Skip to content

सफलता ताक्दैछु

म घोट्दैछु
र पेष्ट बनाउँदैछु
कैयन जिन्दगीहरूलाई,
रणभूमिमा अलर्ट राख्दैछु
क्याट वाकको चालसँगै,
तेज नजरले नियाल्दैछु ।

परिक्रमण गर्दैछु
पृथ्वीको गति भन्दा तेज,
सँसार जित्नु छ सायद,
न्यूटनलाई पछारेर,
वस्तु विलाउने आकाश खोज्दैछु
र सुन्यतामा नियाल्दैछु ।

म डराउँथे,
सायद, यात्रा फोविया थियो,
एक कोशियदेखि रेप्टाइलसम्म,
विचारका सञ्जालहरूमा जेलिएर,
हरेक रात प्राणाकायाम गर्दै,
हिप्नोटिज्म प्रयोग गर्दैछु ।

अचेल विचार सञ्चालबाट मुक्त रहन,
डोपामाइन रसायनले
सपनाको शिर्षक डायरीबाट,
न्यूरोनका डेन्टड्राइट्स् र सिन्याप्सहरू बढाउँदै,
साइकोमेट्रिक बन्दै
क्रमशः सफलता ताक्दैछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *