जवाफ चित्रबाट पाएँ मैले भैगो
भेटे भेट आज देखे मात्र भैगो ।
रजत वर्ष बिते स्वर्ण वर्ष आउन
आज तिम्लाई देखेँ वर्षौं तृप्त भैगो ।
समयमा तिम्रो निर्णय नहुँदामा
केही कोशको दुरी आज टाढा भैगो ।
पर्खि नबसे चौराहामा मेरै राह हेरी
फर्कि आउनलाई सिमा नाग्ने भैगो ।
तरेली वगानक करूण चित्र हेरेँ
वगेनी बनेर चिया टिपे भैगो ।
मायाँ टिप्ने भए अर्को जुनी कुर्नु
यो जुनीमा तिम्ले मित्र ठाने भैगो ।
जवाफ चित्रबाट………..
