Skip to content

म आउने छु

picture-1148


लिखितम्…
बोलावट भएमा…
तोकिएको मिति र स्थानमा हाजिर हुनेछु
संवत्…साल…महिना…रोज… शुभ म ।

तर,
बोलावट नभए पनि, म आउने छु
अवश्य आउने छु

जब,
राम्रो नतिजाको लागि कसैलाई गुहार्नुपर्ने छैन
विशेष नियुक्तिको लागि प्रभुकहाँ धाउनुपर्ने छैन
पदोन्नति सिफारिसको लागि नजराना चढाउनुपर्ने छैन
सरुवाको लागि उनको होमा हो मिलाउनुपर्ने छैन

जब,
व्यक्तिलाई होइन संस्थालाई केन्द्रमा राखी
नीति, ऐन, नियम र कानून बन्नेछन्

जब,
ती नीति, ऐन, नियम र कानूनहरू
लागू हुने मितिपश्चात् अक्षरश: पालना हुनेछन्
परीक्षाहरू स्वयं परीक्षार्थी हुनेछन्
पारदर्शिताले स्वयं अश्मिता परीक्षण गर्नेछ
अनुशासन स्वयं अनशासित बन्नेछ
नाता र कृपाहरुले मुक्ति पाउनेछन्
प्रतिवेदनहरू सत्यवादिताका प्रमाण हुनेछन्
व्यक्तिगत स्वार्थभन्दा पेसागत मान्यता प्रधान हुनेछ
तालिमहरुले आफ्नो स्तरमा गौरव गर्नेछन्
स्वार्थ अनुसारको व्याख्या गरिने छैन
वास्तविक मूल्यांकन हुनेछ
योग्यतामा मात्र भर पर्ने वातावरण बन्नेछ

र,
असल मात्रै सफल हुनेछन्

र जब,
उपलब्ध सेवा सुविधाहरू हठात् काटिने छैनन्
साथै, हरेक देशभक्त नेपालीले “जय नेपाल” भन्ने वातावरण बन्नेछ

तब,
म बोलावट नभए पनि फेरि आउनेछु
अनि देशभक्त, नेपाल आमाका सन्तानहरुको ओइरो लाग्नेछ

र,
विद्यमान…
खडेरी हट्ने छ ।

http://www.suman24.blogspot.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *