Skip to content

ज्ञानको भोको भएर स्कूल धायौ सधैँ (बाल गजल)


ज्ञानको भोको भएर स्कूल धायौ सधैँ
प्रत्येक दिन केही न केही पायौ सधैँ ।

पुरानो जान्छ वर्षौँवर्ष नयाँको हो पालो
रीत यस्तै छ नानी माया लायौ सधैँ ।

अनुशासन शिरमा राखी मनचाहिँ दियौ
त्यसैले त सबको दिलमा छायौ सधैँ।

आलस्यले तिमीलाई कहिल्यै छुँदै छोएन
त्यही भएर प्रगतिका गीत गायौ सधैँ।

गर्नेले गरे उपद्रो तिम्रो मनमा आएन
घुमिफिरी ‘अक्षान्त’को मनमा आयौ तिमी।

नन्दलाल आचार्य
067.04.10

1 thought on “ज्ञानको भोको भएर स्कूल धायौ सधैँ (बाल गजल)”

  1. ideal मान्छेको लागि मिल्ने
    ideal मान्छेको लागि मिल्ने रैछ। सबै बच्चाहरू यस्तै हुने हो भने नेपाल बन्न कति बेर! गजलको लागि धन्यबाद छ लेखकज्यू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *