१.
कति मौका नपाएर इमान्दार बने ?
कति चौका नआएर इमान्दार बने ?
शकुनि चाल त सबै चल्न खोज्छन् हजुर
कति कपटी पासा नपाएर इमान्दार बने ?
२.
बलेको होइन गलेकोलाई उठा
चलेको होइन जलेकोलाई उठा
तरबार त कायरले पो उठाउँछन् बाबु
सक्छस भने नजरमा ढलेकोलाई उठा
३.
कुकुर भुकेका छन् बिस्तारै आउनु
नजर झुकेका छन् बिस्तारै आउनु
सास रोकेर तिमीलाई कुरिरहेको छु
यमदूत ढुकेका छन् बिस्तारै आउनु
४.
ढक ढक गरे द्वारमा तिमीले खोलिनौ
चिच्याए कराए बेकारमा तिमीले खोलिनौ
प्रेमबुटी स्नेहलेप थियो तिम्रो लागि सौगातमा
त्यो सबै बिक्यो भरमारमा तिमीले खोलिनौ
५.
सुख समृद्धि बढोस हाम्रो दशैंमा
कसैका लागि नबनोस चाम्रो दशैंमा
शुभकामना उल्लासमय जीवनको
मान्ने जति सबैको होस राम्रो दशैंमा
६.
जन्मेको घर आफ्नो छाड्न छन् बाध्य बहिनी
लुकाउन दु:ख आफ्नो सिपालु छन् असाध्य बहिनी
आधा धरती आधा आकाश कि स्वामिनी तिमी
हरेक समस्या समाधान कि छन् साध्य बहिनी
http://suman24.blogspot.com/
2019-09-08 02:19:38 +0900
