यो सहर को धिप धिपे आगो म
खरानि उडेको बर्सौ भैसक्यो
आकाश गर्जेको युगौ भैसक्यो
देख्या थिन बादल बर्सेको
बिना बादल असिना पानी पर्दा
कयौ दिन येसै टोलाएछु
मेरो अज्ञानको प्रादुर्भाव भनौ या
रुवाइ र सुन्यताको प्रभुत्व
पुष माघको चिसो सिरेटोले
तारे भिरमा हुत्याएका मौलाकाजिका सपनाहरु
त्रासदिले प्रातडित भएर देहत्याग गर्न बाध्य छ्न
वर्सात पछिको खुलेको आकाश हेर्न
लालायित जीवनका हरेक तरंगहरु
मडारिदै भौतारिदौ आइ पुग्छ्न मेरा नगिच
तर अफसोच यो शहरको आगो म
स्थाइत्व कुनै येस्तो चिज छैन
जल्छ बल्छ सकिन्छ अनि बिलाउछ्न एकान्तमा
डुङ्गाको पैतालाको आकार जस्तै
नदिका छाल हरु सङग पौठेजोरी खेल्दै
मेटिन्छ्न कति सपनाहरु
आउछ्न समयका सुनामीहरु गडगडाउदै
बिथोल्न खोज्छ्न सोह्र शृङ्गार
अनि मात्र म चिच्याउछु
अरे यार
म पनि बाचेर हेर्छु एक फेर
जीवनको अमृत पिउन देउ
