क्रान्तिको शंखघोष सुन्दिने रातलाई सलाम
नखुल्ने ओठलाई खोल्दिने मातलाई सलाम ।
पुरानो विध्वंस भएमै आउँछ नयाँ
नवयुग आरम्भ गर्दिने साथलाई सलाम ।
जमेको पोखरी कस्तो छ, सरिता कस्तो
अन्धयुग उफारी फ्याल्दिने लातलाई सलाम।
प्रतिघात बिनाको शुरु छैन कि कसो हजुर
सृष्टिमा नौलोपन थप्दिने घातलाई सलाम ।
हरघडी सकिन्न कुहिन यथावाद घोक्दै
शोकबाट नेपाली तार्दिने पातलाई सलाम ।
067.03.32
उदयपुर
