Skip to content

साखिनीले आजभोलि फूल पारेन हजुर


साखिनीले आजभोलि फूल पारेन हजुर
बिकासेको भर छैन स्यूर होकी गजुर ।

सिर्जनाका पखाईमा दिन ढल्न थाल्यो
कुना काप्चा कतै छ कि यता फाल्नु पर्यो ।
गद्य भन्दा तपाईंको हात पद्यमा छ चतुर
साखिनीले आजभोलि फूल पारेन हजुर

बोली मिठो कोहेली जस्तो गीत गाउने हो कि
गीत मिठो पृत मिठो रनवनको भोगी ।
मनका सगर भरी यहाँ नाच्छ भाले मजुर
साखिनीले आजभोलि फूल पारेन हजुर ।

आगिनचोकको बाटो बिर्सि धादिङ्ग वजार तिरै
नौबिसेको कान्छी होटल अति मिठो खिरै ।
फर्कि आउँछु पर्खि वस मायाँ गर्छु जरुर
साखिनीले आजभोलि फूल पारेन हजुर ।

टाढा भयो दुरी आज गाउँमा को को छ
दाउरा घाँस पानी पैनी आँखा भरी घुम्छ ।
कति ठूली भाकी तिमी केको हो यो गुरुर
साखिनीले आजभोलि फूल पारेन हजुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *