एमसिसि
उनलाई मागि खाने भाणो हो एमसिसियिनलाई भोट माग्ने डाँडो हो एमसिसि कोही पक्षमा त कोही… Read More »एमसिसि
उनलाई मागि खाने भाणो हो एमसिसियिनलाई भोट माग्ने डाँडो हो एमसिसि कोही पक्षमा त कोही… Read More »एमसिसि

वन पिस र टु पिसमा फरक छ
राम्री म्याडम र मिसमा फरक छ
स्वाभिमान कतै डगमगाएको त छैन
झुक्ने त्यो ईमान र सीसमा फरक छ
शृंगार पटार अतिभो भित्र छ खोक्रो नभएको गुदी हो दह्रो छ बोक्रो अभियानमा हिँडे जुलुसमा… Read More »खोक्रो
छिमेकीको विरोध मात्र खोक्रो राष्ट्रवाद सराप्ने बानि नै हो खोक्रो राष्ट्रवाद थिएन कुनै नारा त्यो… Read More »खोक्रो राष्ट्रवाद

खुशी भए भुक्छ मेरो कुकुर
दुखी भए भुक्छ मेरो कुकुर
सबेरै उठ्छ रुन्छ कराउँछ
मलाई देखे नुघ्छ मेरो कुकुर
ढोकामा गजबार छ म कसरि आउँ ? दिलमा छेकबार छ म कसरि आउँ ? आँखाले… Read More »म कसरि आउँ ?
सकुनीको जनम भो मध्यरातमा गणतन्त्र हनन् भो मध्यरातमा सुन्दर शान्त विशाल देश थियो राजतन्त्र ढलन… Read More »मध्यरातमा
स्वास्थ्य सिपाहीलाई राहत “त्यो पर्दैन”
सबै असहायलाई राहत “त्यो पर्दैन”

आशीर्वाद
अन्न धनको फसल हुनु
ज्ञान गुनको पसल हुनु
अपार सम्भावनाकी खानी तिमी
ठूलो नभई असल हुनु
हौशला उंचो हुनुपर्छ अनि बन्छ क्याडेट
उद्देश्यले जून छुनुपर्छ अनि बन्छ क्याडेट
तिमि र म जस्तो लरतरो कहां हो र?
रगतले मन धुनुपर्छ अनि बन्छ क्याडेट
माता भक्त पिता भक्त देश भक्त हुनुपर्छ
उज्जवल सपना बुन्नुपर्छ अनि बन्छ क्याडेट
अनुशासित वफादार स्वावलंबी हुनुपर्छ
हीरा मोती चुन्नुपर्छ अनि बन्छ क्याडेट
जनताको सेवा साथै सीमानाको रक्षा गर्छ
शत्रु सबै थुन्नुपर्छ अनि बन्छ क्याडेट
खाने पेटमा छन् हाँस्दा देखाउने दाँत न हुन्
औषधि छैन जसको उनले गरेका घात न हुन्
आश गरे भर परे सपना पनि उनकै देखें
हाँसी हाँसी सहें मैले उनले हानेका लात न हुन्
मैले सम्झिने केवल ती रंगीन रात न हुन्
हर कदममा डगमगाउने जवानीका मात न हुन्
मायाको आडमा मेरो आत्माको बलात्कार गरे
शरीरभरी सल्बलाउने उनका पवित्र हात न हुन्
खुकुरीले थाहा पायो न त्यो पीर अचानोले
टुक्रा भयो मेरो मुटु उनका हलुका बात न हुन्
बढार्नै नपर्ने वतासले उडाउने ती झारपात न हुन्
जरा गहिरै गडेछन् क्यारे यी त उनकै गात न हुन्
पाखामा सजाउँ कि आँखामा सजाउँ
धनले सजाउँ कि मनले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?
मुहार तिम्रो पूर्णेको जून जस्तो
यौवन तिम्रो अकबरे सून जस्तो
तूलमा सजाउँ कि फूलमा सजाउँ
सूनले सजाउँ कि जूनले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?
मृग नयनी तिमि रेशमी केश छन्
तिम्रा सामु कुन अप्सरा शेष छन्
पारामा सजाउँ कि तारामा सजाउँ
चुराले सजाउँ कि कुराले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?
मयुरी चालमा बजेका मृदंग छन्
सुनकेस्रा ओठ तिम्रा सुकोमल अंग छन्
गहनामा सजाउँ कि चाहनामा सजाउँ
हातले सजाउँ कि मातले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?
मन पैंचो दिउंला रात परेपछि आउनु
फाटेछ भने सिउंला रात परेपछि आउनु
अप्सरा हौ कि तिमि हौ कुनै मधुशाला
तिम्रै अधरले पिउंला रात परेपछि आउनु
रातमै खुल्छ क्यारे मीठो प्रेमको पाठशाला
अंगालोमा कसि दिउंला रात परेपछि आउनु
रित्ति सकेछ क्यारे हाम्रो प्रणयको भण्डार
बेसाहा गरेरै जिउंला रात परेपछि आउनु
प्रेमको अंगेनामा पकाई भावनाका परिकारहरु
प्रेमरसमा डुबाएर लिउंला रात परेपछि आउनु