Skip to content

नन्दलाल आचार्य

मधेसमा वसन्त बहार

  • by

राजनीतिलाई पोशाक चाहिने साहित्यलाई नाङ्गै राख्ने काइदा छन् ।

विशेष गरी आख्यानमा बीपी सगरमाथा उक्लेका मान्छे । उनको नजरले साहित्यलाई अराजकतामा हुर्कने अभिव्यक्ति देख्यो । राजनीतिले समाजको कल्याण नभएको र समाजलाई चेत नदिएकोले हुनसक्छ । साहित्य बराल्ने हैन, सपार्ने चीजको नाम हो । साहित्य मुक्त छ । राजनीति परतन्त्री छ । शौचालय राजनीति, उद्यान साहित्य । तर्कमाथि, तर्कले मन गिजोल्छ । अनुरागका काइदा पनि थरिथरीका हुँदा रहेछन् । राजनीति साहित्यबिना नबाँच्ने, साहित्य राजनीतिले भर नगरी नजन्मने । थरिथरीका मनहरू घुमिरहन्छन् मभित्र ।

महाकवि विरुद्ध उभिँदा

  • by

(१)

कविजी !
सुन्दर, शान्त, विशाल
त्यत्तिखेरको तिमो आँखाको नेपाल
र, आज छटपटाइरहेको
हाम्रो आँखाको वास्तविक नेपाल
तुलना गर्ने हिम्मत गर्दै छु,
कविजीका विरुद्ध उभिँदै छु ।

मैले युद्ध जितेको छैन

(१) शान्ति र सुव्यवस्थालाई अस्त्र बनाइस्
गरिस्, थुप्रै गरिस्
मनमनमा ढ्याङ्ग्रो ठोकिस्
जीवनमा पटकपटक भूकम्प ल्याइस्
सडक तताइस्, निद्रा खोसिस्
सपना बाँडिस्, अस्थिर भविष्य दिइस्
थोरै चेतना दिएर ललिपप चटाउँदै
तन, मन, धन लिइस्,
कुनाकन्दराबाट समर्थन भेटिस्
मुर्दा शान्तिको रट लगाइस्
र, पो अहिले थाङ्नामै सुताइस् ।

के सार्थक के सार्थक

एकोहोरो धुन चढ्दै थियो
एक मित्रकानुसार चाहिँ
रिमालका
‘आमा

छोरा’ आएजस्तो लाग्यो
ती त हामी नै हौँ
हाम्रै बजेट हो
हाम्रै अहंकार हो

राष्ट्रिय एकता नै आजको आवश्यकता

जनयुद्ध, जनआन्दोलन–२, मधेस आन्दोलन, आदिवासी, जनजाति, पिछडावर्ग आदिको कारण नेपाल गणतन्त्र नेपाल भई संविधान निर्माणमा सरिक छ । सबै वर्गले अधिकार खोजिरहेका छन् । गठन भएका हरेक सरकार ढलपलको अवस्थामा छन् । जनताले दीर्घकालीन शान्ति र विकासका निम्ति संविधान र स्थायी सरकार खोजिरहेछन् । छिमेकी मुलुक पनि यही मौकामा चौका हान्ने सुरले सीमा अतिक्रमण गर्न, सीमा छेउछाउका जनतालाई दु:ख दिन व्यग्र छ । यिनै राजनैतिक परिदृश्यलाई ओकल्न र नेपालीहरूका जल्दाबल्दा समस्याहरू र तिनको निकास निकाल्न नरी, सिकुटे, भूक्के, लिखुरे, अजिङ्गर र सिंह जस्ता पात्रहरू यस कथामा जन्मे । हिमाल, पहाड, तराई नेपालआमाका सन्तती हुन् । राष्ट्रिय एकता नै समस्या समाधानको अचुक अश्त्र हो ।

शनिबारको दिन थियो । हजुरआमा नाति र नातिनीका साथमा फूलबारीको फलैँचामा बसेकी छिन् । प्रत्येक शनिबार उनले कथा नभनी सुख पाउँदिनन् । आज पनि उनी कथा भन्ने सुरसार गर्न थालिन् ।

‘मुक्तिसंघर्ष’को मैदानमा कवि राजेश विद्रोहीको परीक्षा

  • by

सप्तरी जिल्लाको पन्सेरा गाविस वडा न–९ मा जन्मेका र हाल जनमुक्ति सेनामा स्वास्थ्य क्षेत्रलाई कर्म थलो बनाउँर्दै आएका कवि विद्रोही जनयुद्धमा होमिएपछि साहित्यको महासागरमा पौडी खेल्न थालेका हुन् । (१) ‘रक्तमुच्छेल अंकुरण’ र (२) ‘मुक्तिसंघर्ष’ गरी दुई ओटा कविता विधाका संग्रह निकालेका स्रष्टा विद्रोही बलियो कलम भएका जनपक्षीय साहित्यकार हुन् । जनसरोकारका विषयवस्तु उठान गरी हृदय कल्पाउने क्षमता राख्ने उनको कलम विशेष गरी नेपाली समाज र राजनीतिप्रति केन्द्रित छ । यसका अतिरिक्त राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश, इतिहास, कला, साहित्य तथा कम्युनिष्ट आन्दोलनतर्फ समेत मुखरित भएको पाइन्छ । उनी समाज परिवर्तनका लागि अधिकतम भूमिका निर्वाह गर्न रुचाउँछन् । उनले मूल्य सहितको जीवन बाँच्ने जीवनदृष्टि बोकेका छन् भने मानवीय सभ्यताको क्रममा विकास भएको विशिष्ट र सुन्दर अभिव्यक्तिलाई साहित्य ठान्दछन् । उन्नत विचार र कलालाई संयोजन गर्ने गरी रचना रच्ने मान्यताले ओतप्रोत भएका कवि विद्रोही थिचिएका र शोषित वर्गलाई प्रेम गर्ने र समाजमा अग्रगति चाहने विचार सम्प्रेषण गरी साहित्यकारहरूले समाजलाई गुण लगाउनुपर्ने विचार सार्वजनिक गर्छन् । उनी शोषित र उत्पीडितहरूको पक्षमा, श्रमजीविहरूको पक्षमा, उदीयमान वर्गको पक्षमा, अग्रगामी सोच र विचारको पक्षमा लेखिने साहित्यलाई नै प्रगतिशील साहित्य ठान्दछन् । समाजमा व्याप्त रूढिवादी, विकृति–विसंगति, थिचोमिचो, शोषण–दमनको जरो पत्ता लगाई उखल्ने जमर्को स्वरूप उनको कलम चलेको हो भन्ने स्पष्ट देखिन्छ । जनयुद्धलाई आफ्नो जीवन बनाएर शोषणरहित समाजको निर्माणमा जुटेका कवि विद्रोहीका कवितामा वर्गमाया, उत्तेजना, घृणा, सहिदश्रद्धा, स्नेहको फ्युजन पाइन्छ । उनका कविताहरू शक्तिशाली बन्दुकका गोलीजस्ता चोटिला र प्रभावयुक्त छन् । वर्गप्रेमी र वर्गघृणाको भाव छताछुल्ल रूपमा पाइन्छ । समाज रूपान्तरणका पक्षमा कवि विद्रोही कवितामा खरो साथ उभिएका छन् ।

RamBikramThapa-02

मझेरी भलाकुसारी, अंक ०८ (रामविक्रम थापा)

साहित्यका बहुविधामा कलम चलाए पनि आत्ममूल्यांकन गर्नुपर्दा म आफूलाई कविता, लघुकथा, र बाल-कविताको विधाको लेखक मान्नु उचित ठान्छु ।
निरन्तरता र धैर्यता लेखकका गहना हुन् । अध्ययन, चिन्तन र मनन त आधारभूत शर्त हुन् जस्तो मलाई लाग्छ ।
मोफसलका लेखकलाई कुलामाथिको बाली (बिरूवा) भन्छु म ।
नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशन सत्तामुखी छन् । विशुद्ध साहित्यिक भए राम्रो हुन्थ्यो ।
साहित्यलाई माया गरौँ, लेख्न र पढ्न नछाडौँ । केही अंश समय र अर्थ यसमा लगानी गरौँ ।

—रामविक्रम थापा

रामविक्रम थापाका रचनाहरू पढ्न यो लिंक थिच्नुहोस् ।

काम पाइयोस्, चाडै माम भेटियोस्

सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस्, उन्नतिको मूल सर्वत्र फुटोस्, भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुनसके उत्तम हुन्थ्यो । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ, पूरा नभए भाँडभैलो गर्न तम्सला कि भन्ने त्रास हुन्छ । कलिलो मुनालाई निमोठ्न सजिलो हुन्छ । त्यो मुना जति कलिलो देखिन्छ, त्यति आशलाग्दो भविष्यको जलपले उज्ज्वल भेटिन्छ । कहर पछिको रहर ‘चाडै काम पाइयोस्, चाडै सुविस्थाको माम पाइयोस्’ भन्ने हुन्छ । ‘तातै खाऊँ जलि मरूँ’ पनि नहोला भन्न सकिन्न । हेक्का राख्न नसके हात परेको फल पनि गुम्न सक्ने अवस्था हुन्छ । नाम नै गुमनाम हुन सक्छ । शिष्टता देखिनुपर्ने ठाउँमा अशिष्टता प्रदर्शित हुन सक्छ । राम्रो र हाम्रोको भावना मरेर यत्ति मेरो यत्ति तेरो त्यत्तिको भावना उम्रन सक्छ । खुशीको आँसुको सट्टा दुःखको आँसु टल्पलिन सक्छ । मनमा शितलताको वास हुनुको सट्टा मनमा बेचैनीको निवास हुन सक्छ । धेरे कुराहरू आउँछन् । मीठामीठा हातबाट उम्कन्छन् भने तीतातीता वरवर रहन्छन् । तिनै तीतातीता कुराहरूले घेरेर फेरि अर्को खालको कहरको बाटो तयार हुन्छ । त्यस बाटोका पदयात्री हामी सबैले हुनुपर्छ । रक्तमुच्छेल भएर यात्रा सबैले गर्नुपर्छ । पश्चात्तापका आँसु त्यत्तिखेर बग्न सक्छन् । समय हातबाट फुत्किसकेको हुनेछ । पश्चात्तापले जल्नु र गल्नु सिवाय हामीसँग अर्थोक केही रहन्न । ‘बिग्रेको मान्छेको भत्केको घर भत्केपछि केको डर’ भन्ने अल्पदृष्टि जन्मन सक्छ । इज्जत गुम्न सक्छ, नाम हराउन सक्छ, यात्रा दुःखदायी अपुरो र अधुरो हुन सक्छ । र, पुनः पीडादायी अध्याय उल्टन सक्छ ।

20110218_NLA_JuhiSis

तातै खाऊँ जली मरूँ

थरीथरीका इच्छामा पनि कुनै इच्छा व्यक्ति विशेषलाई मात्र सरोकार राखेर हिँड्छ भने कुनै चाहिँ सबको स्वार्थलाई सम्बोधन गर्दै हिँड्छ । इच्छा स्वार्थको अर्को रूप हो । सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस्, उन्नतिको मूल सर्वत्र फुटोस्, भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुन्छ । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ, पूरा नभए भाँडभैलो गर्न तम्सला कि भन्ने त्रास हुन्छ । कलिलो मुनालाई निमोठ्न सजिलो हुन्छ । त्यो मुना जति कलिलो देखिन्छ, त्यति आशलाग्दो भविष्यको जलपले उज्ज्वल भेटिन्छ । कहर पछिको रहर ‘चाडै काम पाइयोस्, चाडै सुविस्थाको माम पाइयोस्’ भन्ने हुन्छ । ‘तातै खाऊँ जली मरूँ’ पनि नहोला भन्न सकिन्न । हेक्का राख्न नसके हात परेको फल पनि गुम्न सक्ने अवस्था हुन्छ । नाम नै गुमनाम हुन सक्छ । शिष्टता देखिनुपर्ने ठाउँमा अशिष्टता प्रदर्शित हुन सक्छ । राम्रो र हाम्रोको भावना मरेर ‘यत्ति मेरो यत्ति तेरो’को भावना उम्रन सक्छ । खुशीको आँसुको सट्टा दुःखको आँसु टल्पलिन सक्छ । मनमा शितलताको वास हुनुको सट्टा मनमा बेचैनीको निवास हुन सक्छ । धेरे कुराहरू आउँछन् । मीठामीठा हातबाट उम्कन्छन् भने तीतातीता वरवर रहन्छन् । तिनै तीतातीता कुराहरूले घेरेर फेरि अर्को खालको कहरको बाटो तयार हुन्छ । त्यस बाटोका पदयात्री हामी सबैले हुनुपर्छ । रक्तमुच्छेल भएर यात्रा सबैले गर्नुपर्छ । पश्चात्तापका आँसु त्यत्तिखेर बग्न सक्छन् । समय हातबाट फुत्किसकेको हुनेछ । पश्चात्तापले जल्नु र गल्नु सिवाय हामीसँग अर्थोक केही रहन्न । ‘बिग्रेको मान्छेको भत्केको घर भत्केपछि केको डर’ भन्ने अल्पदृष्टि जन्मन सक्छ । इज्जत गुम्न सक्छ, नाम हराउन सक्छ, यात्रा दुःखदायी अपुरो र अधुरो हुन सक्छ । र, पुनः पीडादायी अध्याय उल्टन सक्छ ।

सन्तति पढाउने बाबुआमा जिन्दावाद ! नपढाउने मूर्दावाद !!

…सबै बाबुआमाले आफ्ना सन्ततिलाई अनिवार्यरूपले पढाउनुपर्छ । छोरा नपढाउने बाबुआमाले सजायस्वरूप जनश्रमदान गर्नुपर्छ र छोरी नपढाए दोब्बर सजाय भोग्नुपर्छ ।

….आफ्ना छोराछोरीलाई पढाए पनि नपढाए पनि तिमीलाई के मतलव ?

…नपढेर सन्तान बिग्रे डाका गर्न हाम्रो घर आउँछन्, मुलुकको अहितमा काम गर्छन्, अतः सन्तान तिम्रो भए पनि चासो हाम्रो हुन्छ । घाटा हामीलाई हुन्छ । हाम्रो गाउँठाउँमा डकैत र गद्दार मान्छे हुँदा के तिम्रोमात्र इज्जत गुम्छ कि हाम्रो पनि ?

…म त भन्छु र गर्छु पनि–छोराछोरी पढाउने बाबुआमा जिन्दावाद, छोराछोरी नपढाउने बाबुआमा मूर्दावाद…….।

थाहा नलागेको वसन्त बहार

  • by

राजनीतिलाई पोशाक चाहिने साहित्यलाई नाङ्गै राख्ने काइदा छन् ।

विशेष गरी आख्यानमा बीपी सगरमाथा उक्लेका मान्छे । उनको नजरले साहित्यलाई अराजकतामा हुर्कने अभिव्यक्ति देख्यो । राजनीतिले समाजको कल्याण नभएको र समाजलाई चेत नदिएकोले हुनसक्छ । साहित्य बराल्ने हैन, सपार्ने चीजको नाम हो । साहित्य मुक्त छ । राजनीति परतन्त्री छ । शौचालय राजनीति, उद्यान साहित्य । तर्कमाथि, तर्कले मन गिजोल्छ । अनुरागका काइदा पनि थरिथरीका हुँदा रहेछन् । राजनीति साहित्यबिना नबाँच्ने, साहित्य राजनीतिले भर नगरी नजन्मने । थरिथरीका मनहरू घुमिरहन्छन् मभित्र ।

तन नै घुम्छ, मन नै घुम्छ, अमनचयन अपहरणमा पर्छ ।

जहाँ छु, विहान भन्न पाउँदिनँ, दिन भन्न भेट्दिनँ । अझ रात त अर्काकै पर्यो । आफ्नो भन्ने कुराले त सञ्चो अनुभूति दिनुपर्ने । खोज्दा पनि भेट्दिन । मन ठीकमा आउने अवस्था हुन्न । थोत्रो कलमा श्रीमती झुण्डिन्छे । पानी खस्दैन । जताततै खडेरीले पक्रेको छ । कुरा बुझ्दिनँ । झर्कोफर्को गर्छे । एउटा हैरानमा अर्को हैरान थप्छे । सहन्छु । धेरै कुरा सहिरहेछु । निःशुल्क सङ्गीत पनि सुनेर सहेँ । निःशुल्क रक्तदान पनि भोगेर सहेँ । प्याट्ट एउटा गालामा थप्पड बजार्छु, अर्को चिलाइरहेकै हुन्छ । त्यहाँ थप्पड बर्साउन नभ्याउँदै शरीरको कुनै अवयव चिलाउन थालिहाल्छ । प्याट्ट र पुट्टको थप्पड बर्साइले पीडा थोरै कम हुन्छ, हात भने रक्तमुच्छेल । उतै ध्यान जान्छ, मन हर्दम शरीर बचाऊ आन्दोलनमा हुन्छ । मनबाट शब्द चुहलान्, चुहलान् भएकै बखत पुनः शरीर थङ्थिलो पार्न हिर्काउनैपर्छ । लेख्दै गरेको कलम खुत्रुक्क खस्छ । कलमसँगै मन पनि खस्छ । मन उठाउन सोच्ने गर्छु– चराचर सृष्टिमा यही एउटा मच्छड नामधारी जीवको जन्म नभइदिएको भए त हुन्थ्यो । चैन पनि खाने । ध्यान, ज्ञान मात्रै हैन मौका परे ज्यान पनि लाने ।

मधेसले थाहा पाउनैपर्ने ‘थाहा आन्दोलन’को उपादेयीता

  • by

‘तपाईंहरूका अघिपछि लाग्नुपर्छ । वैयक्तिक कामधाम त्याग्नुपर्छ । काम परेको बेलामा आडम्बरी र नपरेको बेलामा झपार्ने भाषा जान्नुपर्छ । सोझा-सीधालाई झुटा आश्वासन बाँड्नुपर्छ । जान्नेबुझ्नेलाई प्रलोभनमा अल्झाउनुपर्छ र बदलामा गाउँ कमिटी सदस्य वा धेरै भए जिल्ला स्तरीय नेता कहलाउन पाइन्छ । अहिलेचाहिँ मेरो नीति ठीक छ । म मतदातामात्र हुँ नेता होइन । नेतैनेता भएर परिवार खायो, समाज खायो र देस पनि कुटुकुटु खाइरहेको छ । यस्तो अवस्थाको जानिफकार हुँदाहुँदै म नेता बन्न थाले भने मेरो अन्तस्करणले मलाई नै धिकार्छ । असल मतदाता त बन्न सकेको छैन, खराव नेता बन्ने झन् चाहना नै जन्मेको छैन । कुरा जति घुमाए पनि पुग्ने ठाउँ एउटै हो । सबैले आफ्नो धर्म निर्वाह गर्नुृपर्छ । म मेरोतर्फबाट धर्म पालना गर्दै छु । नेपाल बिग्रनुको एक कारण नेपालले नेता नै नेता जन्मायो तर नेतानेतृले नीतिलाई जन्माएनन् । राजनीति षडयन्त्र गर्ने थलोको रूपमा परिभाषित हुँदै गएको परिप्रेक्ष्यमा म थपिन चाहन्नँ । म षडयन्त्र र सत्तालिप्तमा भुलेर रहन रुचाउँदिनँ ।’ एक ठूला नेताले एक बुद्धिजीविलाई नेता बन्न र आफ्नो दलमा सहभागी बन्न गरेको आग्रहको प्रत्तिउत्तर हो यो ।

नेपाली समाजले मान्छेलाई चिन्न सकेन, सकिरहेको पनि छैन । भोलिको कुरा आजै गर्ने भविष्यवाणीकर्ताको विल्ला भिरिएला कि भन्ने त्रासले भोलि नेपाली समाजले के गर्छ त्यो भने आजै भन्नु उचित नहोला । आजको नतिजाले भोलिको संकेत गर्छ । विद्वत्ताको कदर गर्ने दिन नआउञ्जेल हामी थाहा नपाईकनै जन्मन्छौँ र थाहा नपाईकनै मर्छौँ । यस सानो लेखमा ‘थाहा’ आन्दोलनका प्रणेता राजनीतिज्ञ कम र दार्शनिक बढी ठानिएका व्यक्तित्व रूपचन्द्र विष्ट र उनको थाहा आन्दोलनलाई आजको सन्दर्भमा घोटेर केलाउन खोजिएको छ ।

बाटो नै पाएन

  • by

आएन हैन आयो
न्यानो असहज भएर आयो
भविष्य धरमरिएर आयो
नाङ्गालाई झन् पीडा आयो
भोकालाई अझ हैरान आयो
रोगीलाई चाँडो मृत्यु आयो
बैशाखसँगै घनघोर चट्याङ्ग आयो
रोग, भोक र शोक अझ थप भएर आयो
त्यही बाटो हुँदै आउनुपर्ने
बसन्तले चाहिँ बाटो नै पाएन ।

राष्ट्रिय एकता (बाल–एकाङ्की)

परी : बाबू हो ! आज म तिमीहरूलाई एउटा अचम्भको कथा सुनाउँछु । नडराउनु नि ।

निधि : हुन्छ, हुन्छ । बरू सुरू गरिहाले हुन्थ्यो ।

परी : (मुस्कुराउँदै) धैर्य गर, अधैर्य नामको रोग छ भने तुलसीको पत्ता खाओ र फुर्ती बढाओ । हिम्मत छ भने हुती बढाओ, छैन भने आँसु बगाओ ।

विज्ञान र आध्यात्मको फ्यूजनद्वारा हुने प्राकृतिक वर्षा

  • by

हामी कृषि प्रधान देशका वासिन्दा हौँ । अधिकांश नेपालीहरू कृषि पेशामै आवद्ध छौँ । यही पेशा नै हाम्रो जीवन हो । जलस्रोतका धनी भएर पनि उपयोग गर्न नसकेर दरिद्र भएका छौँ । आकाशे वर्षाको भरमा खेतिपाती गर्नु पर्ने वाध्यता छ । यसै वर्ष पनि तराईका अधिकांश जिल्लाहरू सुख्खाग्रस्त रहे । धानबाली लगाउन सकिएन र खेत बाझै रह्यो । त्यसैले सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने चौतर्फी दवाव सरकारले बेहोर्नु पर्यो ।

यसै सन्दर्भमा एउटा काल्पनिकजस्तो लाग्ने कुरा नै सोचौँ—आफूले चाहेको ठाउँ र स्थानमा प्राकृतिक वर्षा गराउन सके कस्तो हुन्थ्योहोला ? यदाकदा हुने गाउँघर, शहरबजार नै डुवान हुने गरी पर्ने वर्षालाई रोक्न सके कस्तो हुन्थ्योहोला ? यी केवल कल्पना हुन्, वास्तविक हुन सक्दैनन् भन्ने दावी हाम्रो रहला । हुन त पानीबाट बिजुली निकालेको घटना होस् या एकै परमाणु बमले सहर नै एकै पटक क्षणभरमै खरानीमा परिणत गर्ने कुरा नै किन नहोस् या मान्छेका पुर्खा बाँदर नै हुन् भन्ने कुरा नै किन नहोस् सुरुमा अपत्यारिँदा नै थिए । व्यवहारमा प्रमाणित भइसकेपछि हामीलाई सत्य हो भन्न कर लाग्यो । त्यस्तै कर्णप्रिय कोमल ध्वनिद्वारा निर्मित उर्जाको कारणले प्राकृतिक वर्षा गराएर जनकल्याणको कार्य गर्न सक्छु भनेर दावी गर्ने प्रतिभा पनि नेपाली समाजले पाइसकेको छ । यसै सन्दर्भमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विचार घतलाग्दो छ । उनले नेपाली समाजमा टर्नर, ग्यालिलियो, सेक्सपीयर, आइन्स्टीनहरू हलो जोतिरहेका, गोठालो गरिरहेका छन् भन्ने आशय व्यक्त गरेको कुरा स्मरण गर्नु मनासिव ठहर्दछ । राजविराज सहरमा पनि अद्भूत खोज गर्ने व्यक्ति पाइनु पनि देवकोटाकै मतलाई बल पुर्याउनु हो । त्यस्ता खोजकर्ता प्रतिभा हुन्–एम.एस्सी (फिजिक्स, फस्ट क्लास फस्ट) योग्यता भएका राजविराज–९, सप्तरी निवासी दिलिपकुमार झा ।

मेलमिलाप

  • by

(मञ्च दुई भागमा विभक्त छ । एक भागमा केही रुख र बुट्टाबुट्टी छन्, मौरीको घार छ । चराहरू स्वतन्त्ररूपले रुखका हाँगामा रमाइरहेका छन् । छत्तीस वर्ष उमेर भएको अशोक हातमा गुलेली र काँधमा झोला भिरेर चरा मार्ने ध्याउन्नमा यताउती गरिरहेको देखिन्छ । मञ्चको अर्को भागमा चार जना राधा, ज्ञानिता, मनोज र हरिश नाम गरेका दशबाह्र बर्षका केटाकेटीहरू खेलिरहेका देखिन्छन् । केही बेरमै उनीहरू कोलाहल शब्दका साथ एकअर्कामा हात हालाहाल गर्न थाल्छन् । लुगासुगा च्यातच्युत हुन्छ । त्यत्तिकैमा अशोक रिसले मुर्मुरिँदै आउँछ र उनीहरूलाई भकुर्न थाल्छ ।)

अशोक ः तिमीहरू अरूको पेटमारा रहेछौ । तिमरूको हल्लाले मेरा सिकार उडे ।

राधा ः (रुञ्चे मुहार पार्दै) विराउनु केही छैन । झगडा हामी बीचको हो । किन कुट्नु भयो ?

ज्ञानिता ः नविराउनु नडराउनु । हामीले कसैको पेटमारेका छैनौँ ।

मनोज ः (गाला सुम्सुम्याउँदै) यो सार्वजनिक ठाउँमा बसेर हल्ला गर्दा पनि पिटाइ खानु हामी माथि गरेको अत्याचार हो ।

अशोक ः (कुट्न झम्टिदै) अझै पुगेन । हल्ला गर्छौ ? सबका मुखमा ताला लगाई दिन्छु । बातले नमाने लातको प्रयोग गर्नुपर्छ भन्ने मलाई थाहा छ । विना कुटाइले शान्ति नै आएन है ।

उखाने दाइ (बाल–एकाङ्की)

  • by

(ठूलो चौरमा रहेको रूखको छहारीमा चार जना बालबालिकाहरू बसेका छन् । उनीहरू विजेन्द्रको खोजीमा उत्सुक चेहरा लगाएर यताउता हेर्छन् ।)

सुजन ः— (चारैतर्फ हेर्छ, एक्लै भुतभुताउँछ ।) उखाने दाइ आए त कति रमाइलो हुन्थ्यो ।

धीरेन्द्र ः— (सुजनतिर हेर्दै) हैन, ए सुजन ! के भन्दै छौ ? कि हामीलाई सराप्दै छौ ?

अमित ः— झिँगाको सरापले डिँगो मर्दैन भनेझैँ सुजनको चाहनाले हामीलाई केही लछार पाटो लगाउन सक्दैन ।