Skip to content

खुईया SSSs आइया आमै … तीन भुवन चौध लोक सबै देखिसके …..रातको आधा प्रहर देखि पिटिक्कै आखामा निन्द्रा छैन । तर यो दुखाइ नया र नौलो भन्ने चै पटक्कै हैन । मेरा जिजुहरु ले नि भोग्नु भयो अरे हजुरबुबा ले बुवाले अनि मैले पनि भोग्दै छु सायद आफ्नो दुख अरुको दुख भन्दा हजारौ गुणा ठूलो लाग्दो हो र त म एउटा खुट्टा काटिएको केशरकान्त कट्वालको अगाडि आफ्नो दात दुखाइलाइ बढावा दिदै छु ।
यो दातमा किरा कहिले लाग्यो कसरी लाग्यो ठ्याक्कै लेखा जोखा छैन मेरो डायरीमा तर डाक्टर सापले भन्नू भो हाम्रै देशको राजनीति जस्तो सरसफाइ को कमि अरे । झोलाभरी दबाइका डब्बा बोकेर सरसफाइमा बिशेश ध्यान दिने प्रण गरि डाक्टर लाई तिरेको पैसा पाच छ चोटि सम्झिएर ठूलो महाज्ञान लिएर घर आइ दातमा किरा कसरी लाग्दछ र यसबाट भावी पिढिलाइ कसरी बचाउन सकिन्छ भन्ने खोज र अनुसन्धान मा लाग्ने निधो गरे । आखिर म पनि त कर्मयोगी मान्छे के था अहिलेको जमाना मा प्याट्ट गर्दै फ्याट्टै भाइरल नै भैएला ….अब बैज्ञानिक हुने सङ्कल्प गरे । आखिर आयुर्वेदको कोखमा हुर्केको मान्छे न परे खोजे के सम्भव नहोला र ?
फेरि चस्कियो हुरुक्कै पार्यो सोला हानेर….. ल्वाङको तेल चोबेर हाल्ने सल्लाह घर मुलि बाट पाइयो केही राहत मिल्यो क्षणिक पिडाबाट राहत मिले पछि मन मनै मात्र प्रणाम गरे सानेकी आमालाई पुरुषार्थको जो अहमता सिकिएको छ तर धन्यवादको बर्कोले उनको पसिना पुछिदिदा स्नेहका प्रतिउत्तरले अझै चङ्गा बनायो मेरो जिउ ।
अब किराको खोजिले मलाइ कुत्कुत्यायो । सत्ययुग कै पालामा माहादेवले सतिदेविको मृतात्मा शरिरलाइ बोकेर हिड्दा त्यो शरीर गलाउनको लागि पैदा गरिएको कथन मेरि आमाले सुनाउनु भयो । वि.सं. १९७७मा कौशील अड्डाका सुब्बा कृष्णलाल अधिकारीले लेखेको मकै पर्व पढे पछि त झन मैले मेरा दातलाई मकैका घोगा देख्न थाले । छिस्स दारा निस्केपनी सेता चटक्क लाग्ने मेरा दात आज आफैलाइ नसुहाउने खपटे लाग्न थाले खैर मन बुझाउन ऐनालाइ दोश दिए । ती मकैमा लाग्ने किरा र मेरा दातमा लाग्ने किरामा कुनै अन्तर देखिन । मेरो दिमाख मेरो प्रयोगशाला जत्तिकै भयो र म येतिमा सिमित बस्न सकिन । अब मलाइ गाई भैंसी र बाख्रका दात जाच्ने सोच आयो मेरो अनुसन्धानले त मलाइ बिस्फोटक नतिजा पो समुन्ने ल्यायो । बिहान बेलुका सेनसोडाइन ले ब्रस गर्ने मेरा दात भन्दा चहकिला त जनावर का दात त्यो पनि कुनै किराको नाम निशान बिना….. फेरि डाक्टरले देको महाज्ञानले धोका दियो । आमाको फाटेको सारि र सानेको ममिको कुमैमा सिएको चौबन्दीलाई दोस्रो प्राथमिकतामा राखेर मैले तीन मन धान को पैसा काटेर उसलाई बुझाएको सम्झे तथापी जनावरलाई भन्दा बिबेकको खानी मानवलाइ मात्र यो किराले पिरोलेको बुद्द्त्व प्राप्त गरे । जसको बुद्धि र विवेक ज्यादा हुन्छ किराले उसैलाइ पछ्याउदारान। आहा मलाई पनि स्वविवेकी र बुद्धिजीवी समूहको संयोजनले भाव विभोर बनायो ।
सिरिङ्ग भयो …….. दातमा पस्चिमे हावा लाग्दा नि चस्किन्छ सहनै नसक्ने गरि ….पेटमा भोकको ज्वाला दन्केपनि यो दुखाइ र अथाह पिडाले त्यो बङ्गरा हतौडाले हानेर झार्दिनु जस्तै हुँदै थियो तैपनी सम्यम्ता अपनाएर आमाकै मन राख्न दुई गाँस च्यापे । अनि थाहा भयो शरीरका सबै अङ्ग उत्तिकै बराबर रहेछन । कुनै अङ्ग गल्नु भनेको शरीर गल्नु रहेछ अनि शरिर गल्नु भनेको आफै कमजोर हुनु रहेछ। जसरि आज मेरा दात गल्दै छ्न ।
मेरा जिउका पिल्लर मेरा दातहरुलाई बिस्तारै बिस्तारै सुस्त सुस्त रात दिन नभनी किराले कोपर्दा को मरणासन्न अवस्थामा सोच्छु यसरी नै सिमानामा जङ्गे पिल्लरहरु ती सुस्ता लिपुलेक लिम्पियाधुरा मेची महाकाली कालापानीमा कोपरिदा होलान मात्र आर्तनाद फरक ।त्यो झन ठुलो किरा । आखिर किरा किरै न हो । अनि त मैले किराले दात खाएको मेरो मुख लाई आफ्नै देशको आकृति देख्न थाले ।
देशमा लाग्ने किरा र मेरा दातमा लाग्ने किराको सामजस्यताले मेरो सोचाइलाई राजनीतिक उडान दियो ।वास्तवमा यो राजनैतिक स्वार्थपूर्तिको किरा मेरो दन्ते किरा भन्दा कयौं गुणा भयानक लाग्यो ।
आमाको आवज रहेछ मेरो कानमा तेस्रो पल्ट पर्दा मात्रै म झस्के । धने काका ..दातको किराझार्ने धामी आउनु भएको रहेछ । दात फुस्केका मान्छेले झारफुक गर्दा मन्त्रले काम गर्दैन अरे तर काकाले त नया दात लगाएर आएका रहेछन । किराले अधबैंसे उमेर मै लिटो खाने बनाएछ बुडा लाई पनि ।
उनै धामी मेरो दात को किरा निकाल्न आएका झारफुक गरेर ।धने काकालाई देखेर पर्तिर कि आलम कि दिदी पनि आइन । उनको पनि एउटै समस्या । अब फेरि नसरिन दिदी ले गफ सुरु गरिन उप्रेतिको नातिको त छ बर्खमै दात मा किरा लागेको अरे अब्दुल्लाको छोरो कान्छोको त उन्नाईस बर्स पनि नपुगी एउटा दातमा सिमेन्ट भरेका अरे । खै पैला पैला त बत्तीस वटा दात भएकाले बोलेको पुग्छ भन्थे अहिले त का बत्तिस पुग्न पाउनु ।
अनि मन मा गम खाए हाम्रा नेताहरुको कसैको पनि बत्तिस वटा दात रैन रहेछ .. । आखिर धनी होस या गरिब राजा होस या रङ्क किरा सबैलाइ लाग्दो रहेछ । चाइनमाइड बनाउने देखि डाइनामाइड बनाउने सम्मलाइ
सख्खर कम खाने धने काकाको फोनमा नोकिया फोनको टिनिनी घन्टी बज्यो पल्लो गाउका राई माइला को पनि किराले दात खाएछ फुक्न को लागि फोन गरेकि रैछिन लाहुरेनि माइलिले । आधुनिक बैज्ञानिक सम्यन्त्रले साच्चै खुम्च्याएको छ यो दुनियालाइ ..हेलो भन्दा मेलो आउने । धने काका को हतार अलि बढ्यो .. पानी फुकेर दिए.. पैसो गोजिमा ख्यास्स पारी फिस्स हास्दै लागे दन्ते किरा झार्न।
अब मलाइ यो समस्या कतिमा सिमित रहेछ भन्ने कौतुहलताले उक्सायो प्रत्येक घर घर गएर सोधपुछ गर्दो भए अन्त्यमा मेरो निस्कर्स यो त मेरो मात्र समस्या हैन रहेछ मैले सोच्ने ब्यक्तिगत समस्या त समाजिक समस्या .. हैन हैन यो त संसद भवनमा बिचाराधिन अवस्थामा रहेको रास्ट्रीय समस्या पो रहेछ भन्नेमा टुङ्गियो ।
अब यो रास्ट्रीय किरा मार्न लामो गाठो फुकाउने मेरो एकल जमर्को असफल हुन्छ भनेर मैले दन्ते किरा पिडित विश्व महाअधिवेशन गर्ने निर्णय गरे। अनि थाहा भयो कि यो त एउटा विकराल अन्तर्राष्ट्रिय समस्या पो रहेछ । विश्वका ठुला ठुला दन्त पिडितहरुको भासण कयौ दिन सम्म चलिरह्यो । दन्ते किरा मार्ने अनेकौ प्रयासहरुको नालिबेली ,पाएका आङ्सिक सफलताको जानकारी गराए ठूलो चौडा छाती पारेर अनि आउदा दिनमा किरा मार्ने अनेकौ योजनाहरुको बारेमा प्रस्ताव राख्दा बुद्धको देशको प्रतिनिधिको हैसियतले शान्तिपुर्ण तरिकाले यस समस्याको हल खोजिनु पर्ने तर्कमा म अडिग भै शान्तिनै शुशासन र सुमार्गको अन्तिम कडि हो भन्ने तर्कमा जोड दिए । अन्त्यमा सर्वसम्मतिबाट वैदिक विधिनै यसको अन्तिम विकल्प हो भन्ने टुङ्गो लगाइयो।
समस्याको लहरो अन्तरास्ट्रियकरण गरेर फर्के लगत्तै कतिले त अब दन्ते किरा पार्टिको नाम नै दर्ता गराउनु पर्छ भन्ने सुझाव हरु न दिएका हैनन पार्टि सहयोग र चन्दा सहित । फ्याट्ट प्रधानमन्त्री पनि भाको कल्पना गर्न सम्म भ्याए । अगाडि पछाडी अङ्गरक्षक, मर्सिडिज गाडिमा सपक्क दौरा शुरुवाल र भादगाउले टोपिमा सजिएको म , शैनिक र पुलिसको चारैतिरको सलामी , देशकै एत्रो ठूलो बिशिस्ट ब्याक्ती हुदा हुँदै पनि जाचदुतको गोडामा लम्पसार परि मेरो भादगाउले टोपी झुकाउनु पर्ने कुराले जाबो प्रधानमन्त्रीको लालचा हटाइदिए बरु सामाजिक सेवामा मात्र केन्द्रित रहने हिसाबले विश्व दन्ते किरा पिडित परोपकार महासंघको नाम जुराइ किरा मार्ने र बचाउने उनै श्री श्री श्री जाचदुत ज्यु बाटै रिबन काटी उद्घाटन गरियो।
मेरो प्रस्तावलाई नै निर्णय मानी तिनै परोपकार महासंघ ले पारित गरेको वैदिक विधिको महत्वलाइ उच्च ध्यानमा राखि ब्रह्माण्डका सारा दन्त पिडितको पुकारलाइ पारलगाउने हेतु भुमि पुजन र अग्नि होम गरि दन्ते पुराण लगाउने अभियानमा लागे ।
अनि यसै शिलशिलामा पुराण लगाउने तादाम्यता मिलाउदौ ब्यास आसन मा बस्ने किराले दात नखाएको चोखो शुद्ध ब्राह्मण को खोजिमा भुपाल गाउँ मा पुगेर मेरा पाइलाहरु टक्क रोकिए फलस्वरूप म पुगे अनारस र जागेश्वरममा वैदिक ज्ञानमा बिद्या वारिधी गरेर आएका प्रकाण्ड विद्वान पण्डित्त रामा कृष्णा बाजेकोमा….. पृथ्वी लोक बाटै यो किरा भगाउने उदेश्यका साथ ।
सादर प्रणाम टक्र्याउदै बाजेलाई पुराण लगाउने तथा पुराण पढ्ने मेरो आतिथ्य को प्रस्ताव राखे । बाजेले पात्रो हेर्दै शुभ मुहुर्तका साथ पुराणका प्रकार बारे प्रस्ट्याउदै अठार वटा सबै पुराणको नाम भट्याउन भ्याए ब्रम्ह पुराण, पद्म पुराण, विस्णु पुराण, वायु पुराण (शिव पुराण) भागवत पुराण ( देवि भागवत पुराण) नारद पुराण, मार्केण्डय पुराण, अग्नि पुराण , भविस्य पुराण, ब्रम्ह वैवर्त पुराण , मत्स्य पुराण, गरुड पुराण , ब्राह्मण पुराण …बिचैमा रोकिएर चस्माको डन्डी मिलाउदै भने कुन चै पुराण लाउने सोच गरेउ । बाजेको तीखो कटाक्ष दर भाउका साथ थियो ।
दिन भरिको ताता घाममा ब्राह्मणको खोजीमा पुराणको निम्तो दिदै हिडेर थाकेका मेरा बाहुबल र सुकेका कागती जस्तो मुखलाई एक अम्खोरा गङ्गा जल ले सुद्द पार्दै मैले पस्ट्याए गुरु मलाइ त पुराण मात्र हैन महापुराण लाउनु छ दन्ते किरा महापुराण …।
हठात पात्रो भुइमा फ्यात्त फ्याकी विकर्तनको नजरले हेर्दै बाजे ले ल्वाङ को तेल कपास मा च्वाप्प चोबे ….

22/09/2020
दुबाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *