Skip to content

बिना तामाङ

तिमी खेल्छौ जुवातास मेरो के लाग्छ र ?

तिमी खेल्छौ जुवातास मेरो के लाग्छ र ?
भैइसक्यौ पाटीबास मेरो के लाग्छ र ?

तन्तनी तान्यौ चुरोट्, मुटु जल्दै गैइ
खरानीको भयो ह्रास मेरो के लाग्छ र ?

जताततै काटामार, मानव् मूल्य सस्तो होला?

  • by

जताततै काटामार, मानव् मूल्य सस्तो होला?
परिवेश यस्तो छ, सिकाई अनि कस्तो होला?

तेरो मेरो किन भन्छन्? आखिर् सबै आफ्नै त हो
बराबरी ठान्दा धर्ती, आकाश् यहीँ खस्दो होला?

मन्द मन्द मुस्कान छर्दै आउँथ्यौ

मन्द मन्द मुस्कान छर्दै आउँथ्यौ तिमी सानु
संसार् सारा भूल्ने माया लाउँथ्यौ तिमी सानु

माया कति गर्थ्यौ तिमी हिसाब कुनै छैन
अधेँरी त्यो रातमा पनि धाउँथ्यौ तिमी सानु

BinaTamang-04

छुकी

म उनको कोठामा गैइरहन्थेँ । हाम्रो कोठाहरू बीच मात्र एउटा लबीको दुरी थियो । विगत २ वर्षदेखि म त्यस घरमा बस्दै आएको थिएँ जहाँ उनी आफ्नो २ सन्तान र एक बहिनीसँग बस्दै आएकी थिइन् । चिम्सा चिम्सा आँखा, बाटुलो अनुहार अनि सुलुत्त परेको नाक ।

सबै उनलाई ‘छुकी’ दिदी भनेर बोलाउँथे । एक्दमै मन् पर्ने नाम थियो मेरो लाग्यो ‘छुकी’ । उनको वास्तविक नाम चाहिँ छोईङ् रहेछ । घरमा माया गरेर सबैले छुकी भनेर बोलाउने गर्दा रहेछन् ।

सुन्दर त्यो फूलमाथि भमराको

  • by

सुन्दर त्यो फूलमाथि भमराको, दबाब बढ्दै थियो
जति बढ्यो दबाब त्यहाँ फूल्को, अभाव बढ्दै थियो

ऊ फूलाउँछे बैँश अनि भँवरालाई निम्तो गर्छे
बैँशालु यौवन् लुट्ने भमराको, रवाफ बढ्दै थियो

बग्छु जब तरङ्गमा

  • by

बग्छु जब तरङ्गमा, एउटा लहर हुन्छ
तिम्रो साथमा बाँच्न पाउनु मेरो रहर हुन्छ

आत्मीयता खोज्छ मन्ले, मिठो बोली रोज्न थाल्छ
थोरै गाली गर्दा पनि, मलाई कहर हुन्छ

कालिञ्चोकलाई स्पर्श गर्दा

  • by

कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो
कुन सामग्री पूजा गर्ने
साथ कसरी लाने हो

महाकवि लक्ष्मी प्रसाद देवकोटो यी काव्यिक हरफहरूले धर्म मन्दिरमा गएर मात्रै हुने कुरालाई नकारेको छ। यद्यपि हामीभित्र मनको अन्तरकुनामा रहेको कुनै अज्ञात शक्तिले हामीमा कालिन्चोक भगवतीको दर्शनाबिलाषालाई तिव्र पार्छ ।

मेरै देशमा जन्मे बुद्ध

मेरै देशमा जन्मे बुद्ध, सत्य कहीँ लुक्छ र ?
कराउँदैमा काग यहाँ, पिना कहीँ सुक्छ र ?

धन्को बर्कत् देखाउँदै, झुट्को खेती गरी हिँड्छन्
चिच्याउँदैमा सुक्या घोक्रो, त्यसै कहाँ फुक्छ र ?

विकृति

  • by

“क” पात्रको साहित्यकार बनेर नाम कमाउने ठूलो अभिलाषा हुन्छ । शहरको सम्पन्नशाली तर प्रतिष्ठित हुन संघर्षरत पात्र । दुई-चार शब्द कोरिहाल्ने तर न त्यसमा रङ्ग हुन्थ्यो न ढ्ङ्ग । रस र बिम्ब कुन चरीको नाउँ हो पत्तै छैन ।

“ख”पात्र ग्रामिण परिवेशको निम्नमध्यम वर्गिय परिवारमा जन्मिएको । अभावले ग्रसित मस्तिष्कमा शब्दहरूको उछालपछार हुने । जसो तसो खर्चले भ्याएसम्म भाषामा स्नातक सकाएको हुन्छ । शहर छिरेर केही गरिहालौं भन्ने सोचले आक्रमित हुन्छ ।

जन्मी हुर्की बढ्या देशको नाउँ नसोध

  • by

जन्मी हुर्की बढ्या देशको नाउँ नसोध
गर्नु पर्छ माया अब, लाउँ? नसोध

गुन् माथि गुनै, लाउँछिन् नेपाल आमा
सक्या’ छैनौ तिर्न ब्याज , साउँ नसोध

मेरो अनुरोध

  • by

साँईला तिमी कहिले नरुनु ल
आँखाबाट आँशु
ए हैन हैन
मोतीका दाना नझार्नु है
किन थाहा छ?
किनकि आँशु खस्दा
मोती झर्दा
सम्पन्नता पनि त खस्किन्छ
के तिमी विपन्नतामा बाँच्न सक्छौ र?

20120328_BinaTamang_News

बाग्द्वार साहित्य समाजद्वारा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न

  • by

शिवपुरीको फेदीमा लतमन्न सुतेको नारायणथान अर्थात पवित्र धाम बुढानीलकण्ठमा मिति २०६८ चैत्र ११ गते शनिवार बाग्द्वारा साहित्य समाजले कवि ‘वियोगी’ बुढाथोकीको प्रमुख आतिथ्यमा उत्तर भेगीय अन्तरस्कूल कविता प्रतियोगिता सम्पन्न गरेको छ।

राजनितिको घिन लाग्दो सहवास हेर

  • by

राजनितिको घिन लाग्दो सहवास हेर
एक अर्कामा प्रत्यारोपी बकवास हेर

आफू निर्दोष भन्दै दिन्छन् अर्कालाई दोष
नकाब खोली आफै गर्छन् पर्दाफास हेर

जिन्दगीको जेल

  • by

जिन्दगीको परिभाषा नबुझ्दै
जीवनको अर्थ नलगाउँदै
एकाएक म अपराधी भैइछु
न मैले जीवन रङ देखेकीछु
न मैले जीवन बाँच्ने ढङ्ग सिकेकी छु
कसरी वैशं नफुल्दै कोपिलामै टिपिएछु?

उस्तै छाला उस्तै हाड

  • by

उस्तै छाला उस्तै हाड
उस्तै ती नशाहरू
उस्तै मासु उस्तै रगत्
उस्तै ती बहावहरू
उस्तै मुटु उस्तै धड्कन
उस्तै ती श्वासहरू
उस्तै आँखा उस्तै नजर
उस्तै ती दृश्यहरू

आकाशमा देख्ने तारा मिर्मिरेमा झर्नै पर्छ

  • by

आकाशमा देख्ने तारा मिर्मिरेमा झर्नै पर्छ
अजम्बरी को नै छ र? पक्कै पनि मर्नै पर्छ

बाँचुन्जेल हाँसौ खेलौं किन गर्नु रिस राग
हातेमालो गरौं अब लौ न जन अब जाग
यदि तिमी मान्छे हौ त मन्का ईर्ष्या हर्नै पर्छ
अजम्बरी को नै छ र पक्कै पनि मर्नै पर्छ

20120212_BinaTamang_News

सहकारी र समाजद्वारा संयुक्त कवि गोष्ठी र वाग्द्वारमा संकल्प

  • by

यही २०६८ साल पुस ३० गते शनिवारको दिन प्रसिद्ध निबन्धकार युवराज नयाँघरेको प्रमुख आतिथ्यमा वागद्वार साहित्य समाजले स्थानीय कवि तथा आमन्त्रित कविहरूको उपस्थितिमा वाण गंगा बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा कवि गोष्ठी आयोजना गर्यो ।

ओठ मेरो निलो हुदाँ न्यानो तातो घाम देऊ

  • by

ओठ मेरो निलो हुदाँ न्यानो तातो घाम देऊ
पाखुरीमा दम छ अझै गर्नलाई काम देऊ

आफ्नो देश आफ्नो भेष सबै भन्दा प्यारो लाग्छ
कहीँ कतै पुगेँ भने नेपालीकै नाम देऊ

चुपचाप निदरीमा आउने गर्छौ

  • by

चुपचाप निदरीमा आउने गर्छौ, कस्तो तिमी?
आँखाभरि सपनीमा छाउने गर्छौ, कस्तो तिमी?

खोलाहरु सुसेलेर उर्ली-उर्ली बग्न थाल्यो
हुरी जस्तै उडिआई चैन मेरो लग्न थाल्यो
मनै हर्ने भाका झिकी गाउने गर्छौ, कस्तो तिमी?
आँखाभरि सपनीमा छाउने गर्छौ, कस्तो तिमी?

बिरोधी (लघुकथा)

  • by

उद्घोषकले श्रीमती मैयादेवीलाई मञ्चमा आएर महिला हिंसा बिरुद्ध, लैङिगक असमानताले गरिएको भेदभावको बारेमा बोल्न आमन्त्रण गर्दछ ।

मैयादेवी मञ्चमा आउँछिन् । हात हल्लाएर अभिवादन गर्छिन् । सबै ताली पिट्छन् ।

मैयादेवी चर्को स्वरमा “हामी आधा आकाश ढाक्ने नारी अब कसैको अधिनमा बस्न हुन्न । क्रान्ति गर्नुपर्छ । हामीमाथि अन्याय गर्ने भनेको पुरुष हुन् । पुरुषवादी सोचका कारण हामी पछाडि परेका हौँ । यो पुरुषप्रधान समाजको प्रतिफल हो । यसको बिरोध गर्नु पर्छ । अब हामी महिलाहरू एक भएर अगाडि बढ्नु पर्छ ।”