शिक्षक कक्षाकोठामा पढाएर सके पछि पाठको अन्तमा दिइएका अभ्यासहरू गरेर ल्याउनु भन्दै विद्यार्थीहरूलाइ निर्देशन दिदै भन्छन् । सधै गरिने अभ्यासले दिमाग चम्किलो बनाउँछ, तेजिलो पार्छ र तिक्ष्ण बुद्धिको भइन्छ । यत्तिकैमा स्कूल सकिएको घण्टी बच्छ । सबैजना हतार हतार झोला कितावहरूले भरेर घरतिर लाग्छन् । स्याम भने सोचमा परिरहेका हुन्छ । खाली अभ्यास, अभ्यास, अभ्यास ! किनकी उ पढ्न लेख्नमा अलि अल्छी । त्यो दिन घरमा जान्छ र यस्तै कुराहरू मनमा खेलाएर बसिरहन्छ । अनि झट्ट सम्झन्छ रामदेवलाई । रामदेवको याद आएपछि उस्ले विहानै उठेर रामदेवको योग हेर्छ र गर्छ । सबै योगहरू त सम्झन सक्दैन केहि योगहरू सम्झेर पुनः स्कूल जान्छ । स्कूलमा गुरूले सोध्छ – स्याम तिमीले अभ्यास गर्यौ? स्याम उठेर भन्छ, – गरे सर । खै त उत्तर पुस्तिका? देखाउ न त – शिक्षक सोध्छन् । स्यामले भन्छ – त्यस्तो अनावस्यक झण्झट किन गर्ने सर? रामदेव बाबाले भनेको विहानै उठेर प्राणाकायम, कपालभारती र अनुलोमविलोम गर्यो भने शरीर स्वस्थ्य र दिमाग पनि तेज रहन्छ रे । त्यसैले मैले त एक काम दुई पन्त भनेर रामदेव बाबाको योगभ्यास गरे सर । अब सबैले त्यसै गर्नुपर्छ । समय पनि खर्च नहुने दिनको १ घण्टा मात्र अनि स्वस्थ्य पनि र दिमाग पनि तेजिलो । शिक्षक रिसाउँदै थिए, सबै साथीहरू गललल्ल हाँसे ।
