छिमेकीको विरोध मात्र खोक्रो राष्ट्रवाद
सराप्ने बानि नै हो खोक्रो राष्ट्रवाद
थिएन कुनै नारा त्यो गाली बाहेक
भयो छताछुल्ल आज बोक्रो राष्ट्रवाद
चुनाव जिते तिनले सरकारै बनाए
उनले कमाए एक एक धोक्रो राष्ट्रवाद
नियम अनि कानून विधि र संबिधान
भएछ खोस्टो तिन्को कोक्रो राष्ट्रवाद
गाईजात्रे छ सभा हल्का मनोरंजन
रमिते भए मान्यजन जोक्रो राष्ट्रवाद
