अलिकति पिएर खै, जिन्दगी के सार भयो ।
अलिकति जिएर खै, जिन्दगी के पार भयो ।।
नशा भित्रै लुकाएर, जिन्दगीको अर्थ कहाँ,
बुझ्नै पर्ने अनौथोको, सिंगै उपहार भयो ।
वितृष्णा र कौतुहलता, जिन्दगीका पर्खाईहरू,
खम्बा–खम्वा बेरिएका, विजुलीको तार भयो ।
हाँसो खोज्छु जिन्दगीमा, अनि खुशी पनि,
फेरि पनि हरेक पटक, दुःख नै सवार भयो ।
विवश मात्रै रैछ जीवन, बाँच्न पनि गाह्रो कति,
आफ्नै जीवन आफैलाई, नजानिँदो भार भयो ।