निर्दयी
सहरमा जोडिएका घर भए भने एक घरकाले अर्को घरका धेरै कुराहरू नचाहेरै पनि थाहा पाउँछ । यस्तै थियो प्रकाशको घर पनि । उनको घर र छिमेकीको घरका बीच पाँच फुटको दूरी मात्र थियो । कतिपय उताको कुरा यताकाले सुन्दथे अनि यताकाले उताको पनि । यिनै जोडी घरमध्येको एक घर हो प्रकाशको ।
आधा दिनको बिदा परेको भए पनि अफिसबाट आज निकै गलेर आए प्रकाश । यसैले माथिल्लो तलको बरन्डामा गएर बाहिरतिर आराम कुर्सीमा बसेर आराम गर्न थाले । उनलाई भित्रबाट चिया आयो, खाजा पनि आयो ।
