Skip to content


[१]
छाडिदेऊ पृय तिमी रिसाउने बानी
अज्ञानताको बादल फाटी बनिदेऊ ज्ञानी
के नै छ र? जिन्दगीमा लुटाएर लाने
सबै आफ्नै सम्झिएर खुशी मानी मानी ।

[२]
रिस द्वैष राखी मनमा नपुर्याऊ हानी
कोही ठूला बन्न थाले तिमी बन सानी
राम्रो वचन बोलीदेऊ अनि मिठो बोली
तिमी भित्रै पाइने छ महानताको खानी ।

[३]
सुन्दर मात्रै बस्तु हेर्ने त्यो आँखाको नानी
पवित्र भै बगिरह्यौ बन्यौ पानी पानी
सँसारलाई चिनाउनु छ अघि बढी तिमी
पछि हट्ने छैनौ अब, तिमी जानी जानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *