Skip to content

आइदेऊ तिमी गीत बनेर

HariThapaUAE


आइदेऊ तिमी मेरो गीत बनेर
आँखाको गाजल जस्तै प्रीत बनेर

कोमल तिम्रो लजालु अधरमा
बैशालु यौवन मदहोसी नजरमा
राखेर सपना लहरै लहरमा
म भुले माया रहरै रहरमा

आइ सुस्तरी छोईदेऊ गीत बनेर
उषाका किरणमा शित बनेर

हिमाल झै चम्किने दन्तलहरमा
म खोज्दैछु तिमीलाई तिम्रै शहरमा
बजेको सङ्गीतको निस्केको धुन
लजाउछिन सपना सक्दिन छुन

आइदेऊ तिमी मेरो गीत बनेर
स्पन्दनको एउटा मीठो मित बनेर

सम्हालिदेऊ मलाई चोखो प्रीत बनेर
त्यही प्रीतिमा बज्ने मीठो गीत बनेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *