२०५७/५/२१
फटा फट अगाडी बढिरहेका पाइला हरु
भुमि पहिरो जना लागे झैँ धर्खराउछ्न
अनि एक सुस्केरा ..हालेर
सखुवाको पात मा बिडी बेर्छु
अनि पोल्टाको सलाई निकाली झ्वारर बाल्छु
हात हरु किन किन थर्थराए झैँ गर्छन
पुन मेरा विक्षिप्त पाइलाहरु
बिरालोको चालमा अगाडी बढ्छन
तर
तर मेरा यी निरिह आँखा हरु टक्क हुन्छन
ती रगत को आहालमा सुतेका
चिर निन्द्रामा त कोहि
छटपटाइ रहेका
अनि कोहि जीवन र मृत्यु को दोसाधमा
संघर्स गरिरहेकाहरु
मेरो मुटु एका एक
अनियन्त्रित रुपमा धड्किन थाल्छ
जिउ सिरिङ्ग हुन्छ
शरीर ढक्क फुल्छ
सुर्य लाइ पनि चन्द्रमा देख्न पुग्छु
अनि डाको छाडेर नरुनु को मेरो विकल्प
मुटु छिया छिया भयो
काटेको घाउमा नुन चुक छर्किन पुग्यो
भक्कानो फुटेर आयो
मेरो घर परिवारको एउटै चिहान
म स्तब्ध
मेरो गर्भ को बालक
ठुलो मान्छे बनाउने मेरो सोचाइ
डाक्टर बनेर बिरामी जाच्ने उसको तोते बोलि
हाय !!!!!!!!!
,,,,,,गोलि र बारुद को शिकार
यो के भै रहेछ
म ठम्याउनै सक्दिन
चाहे जे होस्
एस्लाई फ्रान्स को राज्य क्रान्ति संग
दाज्न मिल्दैन
अमेरिकाको स्वतन्त्र राज्यक्रान्ति संग
जोख्न मिल्दैन
अनि माओत्सेको
दर्शनशास्त्र संग तौलन मिल्दैन
गृहयुद्ध को दल दल मा
निसास्सिएको नया नेपाल हैन
परिवार संगै स्वर्ग नर्क चाहे जहा होस्
रमाउन चाहन्थे म उही
जहाँ बुद्ध को बुद्धत्व भएको
भृकुटी को शान्त अनि
सित माता को पावन भुमि
मेरो कर्मभूमि
सु संस्कृत नेपाल होस्
म यी नै कुरा मन मा गुथिरहेथे गुथिरहेथे
मेरा कान मा इन्द्रको बज्र झैँ गर्जियो
त्यो पल्लो कान्ला मा
म नियाली नियाली हेर्न लागे
त्यहाँ त प्रलायाग्नी धुवाई रहेथ्यो
आतंक अराजकता र क्रान्ति को
चर्किदो भासण भैरहेथ्यो
म मुठी कसी केवल टुलु टुलु
हेरी रहे
हेरी रहे
