Skip to content

मायाको सिरानी आँखामा छ


मायाको सिरानी आँखामा छ
तिम्रो त्यो निशानी आँखामा छ

गहिराई त्यो मायाको नाप्न
संवेदनाहिन् नानी आँखामा छ

सुखमा बग्ने दु:खमा जम्ने
आवेगको पानी आँखामा छ

पीडामा जल्छ जब यो मन
उड्ने त्यो खरानी आँखामा छ

2 thoughts on “मायाको सिरानी आँखामा छ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *