स्वास्थ्य सिपाहीलाई राहत “त्यो पर्दैन”
सबै असहायलाई राहत “त्यो पर्दैन”
प्राण वायु फुकौं खोप खाप गरौँ
घटाओं कोविड हताहत “त्यो पर्दैन”
सरकार बनाउनु र भत्काउनु ठूलो कुरो
सुनौं जनरोदन मर्माहत “त्यो पर्दैन”
रोकौं कालोबजारी नियन्त्रण भ्रष्टाचार
गरौँ देश विकासको चाहत “त्यो पर्दैन”
किन लिनु सपथ के काम प्रतिज्ञा
संविधान सबै कहावत “त्यो पर्दैन”
