लुकाएर दुःख, खुसी पल रोझ्यौ
झुकेका नयनमा, अश्रु ताल ठोक्यौ
भावनाका घैला, छताछुल्ल पारी
भयौ वाल्ल टुल्ल, प्रीति छाल पोख्यौ
कोमल मनमा, भ्रमर उढाई
कठोर भावले, मनमात रोक्यौ
पिया मिलनमा, द्रवित नयन र
पुलकित् मुहारमा, प्रीत छाप ठोक्यौ
बिनित पुकारा, हृदयमा राखि
गन्तव्य नाप्यौ, र त मन चुढायौ
