Skip to content

मन सानो भयो

  • by


उत्तिखेर केही भएन अहिले कान कानो भयो
के गरिएछ र यी जनताको त्यत्रो मन सानो भयो ।

जताततैबाट प्रहार मलाई ताक्दै आउन थाल्यो
हुँदाहुँदै जिन्दगी त उछिट्टिएको चानो भयो।

अधोगति देशको दशा, दोष मेरो टाउकोमा
लत्तिएको जिन्दगी मेरो भूत घरको छानो भयो ।

विधिविधान निर्माण छाडी बाटो कस्तो हिँडिएछ
कसो गरूँ मन मेरो मौरीले छाडेको रानो भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *