वर्ग भा’को ठाउँमा शोषण हुन्छ हजुर
विरोधले शोषण रुन्छ हजुर ।
विरोध बढेसरि प्रतिरोध बढ्दै जान्छ
प्रतिरोध बढेको कुरा विष्फोटले सुन्छ हजुर ।
विष्फोटले ध्वस्त निम्त्याउने हुँनाले
यत्तिमै रहे यसले निर्माण थुन्छ हजुर ।
निर्माणभित्रै जीवन लुक्ने गर्छ
साँचो जीवनलै नै स्वतन्त्रता चुन्छ हजुर ।
स्वतन्त्रता पाए समानता भेटिन्छ
यसकै शान्तिले दिलदिल छुन्छ हजुर ।
नन्दलाल आचार्य
