Skip to content

HomSuvedi

परिणाम

उनले हुन नचाहेकाे केही पनि हाेइन डाक्टरदेखि कन्डक्टर गुरुदेखि छात्र मायालुदेखि पति सबका सब । उच्च कथाकार हुने इच्छा छ अहिले उनकाे । के कथा लेखुँ त भनेर अहिले उनी साेचिरहेका छन् ।

कविलाई प्रकाशको सल्लाह

प्रकाशककोबाट आज उनलाई अचानक फोन आयो । उनी हतार हतार खानपिन गरेर प्रकाशनगृहमा नै पुगे ।

“हजुर मलाई बोलाउनु भएको थियो अनि आएको ।” पुगेर भलाकुसारीको सुरुमा कविले भने ।

“हजुर मैले बोलाएको थिएँ । यहाँले जुन पुस्तकको हस्तलिखित प्रति प्रकाशन गर्नका लागि हाम्रो प्रकाशनलाई दिनु भा थ्यो मैले आद्योपान्त पढें । त्यहीबारे बोलाएको हो यहाँलाई ।”

स्मृतिग्रन्थ प्रकाशनको बाढी

कुरा अलिक हाँस उठ्तो हुन सक्ला । तर हाँसो उठ्तो भए पनि कुरा यथार्थै हो । त्यसै यथार्थ कुराबाट म यहाँका कुरा थाल्छु । केही वर्ष अघिको कुरा हो । मेरो चिनाजानीका मित्र जसलाई म अहिलेसम्म पनि दाजु भन्छु उहाँबाट मलाई फोन आयो । मैले उहाँको फोन उठाएँ । उताबाट कुरा आए— ‘भाइ, तपाईंले प्रधान सम्पादकका रुपमा बसिदिनुपर्ने भो, भ्याउदिनँ भन्न पाउनुहुन्न है ।”

“के छाप्न लाग्नु भो दाइ ?’

छन्दबारे केही जानकारी

क्रमागत
४. वृत्तका प्रकारहरुः
वृत्त तिन प्रकारका हुन्छन्ः समवृत्त, अद्र्धसमवृत्त र विषम वृत्त ।
१. समवृत्तः
हरेक श्लोकका चारै ओटा चरणहरु समान रुपका हुने वृत्त समवृत्त हो । यसका हरेक चरणमा समान गण, अक्षर वा मात्रा हुनुपर्छ । साथै जुन जुन गणहरुले पहिलो चरण बनेको छ तिनै तिनै गणहरुले अरु बाँकीका चरणहरु पनि बनेको हुनैपर्छ, यसो भयो भने मात्र समवृत्त हुन्छ ।
२. अद्र्धसमवृत्तः
पहिलो र तेस्रो चरण एकै गणका हुने अनि दोस्रो र चौथो चरण चाहिं अर्कै कुनै गणमा निर्मित हुुने वृत्तलाई अद्र्धसमवृत्त हुन्छ ।
३. विषमवृत्तः

छन्दशास्त्रः केही जानकारी

क्रमागत
३ पद्य गद्य वृत्त मात्राबारे खुलासाः

संस्कृत भाषामा जे जति पनि सृजना पाइन्छन् ती अधिकांश पद्यमा रचना गरिएका हुन्छन् । तुलनात्मक रुपमा संस्कृतका रचनाहरु गद्यमा कमै मात्र रचित भएका छन् । काव्य, पुराण वा अन्य सामाजिक विधिव्यवहारका ग्रन्थहरु पनि छन्दमै लेखिएका छन्, श्लोकमै लेखिएका छन् ।

२.छन्दशास्त्रका लेखनका बारेमा केही कुराहरुः

छन्दशास्त्रको सैद्धान्तिक धारणा तथा सिद्धान्तको निर्माणको कार्य पूर्वीय आचार्यहरुकै योगदानको उपज हो । यसैले यसको लेखन पनि संस्कृत भाषाका प्राचीन विद्वान्हरुबाट नै भएको छ । उनीहरुको मान्यता अनुसार लय वा छन्दको आरम्भ भाषाको अलिखित अवस्था वा आरम्भसँगै भएको हो । यसो भएपछि छन्दकोे प्राचीनता भाषाकै इतिहास जति पुरानो हुन आउँछ । हुन पनि हो, जब मान्छेलाई दुःख, पीडा, आनन्द, हर्ष, उल्लाषका क्षणहरु आउँछन् त्यो बेला नै ऊ गुनगुनाउन थाल्छ र लयहाल्न थाल्छ । अनि छन्दको रुपरेखा तयार हुन थाल्छ ।

छन्दशास्त्रः केही जानकारी

१. विषय प्रवेशः
क) लय वा छन्द
छन्दशास्त्रका बारेमा धेरैतिर धेरै विद्वान्हरुबाट सैद्धान्तिक विवेचना भएकै छ । यस अर्थमा यो मेरो प्रयास पिठोको पिँधाइ हुन सक्ला तथापि संक्षेपमा म यस दिशामा नयाँ पाठकहरुका लागि केही मात्र भए पनि जानकारी दिने पक्षमा छु ।
पहिले छन्दकै बारेमा केही केही जानकारी रहनु आवश्यक ठान्दछु ।
आधुनिक पुस्तामा भ्रमहरु धेरै छन् । संस्कृत भाषामाथि आधुनिक भनिएकाहरुबाट भएको हमला र तिनैको दुष्प्रचारका कारण आधुनिक पुस्तामा नकारात्मक सोच बने झैं छन्दका बारेमा पनि यो भ्रमको खास्टो यी आधुनिक भनिएका अल्पज्ञहरुबाट ओढाइएको कुरा स्मरणीय छ ।

मुक्तक

आखिर अरेका कुरा न हुन्
कुनै बेला लोटा लिएर सहर पसेका थिए
बारै वर्षमा बिडाला भए टाटा भए अरे ।
हाम्रो ता बार वर्ष हतियार लिएर जङ्गल पसेर पनि
बीचराहरू सारै घाटा गए अरे ।

पिताकाे अभिनन्दन

कसैकाे तुलना हुन्न अामाकाे ममतासँग
अामाकाे ममता जस्तै स्नेह हुन्छ पितासँग ।

घाेडाले बग्गी तानेझै परिवार चलाउँछन्
अाफ्ना सन्ततिका लागि अाफैलाई जलाउँछन् ।

अामाका दश धाराले हामी हुन्छौ हराभरा
पिता हुन् देवतातुल्य अामा हाम्री वसुन्धरा ।।

कसैकाे तुलना हुन्न अामाकाे ममतासँग
अामाकाे ममता जस्तै स्नेह हुन्छ पितासँग ।

अामाकाे भूमिका हुन्न भन्ने याे हैन अाशय
अामाेकाे भूमिका माथि हुँदैन केही सं‌शय ।।

तथापि किन हो धेरै पुग्दैन दृष्टि बाबुमा
व्यवस्था घरकाे धेरै उनैकाे हुन्छ काबुमा ।।

म ता भन्छु पिताज्यूको सधै‌ होस् अभिनन्दन
नभए घर भाँडिन्छ पिताकाे अनुशासन ।।

दाहाल बाबैको जडी ओखती

अघिल्लो रचनाहरूमा पनि मैले भनिसकेकै छु, मेरो बाल्यकालका खेल खेल्ने साथीहरू भनेका घोर्ली बाख्रोका पाठाहरू बाहेक कोही हुन्नथे । अरु मेरो समवयका साथीहरू ओरिपरि थिएनन् कोही सानै थिए, कोही अलि ठुला भइसकेका थिए । उनीहरूसँग खेल्न मिल्दैथ्यो ।

एक दिनको कुरा हो । घोर्ली बाख्रालाई घरमुनिको कोलडाँडामा चराउन लगेंछु कि भन्छु, अहिले खास कुराको बढै हेक्का छैन । हाम्रो बारीको पुछारमा कोलडाँडो भन्ने ठाउँमा बाख्राका पाठा सहित बाख्रो लिएर म पुगेको सम्झन्छु चउरमा । यो सायद दसदेखि बार वर्षको बेलाको कुरा हुनुपर्छ ।

आज ता मेरो एक जना दाजु अचानक दुई जना भएको कुरा पो लेख्नु पर्यो

मलाई आज कुन कुरा लेखौं भनेर गिदी भरी मथिङ्गल भरिएको छ । यो लेखौं कि त्यो लेखौं भनेर सोचिरहको छु । पुराना कुराहर तँछाड् मछाड् गर्दै आइरहेका छन् मानौं पहिले बाहिर को फुत्किले भनेर । तर म यिनलाई छाँटेर आज अर्को एक रमाइलो प्रसङ्गतिर लाग्छु । हुन ता यस मुलेका गनथन कति सुन्नु भन्ने पनि लाग्दो होला यहाँहरूलाई । तर यसमा यहाँहरू स्वतन्त्र हुनुहुन्छ मन लागे पढे भो नलाने पाना पल्टाए पनि भो । त्यति हो पढिदिनु भयो भने मैले श्रमपूर्वक यसरी लेखेको कुरा कसैले ता पढिदियो भनेर चित्त बुझाइ हुनेछ नपढे पनि चित्त दुखाइ हुनेछैन । अँ अचानक मेरा एक जना दाजु दुई जना हुनु भएको कुरा पो लेख्नु पर्यो ।

कालका मुखबाट आएका दाजुहरू

अरु केही नभए पनि मान्छेले कतिसम्म दुःख गरेका हुँदा रहेछन् भनेर बुझियोस् भनी म आफ्नै जीवनका विगत पचास वर्ष पुराना कुरा उधिनी उधिनी कोट्याएर लेखिरहेको छु । कसैलाई गनथन पनि लाग्न सक्छ । उहाँहरूसँग अग्रिम रुपमा क्षमा माग्छु ।

धेरैतिर भनिसकियो ताङ्सेको भिरको कुरा । यो भिर अहिले पनि छँदैछ तर अहिले उस बेलाको जस्तो रहेनछ । हामी यसै भिरमा बाबियो काट्न जान्थ्यौं, यसै भिरमा भोर्लाका पात टिप्न जान्थ्यौं, यसै भिरबाट भोर्लाको पाट काडेर ल्याउँथ्यौं अनि भोर्लाका टटलाको बियाँहरू पोलेर खान्थ्यौं ।

माताश्रीको ताडनाबाट बनेको मेरो भाग्गे

परिवार नै गरिब निर्धो र छोराछोरीलाई एक पेट खुवाउन नसक्ने र एक धरो लगाइदिन नसक्ने परिवारमा जन्मे हुर्केको । दुःख के हो मलाई थाहा छ । म सानैदेखि दुःख पाएको मान्छे । यसमा अब मलाई ढाँटढुँट गर्नु छैन । साथै सानैदेखि कुटाइ खाएको मान्छे । चौध वर्षदेखि भने कुटाइ खाइएन । यो पनि नढाँटीकन भन्छु । यसमा पनि ढाँट्नु छैन । पितामाताहरू स्वर्गीय भइसक्नु भो उहाँहरूको बदनाम होला भन्नु पनि छैन । उहाँहरूको चिन्ताका पछिको कारण गलत थिएन भनेर म अहिले पनि भन्छु र सधैं भन्छु ।

सुर्ती लागेकोलाई एेंसेलु

गोले कान्छाको बारीमा तोरी सारै फल्थ्यो । उनको घरमाथि र उनको बारीसिरानको भित्ता अलिक सेपिलो ठाउँ छ । त्यो आज पनि सेप सेप परेकै छ । त्यहाँ अझै पनि चैत बैशाखतिर एेंसेलु निकै पाक्छन्, झुप्पाका झुप्पा । अलिक माथि काफल पनि यसै बेलामा पाक्थे तर अब दाउरा काट्नेले काफल समाप्त पारेछन् । हामी त्यहाँ गाई… Read More »सुर्ती लागेकोलाई एेंसेलु

HomSuvedi

अपहत्ते

आज भुराभुरी र बूढाबूढीहरूबाहेक अरु सबैको हातमा छ मोबायल । कुनै बेला यो मोबायलले बोक्ने मान्छेको हैसियत देखाउँथ्यो । त्यो मान्छे कुन तह र वर्गको रहेछ भन्ने कुराको जनाउ दिन्थ्यो । तर अहिले यसबाट त्यो पुरानो अर्थ हटिसकेको छ । जसको हातमा पनि देखिन्छ मोबायल, चाहिएन अब कुनै हैसियत यसलाई हातमा लिन । पहिले चोरहरूको चोरिने वस्तुका रुपमा पनि यो थियो । अहिले ता उनीहरूलाई पनि महत्वको मूल्यवान् कुरा भएन । गाउँ, सहर, बस्ती सबैतिर यसले छाएको छ । श्रमिक, किसान, मजदुरहरूमा पनि यसको पकड छ । युवायुवतीको हातको कुरै छाडौं, उनीहरूलाई ता यसले संसार नै देखाइदिन्छ । म हजुरबा भइसकेको मान्छेको हातमा पनि यो रहन्छ सधैं । कहिलेकाहीं यसले सारै ठुलो गुन पनि गर्छ । अनि बैगुन… ?

सूत्र कथा

कन्जुसीकाे पनि हदै थियाे हरिभक्त । अावश्यक परिणाममा सिमेन्ट र रड छड प्रयोग नगरी बनाएकाे उसकाे घरको छत खसेर सुतेकै ठाउँमा ठहरै भयाे । अन्त खाेज्न जानै परेन कालिदासलाई ।

पद्याङ्कनकाे लेखकीय कथन

(पद्यबद्ध गर्नेका केही कुरा)

गद्यका केही सामग्री पद्यबद्ध गरुँ भनी
मलाई कसरी आयो थाहा छैन अँझै पनि ।
त्यसै लहडले गर्दा स्वयं यो काममा भीडें
मानौ कन्टकिलो बाटो रहेछ त्यसमा हिंडें ।

एक मुक्तक (जिन्दगी सुकिलो मुकिलो होस्)

जिन्दगी सुकिलो मुकिलो होस्
यो ता चाहना मात्नै भो
सधै‌ भयाे मेरो जिन्दगी धमिलो धमिलाे
धेरै थाेक खाएर अघाइयाे जिन्दगीमा
अब ता यो सेन्टरम पनि भएछ अमिलाे अमिलाे ।

मुक्तक

लघुकविता

कति बिताउनु यो जिन्दगीलाई
दुःख र बेथाहरुकाे काँडेघारीमा
कति तौलनु यो जिन्दगीलाई
थाम्नु नै नसक्ने पिरकाे भारीमा
बरु अाउनुहोस् एकैछिन भए पनि
यो जिन्दगीलाई बिताऊँ
रमाइलाे चियाबारीमा ।।h