नेता र मेता भए भुक्त्त भोगी
सन्यासी देशको जनता छ जोगि
धने धनविर हुँदै जो ब्यास बढछ
मै खाउ मै लाउ को तब प्यास चढ्छ

थोत्रो र मैलो कमिज फाली
छ नाम बिष्णु तिनै छ्न जाली
लुछेर रित्याए देशको ढुकुटी
नेताका भुँडी हेर जनता सुकुटि

सडकमा सागर धाराको पानी
जो छ दरिद्र उसको सुन खानी
हजारौ निस्के श्रीपेच भिरेका
जुन जोगि आए नि कानै चिरेका

खै कता गए बुद्धका आँखा
कसैलाइ लाखा कसैलाइ पाखा
न्याय नपाए गोरखा जानु
चुहुने छानो छ ? कतै नजानु

देखाइ आफुलाइ दुनिया पवित्र
ढोङ्गी छ राजनिति चित्र बिचित्र
भएन पराधिन हाम्रो ईतिहास
रुदै छ्न रैती पाउन एक गाँस

छोएर माटो आँसु तप्प झर्छ्न
जनतका नाम मा जनतै जो मर्छ्न
घुम्दैछ्न गोरु मियो छ कोहि
आहारा खोज्द्छ् पालेको गोहि

रैती छ्न राजन रैती नै सिकार
ए नेता भनौदा आफुलाइ धिक्कार
गरेर केहि भला पुण्य कर्म
राखेर चेस्टा धर्म अधर्म

खोलेर आँखा अब त उघार
कहाँ छौँ आज ? सोच बार बार
अँध्यारो घर छ लाख बत्ती बाली
हर कोठा हेर दैलो छ खालि

हर घरमा फहरियोस चन्द्र र सुर्य
मेरै देशको चलोस माधुर्य
देखाउदा गर्व होस राहदानी
सुनाउन पाइयोस येस्तो कहानी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *