Skip to content

HomSuvedi

मामीकी रानी

गर्मीको बेला दिउसो घर अघिको आँपको रुखमुनि खाना खाएर बसेका छन् लालानाथजी । दिउसोको धेरै समय यसै रुखको मुनि बस्छन् र समय बिताउँछन् । अगाडि बाटामा आवत जावत गर्नेहरूलाई कसै कसैलाई यसो हालचाल सोधपुछ गर्छन् । मन बहलाउँछन् ।आँपका रुखबाट एक दुइओटा पाकेका आँप झर्न थालेका छन् । अहिले आँपका पाकेका दुइओटा दाना हातमा लिएका छन् कुनै भुराभुरीआएछ भने दिने विचार गरेर बसेका छन् । विद्यालय छुट्टीको बेला ता होइन तैपनि एक बालिका सडकबाट आइरहेको उनका आँखामा परी र उनले- “आँप खाने हो बेटा ?” भन्दै बोलाए, बालिका आई उनका अघिल्तिर ।

आमाको खुसी

कक्षामा सधैं पहिलो हुने छोराको मार्कसिट हेर्नासाथ आज गीतालाई सारै रिस उठेर आयो । छोराको मार्कसिटलाई लिएर उनी गनगनाउन थालिन्, ‘यसलाई यो बनाउँला र त्यो बनाउँला भन्ने मेरो मनमा कति कति इच्छा थिए, यसले मेरा सारा इच्छालाई पानीमा पार्ने भयो । यसको के होला गति हे दैव ! के गरेर यसले जिन्दगी बिताउला ? यसले कसरी गरी खाला ? कसरी जीवन निर्बाह गर्ला ? ‘

एउटा तुलनाः थुप्रेको र मेरो जिन्दगीका माझ

कुरा थाल्नु अघि अलिकति परिचयको खाँचो पर्न सक्छ । म भनेको एक सादा जीवन बाँचेको मान्छे हुँ । नेपालीको औसतमा पढेलेखेको र सरकारी सेवाको प्रथमश्रेणी सरहको सेवामा जीवनका साठी वर्ष बिताउन लाग्दै गरेको व्यक्ति हुँ । अब केही वर्ष मात्र छ अवकास पाउन । यी मेरो जिन्दगीका साठी वर्ष कुनै नकाम गरेर बितेनन् । सादा दिनचर्या, कर्मप्रति एकनिष्ठा, जागिरप्रति वफादारी, परिवारप्र्रति जिम्मेवारी, छोराछोरीको पढाइ लेखाइमा सजगता, भ्रष्टाचारको नामै नलिने लगभग निस्कलङ्क । मेरो जिन्दगी यस्तै छ । यी मेरा कुरामा कसैलाई पत्यार नलागे मेरो घर हेरे भइहाल्छ । मेरो लवाइ, खवाइ हेरे पनि भइहाल्छ ।

नेता किशोर (बालक) सम्वाद

नेता : ए, लखनवा कति पथ्थर मारिस् रे ?
बालक : सय मारिहालें मालिक ।
नेता : सिसाविसा भी तोडिहालिस् कि ? आर भन् त । पथ्थर गाडीमै लाग्यो कि लागेन रे ?
बालक : गाडीमै लाग्यो । सिसा भी तोडे मालिक ।
नेता : सबै गाडीमा मारिस् कि ?
बालक : एउटा गाडीमा ता हामरै बिरादरको मान्छी थियो । तेसमा मारिन मालिक ।
नेता : बुद्धिमान छ मेरो लखनवा सानै उमेरमा पनि यति जान्नी भइसक्यो बादमा नेता नै भइलिन्छ।
बालक : अब रातमा पनि चल्ती गाडीमा पथ्थर मारुँ कि मालिक ? नदीसे पथ्थर जमा करेछु न ।
नेता : रातिमे भी किन मार्छस् रे ?
बालक : माईको दबाइ र बापुजीको दारुको लागि पैसा चाहियो नि मालिक ।

ज्यालादारी

साधारण गाउँले अपठित किसानहरू अँझै पनि उनलाई बिरस्पति पन्चपर्धान भन्छन् तर उनको नाम बृहस्पति हो । पन्चपर्धानबाट बुझिन्छ उनी ऊ बेलाका प्रधान पञ्च थिए । पञ्चायतको पछिल्लो चरणमा उनी आफ्नो गापंमा निरन्तर पन्ध्रवर्ष प्रधानपन्च भएपछि उनी राजनीति फेरियो अनि उनी पनि फेरिएर अध्यक्ष भए गाविसका । देशको स्थानीय तहको चुनाब हुन छाडेपछि उनी गल्ला व्यापारमा लागेका थिए । पाँचै वर्षमा गल्लाव्यापार फस्टाएर उनी साहू बृहस्पति माजनका रुपमा रुपान्तरित भएका हुन् । हुनेको दैव पनि दाहिनो भनेझैं उनको व्यवसाय यति धेरै फैलियो कि केही कामदारहरूलाई रोजगारी नै दिएर राखे उनले । अब बूढो हुँदै गएपछि कति एक्लो दुःख गर्ने भनेर त्यो व्यवसाय छोरालाई जिम्मा लगाई उनले अर्को लाइन समात्ने विचार गरे ।

चिठी (लघुकथा)

खरेल आमैका दुई जना छोरामध्ये ठुलो नारायण अमेरिका र सानो रोसन क्यानाडामा छन् । पिताको निधन भइसकेको छ । यता आमै मात्र नेपालकाे घरका छिन् । अहिले उनी अलिक बिरामी छिन् । उनको रेखदेखका लागि छिमेकीमा भाडा गरेर बस्न आएको परिवारबाट ठुलो सहयोग छ । यस परिवारबाट सरसहयोग नभएको भए उनी अहिले तंग्रिने पनि थिइन् कि थिइनन् । अघि पछि जस्तो भएन यस पालि । नौनाडी नै गलेर आए । यस पालि उनलाई तातो पानी तताएर खान पनि मुस्किल परिरहेको छ ।

बचत

“रिक्सावाल भाइ, खाली हो ?” सोधिन् सुभद्राले ।

“खाली नै हो हजुर” रिक्सावालले उत्तर दियो ।

“जानकी मन्दिरसम्म जानु छ । त्यहाँसम्मको कति लिन्छौ ?”

छुट्कारा

छोराछोरी नभएकाेमा सारै रडाकाे थियाे । अर्की बिहे गर्ने मन थियाे पतिकाे । पत्नी सरल प्रकृतिकी थिइन् । रडाकाे नभए हुने थियाे भन्ने मन थियाे उनकाे । यही विषयकाे सधै‌काे रडाकाेबाट मुक्तिका लागि अब उनीहरूले अदालतकै बाटाे लिएका थिए । अदालमा उनीहरूका मुद्दाकाे फैसला हुने दिन थियाे । अदालतबाट अब सम्बन्ध विच्छेदकाे काम पुरा भइसक्याे ।

पति र पत्नीका रुपमा गगन र गाैराकाे अब नाता रहेन । उनीहरू अब बेग्लाबेग्लै हुने भए । अलग हुनुकाे कारण अरु केही नभई छोराछाेरी नभएकाेले नै थियाे भन्ने कुरा सबैले बुझेकै थिए । अलग हुने प्रकृयामा बेग्लै कारण देखाइएकाे थियाे ।

सर्वत दान

धार्मिक स्वभाव भएको परिवार थियो श्रेष्ठज्यूको । चाडपर्वहरुमा पूजापाठ दान दक्षिणा भोजन आदि गराउने चलन थियो उनको । उनी भन्दा पनि उनका श्रीमती धर्मकर्ममा सारै एकाग्र भएर लागेकी हुन्थिन् । अक्षय तृतीयाको पर्वमा मन्दिरनेरका विद्यालयका आवासीय वटुकहरुलाई सातु सर्वत खुवाउने उनको विचार भयो । उनी धन र मनमा पनि उदार थिइन् । सर्वत मात्र होइन छाता र जुता पनि दान गर्ने उनको सोच भयो । यसैले सर्वत सातु खुवाउने र छाता जुत्ताहरु दान दिने बन्दोवस्तका साथ दिउसो घाम लागेको र तिर्खाएको मौका पारेर विद्यालयतिर गइन् ।

शुकबारे भिखारी

दैनिक रुपमा माग्न आउनेहरुलाई शनिवार माग्न आउन नपाउने गरी टोलमा पालो बाँधिएको थियो । ‘तिम्रो पालो आइतबार, तिम्रो सोमबार, तिम्रो मांगलबार, तिम्रो बुध, तिम्रो बिही तिम्रो शुकवार । अरु बारका दिन अर्को टोलमा जाऊ’ आदि आदि । यसो गर्दा अलिक हलुको भएको थियो टोललाई ।

सफाइ अभियान

आज सहर, टोल, नाली, घर करेसाहरु र भवनका कुनाकाप्चा आदिलाई सफाइ राख्नु पर्ने बारे बडो गम्भीर सभा भयो । सहरको मध्यभागमा रहेको सभाभवनमा सभा भएको थियो । सामाजिकको स्वास्थ्यप्रतिको चासोको कुरामा याे बहस भइरहेको थियो अनि किन सभा गम्भीर नहोस् त । बर्खाको बेला विभिन्न सरुवा रोगहरु सर्न सक्ने भएकोले सहरमा र गाउामा पनि जनचेतनाको वृद्धिका लागि सभा गरिएको थियो, भवन खचाखच थियो । समाजका ख्यातनामा नरनारीहरु, राजनीतिक हस्तीहरु र बुद्धिजीवीहरु, पत्रकार, शिक्षक कर्मचारी, प्राध्यापक आदिको ठुलो जमघट थियो ।

छोरी सतर्क हुनु

घरमा भात खाएर यसाे पत्रिका पढ्दै बसिरहेकाे बेला एकासी नरनाथजीलाइ रिँगटा लाग्यो । पेट सहनै नसक्ने गरी दुख्याे । साधारण बिराम हाेला भने पहिले ता यसैले उनले सहेरै बसे ताताे पानी खाए। भुँडि सेके । उनले उति सिकिस्त भएकाे जस्तो नै गरेनन् तर अलिक बढी समस्या देखिएपछि भएकी एउटै छोरीलाइ खबर गरियाे । छोरी धाइफल तोडेेर अाइपुगीन् र बुबालाइ अस्पतालतिर लिएर हि‌डिन् ।

आफ्नै पसिनाको निमक

विराटनगरको मध्ये गर्मीमा मध्ये दिनमा मैले बसबाट ओर्लनासाथ यसो बजारतिर हेरें । पर परतिर एकदुई मान्छेहरू मात्र यसो छाता ओढेर हिंडेका देखिन्थे । बजार सुनसान थियो । पानपसलहरू पनि बन्द थिए । एक दुई ओटा रिक्सावालाहरू पर पर रुखका फेदमा रिक्सा अड्याएर छायामा शीतल तापेर बसेका जस्ता देखिन्थे ।

” मधुमारा जानु छ । जाने हो ?” सोधें एक रिक्सालाई ।

मातृचिन्ता

उसका पिताको ता निकै अघि निधन भइसकेको थियो माताजी मात्र हुनुहुन्थ्यो त्यो पनि लगभग अपाहिज जस्तो । यसैले उसलाई माताजीको सेवा सुश्रूषामा निकै समस्या हुने गरेको थियो । ख्वाइप्याइ, सरसफाइ, दिसापिसाप आदि गराउनु पथ्र्याे । यसैले उसको परिवारमा आमा निकै तनाव दिने विषय बन्नु भएको थियो । निकै पटक वृद्धाश्रममा लाने योजना पनि नगरेको होइन तर किन हो उसले यसो गरिरहेको थिएन । आमाको रेखदेख गर्नका लगि उसकी श्रीमती ता थिइन् तर तिनको सानो काखे नानी थियो यसैले उनले आमाको सेवामा समय दिन धेरै पाउन्नथिन् ।

मुक्तककाे छोटो परिचय

कविताका धेरै रुपहरुमा मुक्तक पनि एक हाे । मुक्तक शब्दको अर्थ ‘आफै‌मा पूर्ण‘ अर्थात् ‘अन्य कुराहरुबाट निरपेक्ष रहेकाे भन्ने अर्थ हुन सक्छ । अत: मुक्तक कविता विधाको त्यो रुप हाे जसकाे कसैसँग पूर्वापर सम्बन्ध हुँदैन । प्रत्येक मुक्तकले आफै‌मा स्वतन्त्र र पूर्ण अर्थ दिन्छ ।संस्कृत काव्यका परम्परामा मुक्तक शब्द सर्वप्रथम नवौ‌ शताब्दीका आनंदवर्धनले उपयाेग गरेकाे पाइन्छ । यस अघि यसबारे कसैले थाहा पाएका थिएनन् भन्ने अाशय याे नभए पनि उनी भन्दा अघिका अरु अाचार्यहरले यसकाे प्रयाेग गरेकाे भेटिदैन । तर ‘अग्निपुराण‘मा भने यसकाे प्रयाेग भएकाे छ ।

कविताः सृजन र स्वरूप

साहित्यको सम्पूर्णता र त्यसको स्वरूप मान्छेको भावनात्मकता वा रागात्मकताका साथ गाँसिने विषय हो । भावनासँग लयात्मकता र सांगीतिकताको पनि साइनो छ । यसैले मान्छेमा हुने रागात्मकता नै साहित्यको आधारभूमि हो । अरु कलाझै साहित्य पनि मान्छेको भाषिक सिपको एक कला नै हो । कला शब्दले यही रागात्मक अनुभूतिहरूको समग्रतालाई जनाउने गर्दछ । कलाको बोधका दृष्टिले यसलाई परम्पारगत रूपमा वृक्षारेख तयार गर्ने गरेको पाइन्छ । तर यहाँ कविताकै सन्दर्भमा मात्र विशेष चर्चा गरिने हुँदा कलाको फाँटतिर लाग्नु आवश्यक छैन ।

पाहुनामहात्म्य

पाहुनाको पिरोलोले पिरोलिएकी मेरी श्रीमतीले एक दिन प्रस्ताव राखी–‘डेरा सरूँ अर्को कुनै टोलतिर ।’

हुन पनि उसको इच्छा सारै मनासिब थियो । लगातार पाहुनाको धुइरोले गर्दा उसको मगज चढेको थियो । उसलाई थामथुम पार्न सक्ने मेरो हबिगत सकिएको थियो । मलाई पनि पाहुनाको समस्याले उभिन्ड्याइसकेको थियो । तर म भने कसै गरी थामिरहेको थिएँ । कुनै दिन पनि पाहुनाले एक्लै रहनै दिएका थिएनन् । कोही म्यानपावरका लागि अन्तर्वार्तामा आएका, कोही छोराछोरीको बिहेका सामान किन्न आएका, कोही औषधी उपचार गर्न आएका, कोही भिसा र पासपोर्ट बनाउन आएको त कोही केटी हेर्न आएका कोही प्रेमको फर्माइसका लागि । साँझ पर्नै पाउँदैन एक न एक जनाको आगमन भइहाल्छ ।

कवितारामका दुई कथासंग्रह एक पर्यावलोकन

समीक्षणकर्मका लागि मेराअघि २०३६ र २०३८ सालमा प्रकाशनमा आएका दुई वटा कथाका पुस्तक रहेका छन् । पहिलो संग्रह चाहिं सारसंग्रह प्रकाशन काठमाडौंबाट छापिएको हो । अर्को कथासंग्रहको प्रकाशन भने साझा प्रकाशनबाट भएको छ । पहिलो कथाको पुस्तकको नाम ‘कालो कथा’ हो र दोस्रोको नाम चाहिं ‘प्रलाप’ हो ।

दुवै कृतिहरू कथाका संग्रह नै हुन् र दुवै संग्रहका कथाकार पनि एक हुन् अर्थात् कविताराम श्रेष्ठ हुन् । दुवै पुस्तक क्राउन साइजमा छापिएका छन् । दुवैका बाहिरी कभर पृष्ठ आकर्षक, अर्थपूर्ण र कलात्मक रहेका छन् ।

बेला बितिसकेछ

आफ्नो घरमा बडाे मजाले बसेका पालिएका एक जाेडी कुकुर बेलाबेला भुक्थे र घरकाे सुरक्षा गर्थे । आफ्ना घरकाे राम्रो सुरक्षा गरिरहेकाेमा तिनकाे मालिक पनि खुसी थियाे । बेला बेला खान मिल्थ्याे । घर मालिकबाट उनीहरुले राम्रो माया पाएका थिए।
समयक्रममा तिनीहरुकाे एक छाउराे जन्म्याे । छाउरो पनि राम्रो गरी हुर्कन थाल्यो । एक दिन उसले बाहिर सडकमा हल्लीखल्ली गर्ने भु्सियाहरु देखेर अामालाइ अाफु पनि बाहिर जान पाए हुने कुरा गर्याे ।

पचासौं वर्ष पूरा भो

उहिल्यैदेखि मेचीले अज्ञानको अँध्यारो फाल्दैछ
मेचीका छाल छालमा सिर्जना नौलो ल्याएर
यहाँका मुटुमुटूमा शिक्षाको ज्योति बाल्दै छ,
ज्ञानको ज्योति बाल्दैछ
आहा यही हो मेची क्याम्पस, लालाला यो हाम्रो मेची क्याम्पस ।