जीवन बल्नकै लागि म मरें
मृत्यु छल्नकै लागि म मरें
तिम्रो मुस्कान छल्किरहोस
नौनी मल्नकै लागि म मरें
खुशी उमंग फलोस फुलोस
दु:ख जल्नकै लागि म मरें
नाता साइनो कायम रहोस
शत्रु बदल्नकै लागि म मरें
यो माया अमर रहोस “सुवा”
म त “सुमन” गल्नकै लागि म मरें
http://www.suman24.blogspot.com/
2019-05-11 13:15:55 +0900