Skip to content

फरक छ

  • by

वन पिस र टु पिसमा फरक छ
राम्री म्याडम र मिसमा फरक छ

स्वाभिमान कतै डगमगाएको त छैन
झुक्ने त्यो ईमान र सीसमा फरक छ

आगो त सबै भित्र दन्केको छ हजुर
आउने त्यो आवेग र रीसमा फरक छ

सबै विद्यालयले विद्यादान गरेकै छन्
उन्ले लिने दक्षिणा र फीसमा फरक छ

पसिनाको मूल्य त बराबर हुनुपर्ने
दिइने ज्याला र बक्सीसमा फरक छ

धड्कन मेरो पनि बढ्ने गर्छ ‘सुमन’
उन्को म्वाई र फ्लाइङ्ग किसमा फरक छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *