पलभरको खुशी पछि आँशु झार्नु वाध्यता भो
झर्ने आँशु परेलीमै राख्न बार्नु वाध्यता भो ।
सक्दिन नै भन्छ मनले अँझै दुःख खेप्न पनि
तिमीलाई खुशी दिने मन अन्तै सार्नु वाध्यता भो ।
तिम्रो सँसार अर्कै रैछ जहाँ जाऊ खुशी पाउ
तिम्रो जीतमा रमाएर आफू हार्नु वाध्यता भो ।
आफ्नै भाग्य कमजोर रैछ अरुलाई पो के दोष दिनु
अर्को हरि जन्माउन, आत्मै मार्नु वाध्यता भो ।
