यौवनको रापले तिमी धप धपी बल्नु पर्छ
देखेपछि तिमीलाई उनी त जल्नु पर्छ
जस्तो थियो त्यस्तै छ र? “सुमन” अँझै पनि
छेपारो झैं उसले अवश्य रङ्ग त बदल्नु पर्छ
विश्वासको हथौडीले हानिरहे पटक पटक
अहङ्कारको चट्टान उसको अब त ढल्नु पर्छ
जाली नजरका तिरहरू सोझिनेछन् त्यसैतर्फ
छेडिएला कोमल मुटु तिमीले त छल्नु पर्छ
मलिलो ब्याडमा मैले बिउ छरेको धेरै भयो
“सुमन” हाम्रो प्रेम आँकुरा अब त फल्नु पर्छ
http://suman24.blogspot.com/
