Skip to content

पुर्बि नेपालको लिम्बुवान पान्थर जिल्ला अन्तर्गत ४१ गा बि स हरु मध्ये उत्तर पुर्बमा पर्ने एउटा मनोरम् गा बि स को नाम ओयाम । ओयाम गा बि स को पुरानो नाम अन्येमबाट अप्रभङ्स भै पछी ओयाम् हुन गएको भन्ने त्यहाका बुडा पाका र इतिहास् बिधहरु बताउंछन् । लिम्बु भाषामा अन् भनेको घोडा र येम भनेको उभ्याउनु भन्ने अर्थ लाग्छ । त्यहा पहिला पहिला आपुंगि राजा सुब्बाहरुले बिभिन्न थुम र यकहरुबाट घोडामा सवार् भै भिबिन्न सभा सम्मेलन् बैठक् गरि सङ्युक्त रुपमा भोजभतेर खाने गर्दथे । उसबेला ती आपुंगि राजा सुब्बाहरुले आफु त्यहा बसुनेजेल् घोडाहरुलाइ एउटा सम्म मैदानमा बाधि राख्थे त्यहि घोडा बाधेर राख्ने ठाउ अर्थात् घोडा उभ्याउने ठाउलाइ अन्येम् भनियो । अन्येम् बस्ति बस्न लायक् जग्गा भएकोले यस ठाउमा पछि गएर मान्छेको बस्ति बस्यो । पारिवारिको मान्छेहरुले त्यो ठाउमा बस्ने बासिन्दाहरुलाइ अयेम् केयुङ्बासि अर्थात् अन्येम् बसिन्दाहरु अन्येमेहरु भन्न थालेछन् त्यहि अन्येमेहरुको बस्तिलाइ अन्येम् गाउ नाम दियियो कालान्तरमा अन्येम् अयेम् हुदै ओयाम् हुन गयो भन्ने बताउंछन् यहाका जिबित् साक्षी बुडापाका ।
ओयाम पुर्बमा च्याङ्थापु र फलैचा गा बि स पस्चिममा थर्पु गा बि स दक्षीणमा एकतिन् गा बि स र फलैचा गा बि स सातथुम्केको मनोरम् डाडा ओयामको शीर् सम्म पर्दछ् भने उत्तरमा ताप्लेजुङ् पान्थरको सिमानामा ओयामको पाउजु भएर बग्ने ईङ्वा खोला सम्म जोडिएको छ ।ओयाम गा बि स भित्र ९ वटा वडाहरु बिभाजित छन् । यी वडाहरुको आ आफ्नै किसिमको बिशेसता छन् ।

वडा न १, चोत्रोक्-फाक्लुङ्:- चोत्रोक्-फाक्लुङ् राइ जातिहरुको बहुल्याता रहेको वडामा पर्दछ । राइ बान्तवा चाम्लिङ् खालिङ् रुम्दालि आदिको बहुल्य बसोबास रहेको यो वडामा राइ जातिको सस्कार् सस्क्रितिहरु देख्न पाइन्छ । राइ जातिको अलावा यो वडामा लिम्बु बेघा , बानिया, रिजाल्, दमाइ कामि जातिहरुको पनि बसोबास रहेको छ । यो वडामा पुरानो श्री चोत्रोक् नि म बि सन्चालनमा छ । यस बिध्द्यालयका पुरानो शिक्षकहरु स्व ललितबहादुर् सेलिङ्, स्व जोगप्रसाद् सेलिङ्, देवकुमारि सेलिङ्, मिना राइ, ताराकुमारि राइ, पिदेन्द्र लक्सम्,टिका कार्कि लगायतलाइ सम्झनु पर्दछ भने हाल प्र अ खड्ग राइ सहितको शिक्षकहरुले अध्यापन् गर्दै आईरहेका छन् । यो वडा फलैचा र च्यङ्थापुको सिमाना फलाम् खोलामा जोडिएको छ । हाल मध्य पहाडि लोक् मार्ग यो वडाको बिच भाग भएर च्यङ्थापु बजार हुदै भारतको सिमाना चिया भन्ज्याङको मनोरम् डाडा सम्म जान्छ ।

वडा न २, साम्माङ्खु:- साम्माङ्खु यस अर्थमा अर्को एउटा एतिहासिक् वडा हो कि यो लिम्बु सेलिङ् जातिको उत्पति थलो हो भनेर चिनिन्छन् । यहा ९९ प्रतिशत सेलिङ् लिम्बु जतिहरुको बसोबास छ । अर्को एतिहासिकता यो वडामा पहिला आगे सुब्बा स्व नरबहदुर् सेलिङको ठुलो नामसुबाश् थियो । आगे सुब्बा नरबहदुर् सेलिङको पुरै याङ्वरक् थुममा ठुलो मान प्रतिस्ठा थियो । उहालाइ तात्कालिक शाशकहरुले ठेङ्रुमुङ्रोको जिम्मा दिएका थिए भनौ उहाको साशन् चल्थ्यो त्यहा । अहिले पनि साम्माङ्खुको सेलिङ् भनेर परिचय दिदा पहिला नरबहदुर् सुब्बाको के पर्छौ भनेर छिमेकि गाउ र जिल्लाहरुमा सोध्ने गर्दछन् ।तेश्रो एतिहासिकता साम्माङ्खुको फेदिमा याङ्वारक् सेरोफेरोकै नामुद् गुप्तेस्वर् महादेबस्थान् यसै वडामा स्रिस्टिकाल देखिन् प्रसिध्द छ । यहा पहिला पहिला सिक्किम् दार्जिलिङ् मिरिक् भोजपुर् धन्कुटा इलाम आदि ठाउहरुबाट बालाचतुर्दसिमा तिर्थ आउने गर्दथे, यसको परिसरमा ठुलो बालाचतुर्दसि मेला लाग्दथ्यो अहिले पनि लाग्छ। । लिम्बु सस्कार स सस्क्रितिले सु सजित सम्माङ्खुमा सेलिङ् जतिको अलावा राइ दुमि, बान्तवा, नेपाल्, आधिकारि, भत्तराइ, बानिया र कामिहरुको समेत बसोबबास् छ । साम्माङ्खुमा ०४६ पछि स्थपना भनेको एउटा श्री इन्द्रावति प्रा बि नामको बिध्द्यालय छ । यस बिध्द्यलयका सङ्थापक् देबकुमारि सेलिङ् एक् सम्मनित अवकास् प्राप्त शिक्षिका हुनुहुन्छ । तल ईङ्वा खोला (इन्द्रावति) बाट माथि भैसे पोखरि सम्म उकालो उभिएको साम्म्मङ्खुको माझबाट मध्य पहाडि लोक् मार्ग तेर्शो कुदेकोले गाउको बिचमा सेलिङ् चौक नामको सानो स्थनिय बजार स्थापित् भएको छ । यो गाउमा नामुद सुब्बाहरु स्व चन्द्रहाङ् सेलिङ्, स्व रनबहदुर् सेलिङ्, स्व बिरबहदुर सेलिङ्, प्रसिद्द लेखनदास स्व कालिबहदुर् सेलिङ्लाइ सम्झ्नु पर्दछ भने ओयामका चौथो प्रधानपन्च स्व मनबहदुर् सेलिङ् (साहिला सुब्बा) र पन्चायतका अन्तिम् प्रधानपन्च स्व धनबहदुर् सेलिङ् (आगे सुब्बा) उहाहरु अबिस्मरणिय हुनुहुन्छ ।

वडा न ३, सुब्बाटार, गुरुङ् गाउ, ढुङ्गे:- ओयाम वडा न ३ को भिन्नै बिसेशता छ । सुब्बाटार मान्द्रेलि देखि उभो लागेको गुरुङ् गाउ मास्तिरको मनोमोहक् सुन्दर् तारेभिर् खालाक्लेको जङ्गल पर ढुङ्गे डाडाको एकलौटि राइगाउ सम्म फैलिएको छ । ओयामको एक् मात्र श्री गुप्तेस्वर् उच्च माध्यमिक् बिध्द्यालय यसै वडामा छ । यस बिद्द्यालयका पुराना शिक्षकहरु पुस्प प्रकाश पाउडेल्, लक्षमी खनाल्, स्व देबि श्रेस्ठ, काशिनाथ उप्रेति, हरिचन्द्र लावति, कमल नेउपाने ,भिम कुमार् सेलिङ्, देबकुमारि सेलिङ् , स्व नरबहदुर् राइ, सुर्य ढुङ्गाना लगायत सबैको योगदानलाइ ओयामले सम्झनु पर्दछ । बिद्यालयका सङ्थापकहरु मध्ये स्व दुर्गाप्रसाद खरेलको पुख्याउलि घर यसै वडा थियो ओयामका प्रथम् प्रधानपन्च समेत् उहा पछि ओयामबाट बिर्तामोड बसाइ सर्नु भयो । अहिले उहाका शाखा सन्तान् बिर्तामोडमा छन् । उहाको ओयाम प्रति ठुलो योगदान् छ । ओयामले उहालाइ सम्झि रहने छ । ओयम ३ मा मिश्रित् जातजातिको बसोबास छ । राइ, लिम्बु नुगो, सेलिङ्, गुरुङ्, पोखरेल्, खरेल् , ओलि, कोइराला, डाङ्गि आदिको बसोबास छ । यहा लिम्बु, राइ र बुध्धिस्ट, हिन्दु सस्कार सस्क्रिति देख्न पाइन्छ । ओयामको एक् मात्र छेत्लिङ् गुम्बा यसै वडामा अवस्थित् छ । ओयामको एक मात्र मुख्य ओयाम बजार यहि वडामा पर्दछ । मध्य पहाडि लोक् मार्गले चुमेको यो बजारबाट् ओयाम ७ हुदै इन्द्रावति छेउछाउ गुप्तेस्वर् महादेबस्थान् जाने सडक बन्दै छ । ओयाम बजार गतिलो ब्यापारिक् केन्द्र पनि हो । यहाका बासिदाहरुको मुख्य आयश्रोत् अलैचि हो भने पशुपालन् खेतिपाति र राडिपाकि बाट पनि राम्रो आय आर्जन् गर्दछन् ।

वडा न ४, तेमुना-वारेक्बुङ्:- ओयामकै बिछट्टै सुन्दर् वडाको रुपमा लिन सकिन्छ भने यो वडा ओयाममेलि उध्द्यमि जनजाहरुको वडाको रुपपा समेत् चिन्नु पर्ने हुन्छ । तेमुनाको फाट हुदै वारेक्बुङ् उभो पसिजाने यो वडा चरिभन्ज्याङ्को पाथिभरा चिया बगान् भएर एकतिन् खुङ्गासङ्ग जोडिन पुगेको छ । यो वडामा अलैचि र चिया अधिक रुपमा उद्पादान् हुने हुदा यहाका बासिन्दाको अर्थिक् अवस्था र जिवन् स्थर् अरु भन्दा राम्रो छ । यो वडा बिभिन्न जातजातिहरु बसोबास गरे पनि लिम्बु योङ्या हरुको बहुल्याता रहेको छ । खरेलहरु पनि उत्तिकै मात्रामा बसोबास गर्दछन् को अलावा राइ , सवदेन्, गुरुङ्, सेलिङ् बसोबास छ । ओयामको लागि यो वडालाइ राजनितिक् उर्बर वडाको रुपमा समेत चिन्न सकिन्छ । ओयामका दोश्रो प्रधानपन्च स्व बुधिमान् योङ्या अन्चल् सदस्य समेत हुनु भएको थियो । पाचौ प्रधानपन्च स्व ध्रुबप्रसाद् योङ्या तेमुना निबासि थिए । पन्चायतकालका अन्तिम् उपप्रधानपन्च क्रिस्ण बहादुर योङ्या वारेक्बुङ् निबासि हून् । बिरेन्द्रबहादुर योङ्या प्रजतन्त्र पछि ०४८ र ०५४ म दुइ पटक गा बि स अदक्ष हुनु भएको थियो । त्यसै गरि पान्थर जिल्लाकै एक् एतिहासिक् ब्याक्तित्व स्व बमबहादुर योङ्या भु पु जिल्ला उपसभापती १५ बर्स हुदै जिल्ला सभापती हुनु भएको थियो । झापाबाट दुइ पटक् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नु हुने तारासम् योङ्याको पनि पुख्याउलि घर वारेक्बुङ् नै हो । बरिस्ठ राजनितिग्यदय शिबकुमार योङ्या र चन्द्रप्रसाद् योङ्या वारेक्बुङ् निबासि हुन् । यो वडामा पुरानो श्री सिद्देस्वरि प्रा बि सन्चालनमा छ , उक्त बिद्द्यालयको स्थापना गर्नुमा क्रिस्नबहदुर् योङ्याको ठुलो योगदान् छ । यहाका पुराना शिक्षकहरु सोमप्रसाद खरेल्, दिल्लिराम पोखरेल्, सुर्यप्रसाद खरेल्,नरबहादुर् योङ्या , शहिद् चन्द्र खरेल् स्व अमर योङ्या सबैलाइ यो वडाले बिर्सनु हुदैन । हालको नया संरचना याङ्वरक् वडा ३ वडादक्ष मबिन्द्र योङ्या समेत् वारेक्बुङ् निबासि हुन् ।

वडा न ५, भन्ज्याङ्,ओयाम, आहाले डाडा:- ओयामको मुख्य एतिहासिक् अन्येम् डाडाको रुपमा परिचित् यो वडाको नामबाट अन्येम् अर्थात् ओयाम् सिङ्गो गाउको नाम रहनु पुग्यो त्यस अर्थामा यो वडा बिसेस् वडाको रुपमा लिन सकिन्छ । पारीवारिबाट हेर्ने हो भने यो डाडा दाउड् प्रतियोगितामा तयारि भएर उभिएको एउटा जङ्गि घोडा जस्तो देखिन्छ भने पहिला आपुङ्गि राजा सुब्बाहरुले आफ्नो सभासम्मेलन् गर्ने र घोडा उभ्याउने ठाउ समेत् यहि डाडा हो । यो वडा योङ्या लिम्बु जातिहरुको ८५ प्रतिशत बसोबस छ मानौ यो योङ्या डाडा योङ्या जातिको उत्पति थलो हो, यहा नुगो, सेलिङ्, कोइराला अधिकारि, कामि र दमाइहरु समेत बसोबास गर्दछन् । यो वडाको भन्ज्याङ् नामले चिरपरिचित् एउटा सुरम्य भन्ज्याङ् छ जहाबाट् पुर्ब तीर् हेर्दा साम्माङ्खु, माथिको सातथुम्के, आङ्खोप् माथिको सिदिङ्बा हिमाल, उता साप्लाखु चौठे डाडा तेल्लोक् हुदै पाथिभरा र फक्ताङ्लुङ् ( कुम्भकर्ण) कन्चनजङ्गा हिमालको साचै सुन्दर् द्रिस्यहारु देख्न सकिन्छ । उत्तर पस्चीम तिर हेर्ने हो भने थर्पुको दारिम्बा र वारेक्बुङ् डाडा देख्न सकिन्छ । यो भन्ज्याङ्मा यूगौ पहिलाबाट बिजया दशमि, भाई टिका जस्ता मेलाहरु लाग्ने गर्दछ । कतिले यो मेलाबाट माया प्रेम साटेर बिबाह बन्धनमा समेत परिनत् भइ सफल् दाम्पत्य जिएका कथाहरू छन् भने यो लेखकको प्रेम यहि भन्ज्याङ्ले असफल् गराएको कथा छ त्यसो हुदा यो भन्ज्याङ् स्वयम् लेखकको लागि त झन बिसेस् छ ।यो भन्ज्याङमा प्रजातन्त्र पछि बनेको श्री धर्मभक्त प्रा बि सन्चालनमा छ । यहाका पुराना नामुद् लेखनदास स्व चन्द्रबहादुर योङ्याको याङ्वरक् थुम् भरि चिरपरिचित् हुनुहुन्थ्यो । उहाले लेख्नु भएको अङ्सबन्डा, लेनदेन् तमसुक अझै पनि ओयाम् गाउवै भरि छ । उहाँले एक् पटक् कार्यबहक् प्रधानपन्च समेत चलाउनु भएको थियो भने पन्चायतकालमा २५ बर्स निर्बिरोध वडाध्यक्ष चलाउनु भएको थियो । यो वडाका आस् लाग्दा युबाहरु मकर् योङ्या जो ०५४ को स्थानिय निर्बाचनमा २० मतले पराजित भएका थिए । उनि जिल्ला स्थरका राजनितिक् हस्ति हुन् । सुबाश् योङ्या, बिलाश् योङ्या यहाका युबा नेत्रित्वहरु मानिन्छन ।

वडा न ६, ओयाम:- यो वडालाइ पनि ओयाम नामले नै चिनिन्छ । ओयामको अन्न भन्डार् भने पनि फरक् नपर्ने यो वडामा ओयामकै ठुलो बेसि खेत छ । धान खेतिको लागि अति उपयोगि यो खेतमा पुरानो चलन् अनुसार २ माना मुरि फल्ले यो बेसिमा असारमा बेठि बजाएर रोपाइ गर्ने प्रचल् थियो । मङ्सिरमा सुनका बाला झैं पहेलपुर् धान पाकेको हेर्न एउटा छुट्टै मज्जा छ यहा । तल ओयाम् बेसिबाट माथि खलबले र दमाइ डाडा सम्म मस्तले निदाएझै लाग्ने यो वडा ओयामका तेश्रो प्रधानपन्च स्व मनरथ् पोखेरेलको जन्म गाउ हो । भने छैटौ प्रधानपन्च स्व मनप्रसाद् गुरुङ्को निबास् पनि यसै वडामा पर्दछ । यी दुइ स्वर्गिय ब्यक्तित्वहरुलाइ ओयामले सधै सधै सम्झने छ । गुप्तेस्वर् उच्च मा बि का पुर्ब प्रधानध्यापक् तथा पुर्ब ब्यावस्थापन् उपसमितिका अद्द्यक्ष श्री भिमकुमार् सेलिङ् यसै वडाका निबासि ओयामको लागि जिबित साक्षीको रुपमा हुनुहुन्छ । यो लेखकले उहालाइ ठुलो श्रोतको रुपमा लिएको छ । साहित्यकार् तथा कवि लिला सेलिङ् माबोको माइतिघर् यहि वडा हो भने अद्ध्यायन्, अध्द्यापन्, साहित्य र राजनितिलाइ एक साथ सन्तुलितरुपमा अघि बडाउदै गरेका जुझारु युबा, आसाका किरण टङ्क सेलिङ्को घर यसै वडामा पर्दछ, उहा बिध्द्यावारिधिको तयारिमा हुनुहुन्छ । यस वडाका एक् मिहितेति र लगलशिल् युबा C/A छबी सेलिङ्ले बेलायटबाट निकट भबिस्यमा बिध्यावारिधि गर्दै हुनुहुन्छ । सेलिङ् लिम्बु जातिको बहुल्यता रहेको यो वडामा नुगो लिम्बु, योङ्या, गुरुङ्, बानिया, चौहान्, पोखरेल्, कोइराला, दमाइ र कामि हरुको बसोबस छ ।

वडा न ७, मान्द्रेनि-साल्बोटे :- ओयामको अर्को चिरपरित् नाम अर्थात् ओयामको पर्याबाचि नाम मान्द्रिनि हो । ओयाम चिन्नेहरुलाइ मान्द्रेनि थाहा हुन्छ भने मान्द्रेनि चिन्नेहरुले ओयाम थाहा हुन्छ । मान्द्रेनि दुइ करणले यसको नाम रहन गयो :- मान्द्रो जस्तरि सम्म बिच्छिएको बेँसि र त्यहि बेँसि मुनिको बडेमानको मान्द्रेनि दुंगा नै हो । यो वडा पुर्ब प्रधानपन्च पदमबहादुर् चौहानको निबास रहेको वडा हो । उहाको ओयाम गुप्तेस्वर बिद्द्यालयलाइ माद्द्यमिक स्थरमा पुर्याउन ठुलो योगदान् छ । भन धेरै सामाजिक् काम गर्नु भएको छ । पान्थर जिल्ला सदस्य कमलप्रसाद् नेउपानेको घर पनि यसै वडामा पर्दछ । पुर्ब उपप्रधानपन्च टैन्द्रप्रसाद नेउपाने यसै वडाका निबासि हुन् । यस वडाका बुध्धिजिबिहरुमा लालबहादुर नेउपाने, लिला नुगो, युबराज नेउपाने, भक्तबहादुर् नेउपाने लगायत् मानिन्छन । हाल बेलायत् शेनामा कार्यरत चक्रबहादुर् खत्रि गोर्खामेजर् जस्तो गरिमामय पदमा हुनुहुन्छ उहा यसै वडा निबासि हुनुहुन्छ । प्राय जसो नेउपाने जातिको बाहुल्याता रहेको यो वडामा चौहान्, भत्तराइ, नुगो सेलिङ्को बसोबास छ ।

वडा न ८, सेलेजुङ्-मुसेपा:- तल ईङ्वा खोला इन्द्रावति देखिन् सेगेवा खोलाको गड्तिर छुदै माथि ओयाम् डाडा सम्म उभो फर्केको घमाइलो वडाको रुपमा चिनिन्छ । यहा धान खेति राम्रो उद्पादन् हुन्छ को अलावा अलैचि खेति गर्दछन् । यो वडामा पोखरेल् जातिहरुको बहुल्यता छ । अधिकारि, खनाल्, नेउपाने, राइ, नुगो, सावदेन्, मगर्, ढकाल्, माबो, नेवार्, कामि र सार्कि जातिहरुको मिश्रित बसोबास छ । साहित्यकार् भानुभक्त पोखरेलको पुख्याउलि घर यसै वडाको सेलेजुङ् हो । उहाको नेपाली साहित्यमा ठुलो योगदान् छ । यो वडामा नव निर्मित श्री जनता आधारभुत् प्रा बि सन्चालनमा छ । पुर्ब उपाध्यक्ष लक्ष्मि प्रसाद खनालको घर यसै वडामा पर्छ । उदियमान् कलाकारदय बाबुराजराम् पोखरेल् र श्रवण् योङ्या यसै वडाका बासिन्दा हुन् । ईमानदार राजानितिक् ब्याक्तिहरुको रुपमा बाबुराम् पोखरेल्, डिल्लिराम् पोखरेल्र, नन्दकुमार नुगो, सेरबहादुर् नुगो आदीको नाम लिनु पर्दछ । यहाको युबाहरुले सन्चालन् गरेको पारिजात सस्क्रितिक समुहको नाम नलिए यो वडा अपुरो प्राय हुन्छ । एउटा जुझारु सहित्यकार उदय अपेक्षाको घर यस वडामा पर्दछ ।

डवा न ९, भोटेगाउ-मुसेपा:- थर्पु गा बि स सङ जोडिएको यो वडा अलैचि खेतिको लागि अति उत्तम् छ । यहाका जनताको मुख्य नगदे खेति अलैचि हो । यो वडाको प्राय धेरै भुमिलाइ मध्य पहाडि लोक् मार्गले चुमेको छ । यो वडामा पुरानो श्री सिङ्हबाहिनि आधारभुत प्राथमिक बिद्द्यालय सन्चलनमा छ । यो काम्बाङ् लिम्बु जातिको बहिल्यता रहेको वडा हो भने माबो लिम्बु जाति पनि उतिकै मात्रामा बसोबास गर्दछन् । ढकाल् , दुङ्गाना, डाङ्गि, योङ्या अधिकारि आदि जातजातिको बसोबास बस्दछन् । लिम्बु किरात् धर्मावलम्बि हरुको सस्कार, हिन्दु सस्कार् यहाका बिसेसता हुन् ।

यसरि अनेकतामा एकता भने झैं ओयाम युगौ युगको गर्भिलो इतिहास् , सुरम्य मनोरम् सुन्दरता , प्राक्तितिक् अधिक सम्पदा, अनेकौ अनेक सस्कार र सस्क्रिति,आफ्नै गतिलो स्वाभिमान र ईमान, अजेय साहस र सामर्थ्य, सुसब्य समाज् बोकेर बाचिरहेको छ । बाचिआएको छ । बाचिरन्छ । बचाइरहन्छ ।
श्रोत ब्याक्तिहरु:-

# भिमकुमार सेलिङ् # स्व लालबहादुर सेलिङ् # स्व सुरेन्द्रप्रसद सेलिङ् # लिला नुगो # लक्ष्मि प्रसाद खरेल् # ताराप्रसाद् खरेल् # लिला सेलिङ् माबो

Leave a Reply

Your email address will not be published. Required fields are marked *