Skip to content

नन्दलाल आचार्य

‘बेहुला बजार-मुर्दावाद’का लेखकलाई पत्र

  • by

यत्तिखेर म तपाईं च्याँच्याँ र म्याँम्याँ गरेको क्षेत्रमा कुसल-मङ्गलका साथ जीवनरथको सारथि बनेको छु । त्यहाँ तपाईं पनि मैले तोते बोली बोलेको र बामे सरेको ठाउँमा स-कुसल रही शिक्षण पेसामा आबद्ध भइरहनुभएको सु-समाचार समेटिएको पत्र भर्खरै मात्र प्राप्त गरेँ ।

कमजोरी समाजक आओर शैक्षिक जगतके !

  • by

प्रिय चेली,

सन् २०१२ क मार्च ८ काल्हि मात्रे छल आ सेहो काहिल्ये खतम भेल । पैघपैघ नेतानेतृ आ नीति निर्मातासभ भव्य मञ्चपर भव्य बातचितसभ केलाह । ओ बातचितसभ आलिसान महलक मखमली विस्तरापर बैसक कयल गेल छल । ओ हुनकेसभक लेल छल । तोरा आ हमरसभक लेल नहि छल । ओ अहङ्कारीसभक ललिपप चटाबैबाला गप्प छल । छल, ओसभ एके बेर उठाक छतसँ जमिनपर खसाबैबला बात ।

अभिभावकको जिज्ञासा : प्रधानाध्यापकको जवाफ

  • by

म तपाईंकी छोरी सामना पढ्ने विद्यालयको प्रधानाध्यापक हुँ । आज म शैक्षिक प्रशासन र शिक्षण कार्यका दौडानमा आएका तपाईंहरूका गुनासाहरूलाई सम्बोधन गर्न अग्रसर भएको छु ।

‘भगजोगनी’ की कवयित्री करुणालाई पत्र

श्रद्धेय कवयित्रीज्यू,

आज बल्ल फुर्सद मिल्यो । साहित्यका कुरा गर्ने अवसर भेटियो । मैथिली भाषाको हिजो र आज केलाउन पाइने भयो । कामको कुरा छैन, सिर्जनाको कुरा मात्र गर्दै छु । साझा प्रकाशनले सप्तरीका साहित्यसाधक गुरुवर देवेन्द्र मिश्रको ‘बगिया क गाछ’ बालकथा सङ्ग्रह पछि तपाईंको ‘भगजोगनी’ कविता सङ्ग्रह हालै प्रकाशित गरेको पाउँदा खुशी लाग्यो । सम्झेर किताब पठाउनु भएछ । पढ्न पनि पाइयो ।

ट्वाइलेट-भूत (बाल-एकाङ्की)

  • by

पात्रहरू ः- (१) रमेश- (संस्थापक), (२) कृष्णप्रसाद- (प्रधानाध्यापक) र (३) श्यामदास, गेहेन्द्रभूषण, शारदारमण, तेजप्रकाश, रामबाबु, अशेष, सरुभक्त, ध्रुव, शारदा, बिमल, छायाँदत्त, कृष्ण र सौरभकिरण (क्रमशः नर्सरी, एल.के.जी., यू.के.जी., एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ, नौ र दस कक्षाका विद्यार्थीहरू ।)

(पूर्वपश्चिम फर्किएको चार तले स्कूल छ । कक्षाकोठामा शिक्षक र विद्यार्थीको सामान्य कल्याङ्मल्याङ् आवाज आउँछ । दुई घण्टी लागेको आवाज सुनिन्छ ।

टुक्के दिदी (बाल-एकांकी)

  • by

पात्रहरू ः- करिव १३, १४ वर्षका बालबालिकाहरू -(१) मीरा, (२) शीला, (३) नीरा, (४) धीरज र (५) करिब ४० वर्षीय पागलजस्ती लाग्ने हीरा नाम गरेकी महिला

(राजदेवी मन्दिर अगाडिको बरपीपलको छहारीमा चार जना बालबालिकाहरू हीरासँग बसेका छन् । सबैजना हँसिलो चेहरामा छन् । बालबालिकाहरू हीरालाई टुक्के दिदी भन्छन् किनभने उनी बोली नै पिच्छे टुक्काको प्रयोग गर्न माहिर छिन् ।)

सीप (बाल-एकाङ्की)

पात्रहरू ः-(१) शारदा (अधवैँसे विवाहित मेहनती नारी), (२) बब्लु (रक्स्याहा र अर्धसिल्ली भनेर चिनिने अधबैँसे शारदाको पति), (३) मोनिका (३ वर्षकी बालिका), (४) मदन (मेहनती ११ वर्षको बालक) (५) धुथर (५५ वर्ष नाघेको साहू) (६) नेपथ्यमा अरू मानिसहरू ।

(काँधमा घन र हातमा छिनु बोकेर कतै जान उभिएको मदन देखापर्छ । शारदा सुसेधन्दामा व्यस्त छिन् । मोनिका मस्त निधाइरहेकी छे । बब्लु भने ओल्टेकोल्टे फेर्दै ओछ्यानमै लडिरहेको छ ।)

सानो संसार र होचा मान्छेहरू (बाल-एकांकी)

  • by

पात्रहरू ः-(१) उमेश (८ वर्षको बालक), (२) धनप्रसाद (८० वर्षका वृद्ध), (३) सन्तोष (३७ वर्षीय प्रधानाध्यापक)

(घरको दलानमा नाति उमेश र हजुरबुवा धनप्रसाद बसेका छन् । धनप्रसाद केही सकसमा परेका देखिन्छन् ।)

उमेश ः- (धनप्रसादको मुख हेर्दै) हजुरबुवा यत्ति ठूलो संसार कसरी सानो भयो ?

धनप्रसाद ः- (झस्कँदै र मनमनै) अब नातिले सताउने पर्यो, कसले यसलाई के भन्दियो कुन्नि, मैले पुष्टि नगरी हुन्न, फेरि चित्त बुझ्दो उत्तर नपाएसम्म छाड्दै छाड्दैन ।

NandaLalAcharya

नलिने मन भए पाए जति फर्काऊ (बाल-गजल)

  • by

नलिने मन भए पाए जति फर्काऊ बाबू
कुरूप इतिहास चै सके जति मर्काऊ बाबू ।

भोलिका रवि हौ, आजैदेखि कम्मर कसेमा
सक्छौ तिमी जित्न, थोत्रा हूल हर्काऊ बाबू ।

मोवाइल-गाथा (बाल-एकाङ्की)

  • by

पात्रहरू ः- १३, १४ वर्षका अहिल्या, द्रोपदी, कुन्ती, तारा र मन्दोदरी नाम गरेका बालिकाहरू र नेपथ्यबाट मोवाइलको तर्फबाट बोल्ने अर्को एक पुरूष पात्र ।

(खेल मैदानको छेउमा विशाल रूखमुनि पाँच जना बालिका बसेर कुराकानी गरिरहेका छन् । त्यहीँ नजिक एउटा मोवाइल पनि छ ।)

अहिल्या ः (खुशी हुँदै) आज कस्तो संयोग जुरेको । अहिले यहाँ हामी पञ्चकन्या मात्र छौँ ।

साना गुरुहरू (बाल-एकांकी)

  • by

पात्रहरू : (१) अशोक, (२) राधा, (३) ज्ञानिता, (४) मनोज र (५) हरिश

(मञ्च दुई भागमा विभक्त छ । एक भागमा केही रूख र बुट्टाबुट्टी छन्, मौरीको घार छ । चराहरू स्वतन्त्ररूपले रूखका हाँगामा रमाइरहेका छन् । छत्तीस वर्ष उमेर भएको अशोक हातमा गुलेली र काँधमा झोला भिरेर चरा मार्ने ध्याउन्नमा यताउति गरिरहेको देखिन्छ । मञ्चको अर्को भागमा राधा, ज्ञानिता, मनोज र हरिश नाम गरेका दशबाह्र बर्षका चार जना केटाकेटीहरू खेलिरहेका देखिन्छन् । केही बेरमै उनीहरू कोलाहल गर्दै लुकामारी खेल्न थाल्छन् । त्यत्तिकैमा अशोक रिसले मुर्मुरिँदै आउँछ र उनीहरूलाई हकार्न थाल्छ ।)

अभियान (बाल-एकांकी)

  • by

पात्रहरू :-(१) दीक्षा, (२) रितेश, (३) सितेश (क्रमशः ११, १२ र १३ वर्षका धनी परिवारका बालबालिका हुन् । यिनीहरूमध्ये सितेश र दीक्षा दाजुबहिनी हुन् ।) (४) रोजिना र (५) कमलेश (क्रमशः १० र १२ वर्षका गरिव परिवारका बालबालिका हुन् । उनीहरू दाजुबहिनी हुन् । रोजिना जन्मजात अपाङ्ग भएकीले बैशाखी टेकेर हिँड्छिन् ।)

(राजदेवी चौकमा रहेको चटपटे ठेला नजिक चटपटे खाइरहेका तीन जना बालबालिकाहरू देखिन्छन् । बेलाबेलामा स्कूल पढेर घरतिर लागिरहेका अरू विद्यार्थीहरू पनि देखिन्छन् ।)

20111229_NandaLalAcharya_Lekh-01

कवि मातृका पोखरेलको ‘यात्राको एउटा दृष्य’ ः एक विश्लेषण

  • by

अ. कवि परिचय ः

साहित्यकार समाजका गौरवशाली व्यक्ति हुन् । साहित्यकारको कर्मले नै समाज ऋणी हुनुपर्छ । त्यस्तै कविता, कथा र निबन्ध विधामा राम्रो पकड गरेर समाजलाई ऋणी बनाउने बाटोमा निरन्तर लागिपरेका साहित्यकारको नाम हो– मातृका पोखरेल । वि. सं. २०२३ साल असार ९ गते (१९६६ जून २३ सन्) उदयपुर जिल्लाको दुर्गम ठाउँ ठानागाउँ गाविस वडा न–९ मा जन्मेका र हाल काठमाण्डौलाई कर्म थलो बनाउँर्दै आएका साहित्यकार पोखरेल कक्षा आठमा पढ्दै गर्दाको कलिलै उमेरमा नै ‘भानुभक्तको सम्झनामा’ शीर्षकको छन्दोबद्ध कविता लेखेर साहित्यको महासागरमा पौडी खेल्न थालेका हुन्

कुरा धर्म र ओशोको

आनन्द छ आफूभित्र बाहिर खोज्दा भेटिँदैन,
धन–पद जति जोड तृष्णा कहिल्यै मेटिँदैन ।

धर्मले मानवको कल्याण गर्नुपर्दछ । कल्याणको अर्को नाम नै धर्म हो । धर्मको समष्टिगत स्वरूप नै कर्तव्य हो । संसारमा जन्म लिएका वा अस्तित्वमा रहेका हरेकले आ–आफ्नै प्रकारका धर्म निर्वाह गर्नुपर्दछ । सूर्यको उदाउने–अस्ताउने क्रिया होस् वा नदी निरन्तर बग्ने वा हिमाल अटल भएर ठडिरहने क्रिया नै किन नहोस् सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरिरहेकै छन् । त्यस्तै हामी पनि हिन्दू, बौद्ध, इस्लाम, क्रिस्चियन आदिका अनुयायी बनेर एकएक थरी धर्म अङ्गालेका छौँ भन्छौँ । कोही मन्दिर, कोही मस्जिद, कोही गुम्बा त कोही चर्चमा ईश्वर रहेको महसुस गर्छौं ।

के नेपाल ‘भनसुनको देस’ नै हो त ?


मातापिता कृष्णादेवी र डम्बरबहादुर राउतकी आठौँ सन्तानको रूपमा २०२६ भदौ ८ गते भलायडाँडा-१, सरुने, उदयपुरमा पहिलो पटक आँखा खोली हाल पति अधिबक्ता रमेश थापासँग जीवनसंगिनीका रूपमा जीवन विताइरहेकी कवयित्री पार्वती राउत नेपाली साहित्याकासमा ‘भनसुनको देश’ कविता सङ्ग्रह (०६७) लिएर देखा परेकी छिन् ।

राष्ट्रिय चिन्तनलाई समेत गम्भीरताका साथ आत्मसात् गर्दै ‘भनसुनको देश’ तयार पारेकी छिन् । उनले यो सानो लेख उनकै कविताकृतिको सेरोफेरोमा केन्द्रित छ ।

एक पिताको पत्र शिक्षकलाई

(श्रीमान् सम्पादकज्यू, यो शैक्षिक लेखमा अनुभूतिजन्य जीवनको तीतो सत्यलाई हुबहु लिपिबद्ध गरेको छु । आफूले भोगेको अँध्यारोको अनुभूतिबाट पाठ सिकेर यो लेख लेख्ने सामर्थ्य जुटाएको हुँ । विराटनगरकी छात्रा सुस्मिता आचार्यले पाएको शारीरिक र मानसिक यातना नै यस लेखको जन्म हुनु तत्कालीन कारण हो । यस समाजले जे गर्न खटायो, शिक्षिकाले त्यही गरिन् । विवेकको उपयोग हैन, आदेशको पालना गरिन् । त्यसैले त दार्शनिक ओशो भन्छन्– ‘समाज मालिक हो, शिक्षक गुलाम हुन् ।’ यो लेख पनि उनै दार्शनिकको शैक्षिक चिन्तनबाट धेरथोर प्रभावित छ । यसबाहेक अब्राहम लिङ्कनको प्रधानाध्यापकलाई पत्रबाट समेत केही हदमा प्रभावित हुनसक्छ । जसजसबाट प्रभाव ग्रहण गरेँ उनीहरूप्रति श्रद्धा………..! अन्तमा, छात्रा सुस्मिता आचार्यजस्ता विद्यार्थीहरूमा नवीन वैचारिक विद्रोही सोच जन्मने क्रम नरोकियोस्, यत्तिखेर भने उनको स्वास्थ्यलाभको कामना……!–नलाआ)

कथा साहित्यमा उदयपुरको मूल्याङ्कन

(१) परिचय

कुनै पनि मुलुकको सभ्यता र संस्कृतिको परिचय त्यस मुलुकको कला र साहित्यले दिने गर्दछ । साहित्य समृद्धशाली छ भने त्यस देसको समुन्नतिमा समेत ठोस टेवा पुग्दछ । साहित्य, कला र संस्कृतिको विकास भनेपछि कुम्भकर्णजस्तो निदाउने सरकारका सामु अरू कसैको केही लाग्दैन तर सर्जकहरूले भने सिर्जनामार्फत् नै परिवर्तन गर्न सक्छन् भन्ने कुरा विश्व इतिहासमा भएका वौद्धिक क्रान्तिहरूले पुष्टि गरिसकेका छन् । यो जगत् सुन्दर हुनु र देखिनुमा साहित्यले आधारभृ्त भृ्मिका खेलेको छ । मानवीय जीवनको प्रगतिको द्योतकका रूपमा साहित्य चिनिन्छ । मानिसलाई मानव भनेर चिनाउने गहना पनि साहित्य नै हो । नेपाली साहित्यको विकासमा राज्यको देन न्युन छ तापनि केही कृतिहरूले विश्व साहित्यसँग पौँठेजोरी खेल्ने क्षमता राखेका छन् ।