Skip to content


गाउँको
करेसावारी
सोत्र्यान मिल्काउने नजिकै
केराघारीको जमात भित्रै
मौलाइरहेको छ
सुन्दर
मखमलीको बोट !


प्रायः
हरेक विहान
सिञ्चन गर्दै, हेर्दै
उही बोटमा
आँखा गाड्छु
देख्छु
हुर्किएको छ
बढिरहेको छ
निरन्तर……

मलाई के थाहा?

केराघारीको विछ्यौना
कति निष्ठूर हुन्छन् ?
जुर्मुराएर उम्रको
झारहरू समेत
हैरान बनेर
स्वीकार्छन्
सास्वत मृत्यु ।

थुप्रै गिट्ठा भ्याकूरहरू
यसैका खामहरूमा बेरिएर
उकासिदैछन्
आकाशिदै छन्

तर
तिनलाइ के थाहा?
विचरा !
यिनका चिप्ल्याईहरूमा
हरेक पटक
उकालिनछन्
बजारिन्छन्


मखमली
सुन्दर बोट
केराको सेप्यानमा पनि
निर्धक्क
हुर्किरहेछु।।।
बढिरहेछु ।।।

हो
यो
सुन्दर बोट

मखमली
कहिल्यै नओइल्याउने
पवित्र
दुवो र सयपत्रीहरूसँगै मिसिएर
सबैका शुभसाईतहरूमा
हरेकका
गला गलामा उनिएर
थुप्रै आशिषहरूकासाथ
अजर अमरका शंखघोष गर्दै
फैलिन्छन्
नाघ्दै भूगोलका सिमानाहरू ।

परदेशमा
फलेका
पाकेका केराहरू
स्वदेशको भन्दा
कदापि स्वादिष्ट हुनै सक्दैन
तै पनि
थुप्रै
मखमलीहरू
प्रतिस्पर्धामा
झुम्मिईरहन्छन्,

तिनै
केराहरूमा
उसैको छत्रछायाँमा
निमेमेष
हुर्किएको

एक
सुन्दर मखमली
केराघारीमा उम्रेर
केराघारीमै
अस्तित्व व्यूँताउन
अस्तित्वकै खातिर
होमिएको छु
बश !
होमिएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *