Skip to content

खोक्रो

  • by

शृंगार पटार अतिभो भित्र छ खोक्रो

नभएको गुदी हो दह्रो छ बोक्रो

अभियानमा हिँडे जुलुसमा गए

नारा लगाए पछी दुखेछ घोक्रो

राष्ट्रवादी अरिंगाल न देशभक्त छौंडा

संविधान पोल्ने पो मुखिया छ छोक्रो

जालझेल षड्यन्त्र ठगि नै हो मन्त्र

पाटि त गुट उपगुटको रहेछ टोक्रो

उनि गफाडी हुन् गाउँ खाने मास्टर

गान बखानको आफ्नो खोलेछ धोक्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *