Skip to content
20190606_231130

सत्यकथा:- म हराए को रात
आखिर बाध्यता र परिस्थिति सबैको माझ आउने नै गर्दछ , त्यसको सामना र समाधान के कसरी गर्ने भन्ने कुरा आफु आफैमा निर्भर गरेको हुन्छ , जीवनका आरोह अबरोह संग जुझ्न र आफ्नो दाइत्वा निर्वाह गर्न मानबीय चोला माँ कहिले पछि पर्नु हुन्न भन्ने मान्यता का साथ बा -आमा को एक्लो छोरा , दुबै बहिनी को कांछो भाई म एक बहादुर थापा , सुनसरी वार्ड -5 , बाल्यकालको रमणीय बातावरण जो कोई ले नितान्त कहा भुल्न सक्छ र त्यों स्वर्णिम पलको सुरिलो अभास सबैको मन मस्तिस्क माँ गुन्जायमान भएकै हुन्छ /समय को गति सँगै मेरो नी परिवार प्रतिको जिम्मेवारी बढ्दै गयो , बीस बशान्त पार गर्दै मेरो जीवनमा मर्दा प्रदा साथ सहयोग गर्ने जीवन संगिनी बिरुभा थापा पाउदा ,यो संसार मा हामी दुइ बाहेक कोई छैन जस्तो लाग्थ्यो / समयको गति सँगै छोरा र छोरी को बा – आमा भएको पत्तै पाईंएन / घर परिवार को खर्चा धान्न बा आमाको को किसानी बाट सम्भव थिएन त्यसै अनुकूल सबैको सहमति अनुसार बिक्रम संबत 2074 मा दुःख कस्ट गरेर आफनो परिवार को आर्थिक भार काम गैर्न खाड़ी मुलुक साउदीमा नाम चलेकै कम्पनीमा काम गैर्न पुगे / दिनहरू हासी खुसी नै बीती रहेका थीए तर अचानक त्यों दिन आयो ………
एकांत थियो सुमसान थियो , आकाश का तारा चम्किदै आफ्नै तालमा घुमिरहेका थिए जेठको उराठ लाग्दो गर्मी र रातकों चीसो हवा लोभ्याउने खालें थियों / तर जीवनको अंतिम क्षण माँ म एक्लै छटपटिएको थिए / न मेरो सोध पूछ गर्ने मान्छे थियो , यो बिदेश को झीलमिल्ल ठाउमा भए नी म चिसो हीउ को रातो बाकस भित्र प्रबेश गरी सकेको रहेछु / आज यो भित्र शान्त छ शैलीन मुद्रामा बिना आवाज मेरो पाशबिक शारीर मात्र पल्टी रहेको छ/ मेरो सपना बंद बाकाश भित्र को ओछान बनेको छ/ इस्ट मित्र परिवार साथी म बाट टाढा भई सकेका छन , मात्रा उनको कारूणिक रोदन चारै तीर गुन्जी रहेको छ /
सानो जागीर ठूलो सपना बोकेर एस्बी सम्बत 2016 माँ साउदी देशको जेडहा शहर पांडा कम्पनी माँ बागर को रुपमा कार्यरत थिए , जिउन ट्यून समय बित्दै गयो , परिवार माँ खुसी धेरै सम्म ल्याउन सफल न भए नई दिनचर्या बित्दै थियो / एउटा छोरा र एउटी छोरी को बाबु भएर गर्भ गर्दै खुसी दिन बित्दै थिए / मुस्लिम को महान चाड रमजान चली रहेको थियो / म एक बहादुर थापा कंपनी को बफादारी भएर काम गर्ने मान्छे / आसाका किरण बिलाऊँ समय नै लागें न / त्यों रात मेरो लागि एउटा ठूलो अभिशाप भएर आयो / कामको शिलशिलामा बाटो काट्दै गंतब्य तीर जादै थिए / अचानक गाडीको टक्कर ले पर पछारीन पुगे र मेरो जीवनको अंतिम यात्रा समाप्त भयो /म आज रातो बाकस को चिसो हिउँमा सदाको लागि पल्टी रहेको छू /
आज म संग कोई छैन / सबैले खोज्छन होला , उदाएको चन्द्र सँगै म बिलाइ , म हराए , उसले खोज्छिन होली , बलिंद्र आसुका धारा बगाउछिन होली / तर प्रिये न रिसाउनु , मैले सके जति गरेको तर नी तिम्रा चाहेका सपना साकार गैर्न त सकेंन होला / साहस बटुल्नु , नानीहरुका आँखामा आसु आऊंन न दिनु / हेरन प्रिये समय गति कस्तो छिटो चल्दो रैछ / रातिको ड्यूटी सक्काएर तिमीलाई पैसा पठाउने वाला नै थिए तर समय संग मैले पाइला चाल्न सकेन छू / अबरोह र आरोह संग जूझ्दै तिम्रो पच्चयोरि सम्हाल सकेंन / दोबाटोमा छोड्यो न भन्नु /मानव जन्म भई सकेसी मृत्यु अबस्य हो / तर बचुन्जेल कर्तब्य बाट कहिले पछि नहट्नु यही नै मानबीय धर्म हो /
हिजो बिहान सबै साथी मलाई भेटंन आका थे , म सुतेको अस्पताल को चिसो ठाउमा ,म सबैको प्रिय भएर होला सबैका आँखामा आसु देखे , बिचारा साथी हरु मेरो फुटेको टाउको , भाँचिएका खुट्टा हेर्दै थीए / कसैलाई था छैन थयो रातको घटना , सि सी क्यामराले नी क्यापचर गैर्न भ्याइन छ/ किनकी बिहानको 4 बजे पार्किन को लाइट ऑटो बन्द भई सकेको थियो / सबै साथीहरु गह भरी आँसू लिदै फर्किए किनकी बिदेश को ठाउ ड्यूटी जानू छ/ ठुला सपना सबैका पूरा गर्नु पर्ने छन /
प्रेये धेरै आँसू न बगाउनु ,हो मुस्लिम समुदाय को महान चाड रमजान दुई तीन दिन भित्र सकिदै छ , मेरो लासको को नी अझै प्रतीक्षा गर्नु पर्ने छ किनकी सरकारी कार्य ईद को बिदामा गरिदैन , अबको एक महीना यो बंद बाकाश भित्र आनन्द को बिशौनि गर्दै छू , तिमीलाई था नै छ म जहिले नि खुसी र मन्द मुस्कान मा हुन्छु / सबै घर परिवार सम्हालने र सम्झाउने काम तिम्रै काँधमा छ / तिमि साहसी योद्दा हो मैले तिम्लाई सम्झाउने कुटिस्ना गर्दिन /
अन्तमा क्षमा माग्दै प्रिये तिमिबाट सधै को लागि बिदा माग्दै उही प्यारो मंद मुस्कान ????
एक बहादुर थापा
लेखक
( नन्द राज जोशी )

Leave a Reply

Your email address will not be published. Required fields are marked *