Skip to content

म जग्गा ब्यापारी

जिरोदेखि सुरु गरी करोड पति भएँ आज ।
अरुका देखि आफ्नै सम्म जग्गा बेचि आएँ आज ।।
देशका सबै बैंकहरु मुट्ठी भरी थिएमेरा ।
साथी भाई इष्ट मित्र सबै खुसी थिएमेरा ।।
जिरो देखि सुरु गरी करोड पति भएँ आज ।
अरुका देखि आफ्नै सम्म जग्गा बेचि आएँ आज ।।

दोहरी देखी डिस्कोथेक सबै राम्रा लाग्थ्यो मलाई ।
सुरा देखि सुन्दरीले निम्तो दिन्थे सँधै मलाई ।।
जिरो देखि सुरु गरी करोड पति भएँ आज ।
अरुका देखि आफ्नै सम्म जग्गा बेचि आएँ आज ।।

खान पान इज्जत मेरा सबै भन्दा उँचा थिए ।
बोली मेरो सँधै बिक्नो गोजी भरी पैसा थिए ।।
जिरो देखि सुरु गरी करोड पति भएँ आज ।
अरुका देखि आफ्नै सम्म जग्गा बेचि आएँ आज ।।

फागुनमा बेचि जग्गा चैत भरि डिस्को जाने ।
बेचि बेचि धनि भएँ आज बेच्न कता जाने ।।
जिरो देखि सुरु गरी करोड पति भएँ आज ।
अरुका देखि आफ्नै सम्म जग्गा बेचि आएँ आज ।।

किस्ता तिर्न पजेरोको जग्गा बेचि लगि दिन्थेँ ।
साँझ पख तारे होटल मेरालागि खुल्ला हुन्थे ।।
जिरो देखि सुरु गरी करोड पति भएँ आज ।
अरुका देखि आफ्नै सम्म जग्गा बेचि आएँ आज ।।

बानि मेरो सँधै त्यहि खर्च मेरो उस्तै रह्यो ।
अरुको बेचे भन्दा खेरी आफ्नो घरबारी गयो ।।

साथि मेरा टेढा भए टेढा भए बैंक मेरा ।
बाटो मेरो फेरिएछ फेरिएछ जेथा मेरा ।।
सम्झी रन्थें मधुमाष सँधै हुन्छ हरीभरी ।
जिरो देखि अद्योपान्त करोड पति हुँदा घरि ।।

तर झूठो भयो आज ग्रह मेरा बिग्रे पछि ।
इज्जत साथि सबै गए बैंक बैरि भएपछि ।।
जिरो देखि सुरु गरी करोड पति भएँ आज ।
अरुका देखि आफ्नै सम्म जग्गा बेचि आएँ आज ।।

First published in Majheri at : 2014-06-09 13:25:30 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *