बिना तामाङ
छुकी
म उनको कोठामा गैइरहन्थेँ । हाम्रो कोठाहरू बीच मात्र एउटा लबीको दुरी थियो । विगत २ वर्षदेखि म त्यस घरमा बस्दै आएको थिएँ जहाँ उनी आफ्नो २ सन्तान र एक बहिनीसँग बस्दै आएकी थिइन् । चिम्सा चिम्सा आँखा, बाटुलो अनुहार अनि सुलुत्त परेको नाक ।
सबै उनलाई ‘छुकी’ दिदी भनेर बोलाउँथे । एक्दमै मन् पर्ने नाम थियो मेरो लाग्यो ‘छुकी’ । उनको वास्तविक नाम चाहिँ छोईङ् रहेछ । घरमा माया गरेर सबैले छुकी भनेर बोलाउने गर्दा रहेछन् ।
कालिञ्चोकलाई स्पर्श गर्दा
कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो
कुन सामग्री पूजा गर्ने
साथ कसरी लाने हो
महाकवि लक्ष्मी प्रसाद देवकोटो यी काव्यिक हरफहरूले धर्म मन्दिरमा गएर मात्रै हुने कुरालाई नकारेको छ। यद्यपि हामीभित्र मनको अन्तरकुनामा रहेको कुनै अज्ञात शक्तिले हामीमा कालिन्चोक भगवतीको दर्शनाबिलाषालाई तिव्र पार्छ ।
विकृति
“क” पात्रको साहित्यकार बनेर नाम कमाउने ठूलो अभिलाषा हुन्छ । शहरको सम्पन्नशाली तर प्रतिष्ठित हुन संघर्षरत पात्र । दुई-चार शब्द कोरिहाल्ने तर न त्यसमा रङ्ग हुन्थ्यो न ढ्ङ्ग । रस र बिम्ब कुन चरीको नाउँ हो पत्तै छैन ।
“ख”पात्र ग्रामिण परिवेशको निम्नमध्यम वर्गिय परिवारमा जन्मिएको । अभावले ग्रसित मस्तिष्कमा शब्दहरूको उछालपछार हुने । जसो तसो खर्चले भ्याएसम्म भाषामा स्नातक सकाएको हुन्छ । शहर छिरेर केही गरिहालौं भन्ने सोचले आक्रमित हुन्छ ।
बिरोधी (लघुकथा)
उद्घोषकले श्रीमती मैयादेवीलाई मञ्चमा आएर महिला हिंसा बिरुद्ध, लैङिगक असमानताले गरिएको भेदभावको बारेमा बोल्न आमन्त्रण गर्दछ ।
मैयादेवी मञ्चमा आउँछिन् । हात हल्लाएर अभिवादन गर्छिन् । सबै ताली पिट्छन् ।
मैयादेवी चर्को स्वरमा “हामी आधा आकाश ढाक्ने नारी अब कसैको अधिनमा बस्न हुन्न । क्रान्ति गर्नुपर्छ । हामीमाथि अन्याय गर्ने भनेको पुरुष हुन् । पुरुषवादी सोचका कारण हामी पछाडि परेका हौँ । यो पुरुषप्रधान समाजको प्रतिफल हो । यसको बिरोध गर्नु पर्छ । अब हामी महिलाहरू एक भएर अगाडि बढ्नु पर्छ ।”


