर्ण गरगहना उसका हातमा के राखेकी थिइन ती पैसा माग्न आउने मान्छ्ले भन्न लागे कि यो पैसा मैले पाउने हैन उहाले उल्टै मलाइ दिनु भएको थियो र यो पैसा फिर्ता गर्न आएको हु म उहाका आफन्त हरु सङ्ग अन्जान थिए खासमा म उहाका आफन्त चिन्न चाहन्थे असली हकदार चिन्न चाहन्थे। यो सबैको लागि मलाइ माफ गर्दिनु होला त्यसैले मैले यो सब गर्नु पर्यो र मैले निस्चिन्त भै असली हकदार चिने । यो पैसाको असली हकदार न कुनै छोरा भाइ हैन उहाकी छोरि रहिछिन । उसको यो कुराले सबैलाइ स्तब्ध बनायो । आखिर छोरा र छोरी को अन्धो खाडललाई केही द्रब्यदान ले क्षण भरमै छ्ताछुल्ल बनाइदइयो ।
त्यसैले बस स्त्री बिना पुरुषको जीवन बेकार हुन्छ । उसलाइ सधै स्त्रीको साथ चाहिन्छ चाहे त्यो मन्दिर होस या सन्सार ।
सुन्नुस है मन्दिरमा कृष्ण सङ्ग राधा, राम सङ्ग सीता , शिवजी सङ्ग माता पार्वती । बिहान उठेर चियाको चुस्की लिए देखि रातको बिछ्यौना सम्म हरेक पुरुषलाई एउटा स्त्री को आवश्यकता पर्दछ।
पढ्ने समय विद्या, फेरि लक्ष्मी अनि अन्त्य मा शान्ति । दिनको सुरुवात उषा सङ्गै हुन्छ भने अन्त्य सन्ध्या । जब रात हुन्छ निशाको समयमा पनि निन्दा देवि । निदाइसके पछि सपना । मन्त्रोचारण गर्दा गायत्री । धार्मिक ग्रन्थको लागि गीता । भगवान को अगाडि पुस्पा , बन्दना , पुजा , अर्चना , आरती , आरधना यो सबै श्रद्धाको लागि ।
जब अँध्यारो हुन्छ ज्योती , जब एक्लोपनको महशुश हुन्छ तब प्रेमवती एवम स्नेहा । जब युद्ध हुन्छ जया अनि बिजया । जब वृद्ध अवस्था हुन्छ अनि करुणा त्यो पनि ममताको साथमा । जब रिस उठ्छ क्षमा । प्रकृति आकृति कविता शितल कोमल कल्पना चन्द्रमा धेरै छन जसलाई सब्द जालमा सङ्कुचित गर्न गाह्रो पर्दछ ।

त्यसैले त त धन्य छ्न सम्पुर्ण स्त्री जाती जसको कल्पना बिना पुरुष मात्र त के सम्पुर्ण जगत नै अधुरो छ । चाणक्य ऋसि भन्नुहुन्छ कुनै परस्त्रीको बारेमा गलत सोच ब्यभिचार आफ्नो मनमा आउन नदिनु किनकी उसैको कारणले तपाइको बसेको सन्सार क्षणभङ्गुर लङ्कामा डढेलो लागे झै ध्वस्त हुनेछ ।
यो नबिर्सनुस कि स्त्री हुनु एउटा आफैमा गर्वको कुरा हो । उनै स्त्री जसले प्रकृतिको नियमलाइ समन्वय गर्न आफै बाट अर्को नया श्रीस्टिको उत्पादन गर्छिन । एउटा स्त्री एक असल गुरु एउटा असल मेनेजर एउटा असल श्रीमती …… अझै एउटा एस्तो ताल हुन जसले हरेक काममा सामजस्यता बनाएर राख्छिन । जसले आफै भित्र एउटा जीवन साचेर राखेकी हुन्छिन ।
एउटा उनै त हुन जसको भित्र जिन्दगी बढ्छ बाकी जब आमाको गर्भबाट बाहिर निस्कनासाथ दिन रात हप्ता महिना बर्स गर्दै जिन्दगी कम हुँदै जान्छ । त्यसैले त हाम्रो पौराणिक ग्रन्थमै लेखिएको छ कि
** यत्र नार्यास्तु पूज्यन्ते रमन्ते तत्र देवता **

अर्थात जुन कुल बङ्समा नारिको इज्जत हुन्छ त्याहा भगवान सधै प्रसन्न हुन्छ्न ।
मत सधै भन्ने गर्दछु कि कति भाग्यमानी मानिस छ्न जो छोरिका बुवा हुन । उनिहरुलाइ भरपुर माया दिनुस सस्कार दिनुस अनि यहि ब्यवहार आफ्नो पत्निलाइ पनि गर्नुस ता कि उ पनि कसैकि छोरी हुन र तिनै छोरी पछि कसैकी आमा हुनेछिन जसरी आज हामी (छोरा छोरी ) आफ्नी जननी आमालाइ इज्जत माया र प्रेम गर्दछौ ।

आउनुहोस प्रकृति को अनुपम श्रिस्टि उनै स्त्री (आमा) लाई हृदयबाट नै सम्मान गरौ ।

“नास्ति मातृसमा छाया, नास्ति मातृसमा गति:
नास्ति मातृसमम त्राण , नास्ति मातृसमा प्रीया ।”

अर्थात आमाको समान कुनै छाया हुदैन , आमाको समान कुनै सहारा हुदैन , आमाको समान कुनै रक्षक हुदैन अनि आमाको समान कुनै प्रीय चिज हुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *