Skip to content

बिना तामाङ

हुरी

  • by

चैतका पट्ट्यार लाग्दा दिनहरू शुरु भएको थियो । तापक्रम अत्यधिक बढेर गएकोले दिउँसोको समयमा मानिसहरू बिरलै बाहिर निस्कन्थें । एक त गर्मीको समय अर्को तराईको ठाउँ भएकोले लु लाग्ने डरले आमा सधैं “बाहिरफेर नगएस दिउँसो, बरु गृहकार्य गरेस्, भर्‍याङ मन्तिरको खाली भागमा पुतली खेलेस् ।” भन्नु हुन्थ्यो । म चुपचाप सहमतिमा टाउको हल्लाउँथें तर मनले भने “अहँ जान्छु बाहिर दतिवनको रुख मुनि भाँडाकुटी खेल्न सोनाम र लक्ष्मीसँग ।” भनिरहेकी हुन्थें ।

बलियो त्यो मुटु पारी

  • by

बलियो त्यो मुटु पारी खोली तर कान्छा
ठानिसकें म पिपल तिमी वर कान्छा

मिल्छ हाम्रो जोडी साँच्चै आऊ सँगै बाँचौ
म चैं हुन्छु नजिक तिमी किन पर कान्छा ?

BinaTamang-05

चारै खुट्टा समाउँछ मान्छे

  • by

चारै खुट्टा समाउँछ मान्छे
चट्ट काट्छ रमाउँछ मान्छे

आफ्नो रक्षा गर्न देवी भाक्दै
पशु बलि चढाउँछ मान्छे

नाम भालेको काम कालेको
दोष सबै हटाउँछ मान्छे

मनन् गर आफ्नै बोली

  • by

मनन् गर आफ्नै बोली, तिक्तता भेट्नेछौ
छामी हेर तिम्रो आँचल, रिक्तता भेट्नेछौ

बन्द राख्छौ आँखा तिमी, शत्रु मात्रै देख्छौ
मन्को आँखा खोली हेर मित्रता भेट्नेछौ

किन किन आज तिम्रो याद आयो

किन किन आज तिम्रो याद आयो ए परदेशी
आँखाभरि तिम्रो सुन्दर् बिम्ब छायो ए परदेशी

आँखाबाट बग्दै आयो तिम्रो याद शीत बनी
टप्प टिपी यो मुटुले प्रीत लायो ए परदेशी

ओ मुर्ख !

  • by

फुइगेलाबा ङाला रहरला प्लु
फिरी एला रजाइँ स्यामा
ङा लाहनन फेरो ख्रबाला मुला
सोमालिया रंगलासी
ताङ्बा ख्राबा
ङाला ताङ्गेलाबा सेमरी
एसे पिन्बा बचनला तोबसे

साँच्दा साँच्दै कुनै बेला

  • by

साँच्दा साँच्दै कुनै बेला रहरहरू मर्छ
लेख्दा लेख्दै गजल यहाँ बहरहरू मर्छ

सिंच्नु थियो बंजर भूमि हराभरा पार्न
बग्दा बग्दै अनायसै नहरहरू मर्छ

त्यस्ता नि मुन्छे हुन्छन् र?

  • by

ऊ वेगसँग चल्छ
सरररररररररररर बग्छ
कतै भित्र-भित्रै
यतै छेउ छाउ
दुख्छ छुना साथ
एउटा नमिठो घाउ
कस्ता रैछन्
त्यस्ता नि मुन्छे हुन्छन् र ?

भित्र भित्रै आफै बल्छन

  • by

भित्र भित्रै आफै बल्छन तिम्रो प्रगति देखेर
कोही कोही यहाँ जल्छन तिम्रो प्रगति देखेर

छेपारोको भोलिवादले संक्रमित छन मान्छेहरू
रातसंगै फेरि ढल्छन तिम्रो प्रगति देखेर

जति तान्छु यो मन

  • by

जति तान्छु, यो मन यता, उतै जान्छ, मोहनी पो लायौ कि?
गोरा मोरा, हुदाँहुदै, काले छान्छ, मोहनी पो लायौ कि?

सोह्र हिउँद्, सोह्रै वर्षा, तरिआ’को, मै मोरी नि! राम्री छु
एना हेर्दा, झनै राम्री, रुपै ठान्छ, मोहनी पो लायौ कि?

नमिठो जीवन

  • by

अनगिन्ती सुखद यामहरू
आइरहन्छ आँङ ढाक्न
हरियो दुवोको नरम्
भुवादार गलैचाँमा
तेर्सिएर म ताप्छु घाम
रमाईलो छ वातावरण
सुगन्धित छ जीवन
तै पनि मलाई जिन्दगी
किन यति नमिठो लाग्छ?

सँगैका त्यो मायालु साथहरू

सँगैका त्यो मायालु साथहरू काँप्दछ
लेख्छु भन्छु जिन्दगी हातहरू काँप्दछ

वर्षा यति हुन्छ ममा पीडाहरूको
त्यसैले त दु:खका खातहरू काँप्दछ

त्यो तारेभीर

  • by

‘यिनीहरूको आमा नभएर के भो त म नै आमा म नै बाबा बनेकै छु क्यारे ! ल हेर्नुस् त बिहानै यिनीहरूसँगै म त्यो डाँडा देखि झरेकै हुँ । बिहान एक्छिन् उसु खेल्छन्, त्यसपछि ट्युसन् अनि त्यसपछि स्कुल जान्छन् । भरे चाँहि साथीहरूसँग फर्किन्छन् ।” बडो शानका साथ कमानसिंह आफ्ना साथीभाइसँग भन्दथ्यो दुई छोराहरूलाई अघिपछि राखेर । यसो भनिरहँदा उस्को आँखाहरू भने फिटिक्कै साथ दिदैन्थ्यो । गम्भिर देखिन्थे ती जोर नयन । कता कता आफ्नो जीवनसंगीनीको अभाव त्यो निलो दहमा छचल्किन्थ्यो ।