Skip to content

आफ्नो बनाएर लगे हुन्थ्यो


उनी आई मलाई आफ्नो बनाएर लगे हुन्थ्यो
थोरै खुशी धेरै प्यार जताएर लगे हुन्थ्यो ।

आशै आशा मात्र बोकी बाँच्नु गाह्रो पलपल यहाँ
लगन पोते डोलीसँगै अन्माएर लगे हुन्थ्यो ।

रातो साडी रातै चुरा, तलहरी र औंठी सहित
स्वर्गकी एक परी जस्तै सजाएर लगे हुन्थ्यो ।

विर्सिएको छैन मैले सहनाईको मिठो धुन
सँस्कृतिकै पञ्चे बाजा बजाएर लगे हुन्थ्यो ।

बिर्सन नि गाह्रो होला, आफ्नो गाउँ, जन्म घर
उनकै प्यारले सबै कुरा भुलाएर लगे हुन्थ्यो ।

मारे पाप पाले पुन्य भन्दै आँगन पोलेपछि
जन्ती हाँस्दा माइती सबै रूलाएर लगे हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *